समाचार

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने

२०८२ असोज २८ गते ११:२१

काठमाण्डू २८ असोज– हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको बताइएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित...

अलमल गर्ने समय छैन, नयाँ भन्नेहरू एक ढिक्का हुनैपर्छ: तोसिमा कार्की

२०८२ असोज २८ गते ११:१५

काठमाण्डू २८ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ डा. तोसिमा कार्कीले नयाँ भन्नेहरु एक हुनैपर्ने बेला आएको बताएकी छन । साथै डा.कार्कीले अलमल गर्ने समय समेत नरहेको बताएकी छन । देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू रास्वपालगायत...

बालेनलाई हर्कको काउन्टर: ‘किसान झैँ फोहोर’ लेख्नुभन्दा हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि !

२०८२ असोज २८ गते ११:०१

काठमाण्डू २८ असोज– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को आलोचना गरेका छन । धरानका मेयर साम्पाङले ‘किसान झैँ फोहर’ लेखेको भन्दै काठमाण्डूका मेयर बालेनको आलोचना गरेका हुन । माटोलाई फोहर ठान्नेविरुद्ध माटोको टीका लगाएर देश बचाउन आफू आएको उनले...

प्रधानमन्त्री कार्कीको हवाला दिँदै चन्दा सङ्कलन

२०८२ असोज २७ गते २१:५२

काठमाण्डू, २७ असोज– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको हवाला दिँदै बजारमा चन्दा सङ्कलन गरिएको पाइएको छ । विभिन्न परियोजना,कोष,सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम,आर्थिक सङ्कलन गरिरहेको सूचना प्राप्त भएपछि सोमबार प्रधानमन्त्रीको कार्यालयले प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

हमासले पुष्टि गर्यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

२०८२ असोज २७ गते २०:१०

काठमाण्डू, २७ असोज– हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने हमासले जनाएको छ । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जानकारी दिएको छ । बीबीसीका अनुसार हमासले...

मधेशकी शिक्षामन्त्री शर्माले दिइन राजीनामा

२०८२ असोज २७ गते १७:५५

काठमाण्डू, २७ असोज– मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन । शिक्षा मन्त्री शर्मा आज (सोमबार) मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन । तिवारी लोकतान्त्री समाजवादी पार्टी (लोसपा)बाट मन्त्री बनेकी थिइन् ।...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

२०८२ असोज २७ गते १६:५८

काठमाण्डू, २७ असोज– यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीले प्रप्त गरेका छन । द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अमेरिका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । एकेडेमीका अनुसार अमेरिकको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर र...

टिओबी समूहका तेन्जेनबाट भेटियो नक्कली पेस्तोल, भिडियो जेनजी आन्दोलनको नरहेको पुष्टि

२०८२ असोज २७ गते १६:५४

काठमाण्डू, २७ असोज– काठमाण्डूको बिजुलीबजारस्थित पुलमा टिओबीका सदस्यले पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद गरीएको छ । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति...

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

२०८२ असोज २७ गते १६:३५

काठमाण्डू, २७ असोज– सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिएका छन । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार...

पूर्वसभामुख महराविरूद्धको अभियोगपत्र अदालतमा पेस

२०८२ असोज २७ गते १६:०९

काठमाण्डू, २७ असोज– पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले अदालतमा अभियोगपत्र पेस गरेका छन । हिजो (आइतबार) मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारेको अभियोगपत्र जिल्ला अदालत काठमाण्डूमा पेस गरिएको जिल्ला...

एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने

२०८२ असोज २७ गते १६:०५

काठमाण्डू, २७ असोज– भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ताको माग गर्दै नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले भोलि मंगलबार काठमाण्डूको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा...

कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो, भोलि बस्ने

२०८२ असोज २७ गते १५:२५

काठमाण्डू, २७ असोज– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ । सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरीएको कांग्रेसले जनाएको छ । गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको थियो भने त्यसयता लगातार कार्यसम्पादन समितिको बैठक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us