समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो, भोलि बस्ने

२०८२ असोज २७ गते १५:२५

काठमाण्डू, २७ असोज– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ । सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरीएको कांग्रेसले जनाएको छ । गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको थियो भने त्यसयता लगातार कार्यसम्पादन समितिको बैठक...

कांग्रेस नेताका सम्पत्ति विवरण बर्सेनि सार्वजनिक गरिनुपर्छः नेविसंघ

२०८२ असोज २७ गते १५:१२

काठमाण्डू, २७ असोज– कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले नेताहरूको सम्पत्ति विवरण पार्टीले प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्बन गर्न पार्टीसमक्ष औपचारिक माग गर्ने तयारी गरेको छ । नेविसंघको असोज २५ गते प्रदर्शनी मार्ग स्थित नेपाल ल क्याम्पसमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले चार...

विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री

२०८२ असोज २७ गते १५:०१

काठमाण्डू, २७ असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन । आज (सोमबार) ललितपुरमा आयोजित विपद् जोखिम न्युनीकरण चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री आर्यालले यस्तो बताएका हुन । उनले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक...

जेनजीसँग राष्ट्रपतिसहित प्रधानमन्त्रीले गर्ने वार्ता आज पनि नहुने

२०८२ असोज २७ गते १४:५८

काठमाण्डू, २७ असोज– आज (सोमबार) जेनजीसँग हुने भनिएको राष्ट्रपतिसहित प्रधानमन्त्रीरमन्त्रीहरुको वार्ता नहुने भएको छ । राष्ट्रपति कार्यलयको फोन कुरेका जेनजी प्रतिनिधिले अहिलेसम्म कुनै खबर नआएको जानकारी दिएका छन । ‘आज बस्ने भनिएको थियो, तर अहिलेसम्म केही खबर आएको छैन । फोन आयो भने जान्छौँ,’...

विपिनका दाजु भन्छन्ः भाइ फर्किन्छ भन्ने आशा मार्न सकिन्न, हमासले छोड्नुपर्ने अझै छन् 

२०८२ असोज २७ गते १४:५३

काठमाण्डू, २७ असोज– हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका विपिन जोशी जीवित नरहेको सूचना आए पनि परिवारले अझै आशा मार्न भने सकेको छैन । हमासले बन्धकहरु छोड्न अझै पनि बाँकी रहेकाले अहिले नै आश मार्न नसकिने उनका दाजु किशोर जोशीले बताएका छन । ‘युद्धविराम क्रममा...

बेल्जियमको एन्त्रोपमा दशैं, तिहार र छठको अवसरमा शुभकामना कार्यक्रम आयोजना

२०८२ असोज २७ गते १३:१८

बेल्जियम- बेल्जियमको एन्त्रोपमा दसैं, तिहार,नेपाल सम्बत, छठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । नेपाली मिलन केन्द्र, एन्त्रोप बेल्जियमको आयोजनामा आइतबार शुभकामना कार्यक्रम आयोजना गरिएको हो । विश्व शान्तिको कामनासहित कार्यक्रम आयोजना गरिएको केन्द्रकी महासचिव कबिता सिंखडा दाहालले जानकारी दिइन्...

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा जाँदै

२०८२ असोज २७ गते १३:०९

काठमाण्डू, २७ असोज– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन आगामी असोज ३१ गते जेनेभा जाने भएका छन्। आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित भएको र आफू...

इलामबाट काठमाण्डू आउँदै गरेको कारमा आगलागी

२०८२ असोज २७ गते १३:०६

काठमाण्डू, २७ असोज– उदयपुरगढी गाउँपालिका वडा नम्बर ७, अधेरीमा आज बिहान करिब ९ः५० बजे गुडिरहेको कारमा आगलागी हुँदा कार पूर्ण रूपमा जलेर क्षति भएको छ । इलामबाट काठमाण्डू आउँदै गरेको गरेको बा ९ च ८६६८ नम्बरको कारमा अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ...

जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ असोज २७ गते १३:००

काठमाण्डू, २७ असोज– काठमाण्डू महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा. प्र.०१–००४ क ५३६२ नम्बरको...

टोखाबाट २५ करोडसहित पक्राउ परेका कुसाङ लामा पनि कारागारबाट फरार

२०८२ असोज २७ गते १२:५४

 काठमाण्डू, २७ असोज– काठमाण्डूको टोखाबाट २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेका हुन । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनी २४ भदौको राति फरार भएका...

काठमाण्डूको गौरीघाटबाट श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

२०८२ असोज २७ गते १२:४७

काठमाण्डू, २७ असोज– काठमाण्डू महानगरपालिका–७ गौरीघाट मिलनचोकमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । ३५ वर्षीय श्रीमान छिरिङ भनिने तेन्जिङ शेर्पा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा...

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी

२०८२ असोज २७ गते १२:३२

काठमाण्डू, २७ असोज– राष्ट्रिय सभाको निर्वाचन आगामी ११ माधमा हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी रहेको जानकारी गराएका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us