समाचार

रेडियोकर्मीद्वारा आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

२०७३ माघ १९ गते १४:३५

काठमाण्डु, १९ माघ–दूधकुण्ड नगरपालिका–६ सोलुखुम्बुका आगलागी पीडितलाई गल्देन शेर्पालाई सोलु एफएमले सङ्कलन गरेको रु एक लाख ३१० सहयोग रकम हस्तान्तरण गरिएको छ । सोलु एफएफमा कार्यरत रेडियोकर्मीको सक्रियतामा नगरपालिका–६ दोर्पुबजारदेखि फाप्लुसम्म गरिएको राहत सङ्कलन रु ९१ हजार ३१० र एफएम सञ्चालक संस्था योङ स्टार...

स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक पारित

२०७३ माघ १९ गते १४:१३

काठमाण्डु, १९ माघ–संसदको राज्य व्यवस्था समितिले स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले समितिका सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले दिएको सुझावसहितको विधेयक पारित गरेको हो । उपसमितिले सरोकारवालाहरुसँग दफाबार छलफलपछि प्रतिवेदन तयार पारेर हिजो पूर्ण...

काठमाण्डु विश्वविद्यालयमा पठनपाठन ठप्प

२०७३ माघ १९ गते १४:०५

काठमाण्डु, १९ माघ–काठमाण्डु विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाण्डु विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो । विश्वविद्यालयका रजिष्टार डा भोला थापाले तालाबन्दीका कारण पठनपाठन...

सरकार स्थानीय निर्वाचनमा केन्द्रित: मन्त्री पाण्डे

२०७३ माघ १९ गते १३:५६

काठमाण्डु, १९ माघ–सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयनका लागि वर्तमान सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताएका छन्। प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको स्पष्ट पारे।...

ठेकेदार भन्छन्: हिँउदमा जाडो छ वर्षा लागेपछि काम थाल्छु

२०७३ माघ १९ गते १३:४२

काठमाण्डु, १९ माघ–जिल्लाको कुडारी गाविसस्थित कुडारी–ताम्ती–टोप्ला जोड्ने पक्की पुल निर्माणका लागि रु ७० लाख पेस्की लिएको आठ महिनासम्म निर्माण कार्य सुरु भएको छैन । रु तीन करोड ९६ लाख ८० हजारको लागतमा पुल निर्माणका लागि गत असार ९ गते काठमाडौँस्थित हिराचन अञ्जना जेभीँसँग सम्झौता...

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

२०७३ माघ १९ गते १३:३१

काठमाण्डु, १९ माघ–राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा बुधबार बिहान ११ः३५ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण भयो । समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेकी छिन् । नेपाली सेनाको...

अखण्ड नेपाल पार्टीकी केन्द्रीय उपाध्यक्ष एमालेमा प्रवेश

२०७३ माघ १९ गते १३:२१

काठमाण्डु, १९ माघ–अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष रुपा भण्डारी बुधबार नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन् । भण्डारी वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापक पनि हुन् । नेत्री भण्डारीले...

जलेर महिलाको मृत्यु

२०७३ माघ १९ गते १३:०८

काठमाण्डु, १९ माघ–इलाम सोयाङ्की एक महिलाको मङ्गलबार जलेर मृत्यु भएको छ । सोयाङ–२ की ५० वर्षीया उमादेवी अधिकारीको घरभित्रै जलेर मृत्यु भएको हो । घरमा एक्लै बसेकी उनले शरीरमा मट्टितेल छर्केर आगो लगाई मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले...

स्थायी लालपुर्जाको पर्खाइमा राजापुर

२०७३ माघ १९ गते १३:०७

काठमाण्डु, १९ माघ–बर्दियाको प्रमुख व्यापारीक केन्द्र राजापुरको सिङ्गो बजार वर्षौंदेखि लालपुर्जाविहीन छ । उक्त बजारमा दर्जनभन्दा बढी सरकारी कार्यालय, बैंक, क्याम्पस, मठ–मन्दिर मदरसालगायत व्यक्तिगत संरचना निर्माण भए पनि कसैसँग पनि सो जग्गाको स्थायी भू–स्वामित्व छैन । राजापुर नगरपालिकासहित–५ गाविसलगायत कैलालीका सीमावर्ती गाविसको प्रवेशद्वार समेत...

सामुदायिक विपद व्यवस्थापन समिति गठन

२०७३ माघ १९ गते १२:३२

काठमाण्डु, १९ माघ–विपद जोखिम व्यवस्थापन गर्ने उद्देश्ले चितवनको लोथर गाविसमा सामुदायिक विपद व्यवस्थापन समिति गठन गरिएको छ । आरआरएन जल उत्पन्न प्रकोप नियन्त्रण परियोजनाको सक्रियतामा गाविसका १, २, ३, ४ र ९ नम्बर वडामा सो समिति गठन गरिएको हो । विपदको जोखिम न्यूनीकरणका लागि...

संशोधन कि निर्वाचन भन्ने ‘रस्साकस्सी’ र अन्यौल कायमै

२०७३ माघ १९ गते १२:२७

काठमाण्डु, १९ माघ–व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलबीच निर्वाचनको विषयमा एकमत देखिए पनि संविधान सशोधनका सम्बन्धमा परस्पर विरोधी धारणा र ‘रस्साकस्सी’ले सविधान संशोधन कि निर्वाचन प्राथमिकता भन्ने विषयमा अन्योल कायमै गरेको छ । नेपाली काँग्रेस र नेकपा ९माओवादी०सहितको गठबन्धन सरकारले निर्वाचन घोषणा गर्ने तयारी गरे...

निर्वाचन कार्यालयको भवन शिलान्यास

२०७३ माघ १९ गते १२:०५

काठमाण्डु, १९ माघ–प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले जिल्ला निर्वाचन कार्यालयको नयाँ भवन शिलान्यास गरेका छन् । अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालयको अब आफ्नै भवन बन्ने भएको छ । रु दुई करोड नौ लाखको लागतमा २०७४ फागुनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us