काठमाण्डू, ११ असोज– संघीय संसद् सचिवालयका अधिकारीहरू पूर्वसभामुखहरूको गाडी सुविधा फिर्ता लिनेबारे छलफलमा जुटेका छन । तर कुनै निष्कर्षमा भने नपुगेको स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ । प्रचलित कानुन...
काठमाण्डू, ११ असोज– अमेरिकी डिभी लट्रीको आवदेन फारम भर्नेहरुले अब एक डलर शुल्क अनिवार्य गरीएको छ । पहिले डिभी आवेदन फारम भर्दा शुल्क लाग्दैनथ्यो । तर अमेरिकी विदेश मन्त्रालयको निर्णय अनुसार अब आवेदन फारमसँगै एक डलर शुल्क अनिवार्य गरीएको छ । धोकाधडी घटाउने र...
काठमाण्डू, ११ असोज– सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी रहेको जिल्ला...
काठमाण्डू, ११ असोज– निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा बुझाएकी छन । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा बुझाएकी हुन । ‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । काठमाण्डू र ललितपुरको दुवै...
काठमाण्डू, ११ असोज– नेपालीहरुको महान पर्व दशैं सुरु भएसँगै काठमाण्डू उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढेको छ । यतिबेला नवदुर्गा चलिरहेको छ । १० दिनसम्म धुमधामका साथ मनाइने यो पर्वमा घर बाहिर भएका आफन्तहरु घर फर्किन्छन् । परिवार–आफन्त जम्मा भएर दशमीको दिन टीका जमरा लगाएर आशीर्वाद...
काठमाण्डू, ११ असोज– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कार्कीको राजीनामा मागेका हुन् । जेनजी आन्दोलनकारीको मागअनुसार काम गर्न नसकेकाले कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग उनको छ । कार्कीले छाडेपछि आफू आएर जेनजीको...
काठमाण्डू, ११ असोज– एमाले अध्यक्ष केपी ओलीले आफूलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मार्ने योजना बनाइएको दाबी गरेका छन् । भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा कार्यकर्ताहरुसँग कुरा गर्दै ओलीले गत २४ भदौमा बालुवाटारबाट हेलिकोप्टरमा भाग्नुअघि मार्ने योजना बनाइएको बताए । जेन-जी प्रदर्शन उग्र भएपछि ओली सोही दिन...
काठमाण्डू १० असोज– ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन । आज (शुक्रबार) नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उर्जामन्त्री घिसिङले यस्तो बताएका हुन । उनले देशमा भएका...
काठमाण्डू १० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाण्डूको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने बताएका हुन । प्रचण्डले भने, ‘सम्पत्ति छानबिन...
काठमाण्डू १० असोज– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य रहेको बताएकी छन । आज (शुक्रबार) काठमाण्डूमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले मुलुकको...
काठमाण्डू १० असोज– अर्थ मन्त्रालयले सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । प्रचलित कानून बमोजिम बाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई...
काठमाण्डू १० असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा ललितपुर जिल्लामा उच्छृङ्खल गतिविधि गर्ने २२ जनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । प्रहरीका युनिटहरूमा आगजनी र तोडफोड गर्ने २२ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका...