काठमाण्डू, २१ कात्तिक– जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो । लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा रहेका थिए । सुनार शुक्रबार बिहान...
काठमाण्डू, २१ कात्तिक– प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि गरेका छन । हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको एमाले नेताहरुले बताएका छन । एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका...
काठमाण्डू, २१ कात्तिक– गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले तत्कालीन सरकारलाई अपदस्थ गरेपछि मुलुकमा अहिले अन्तरिम सरकार छ । निर्वाचनको मुख्य लक्ष्यसहित गठन भएको यही सरकारका प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभामात्र क्रियाशील छ। सरकार गठनको दुई महिना पुग्न लाग्दा अन्तरिम...
काठमाण्डू, २१ कात्तिक– कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन । आज (शुक्रबार) विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका उनीनिकट उच्च स्रोतले जानकारी दिएको छ । नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग...
काठमाण्डू, २१ कात्तिक– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न सबैलाई आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् । उनले आज एक्स अकान्टमा लेखेकी छन्,...
काठमाण्डू, २१ कात्तिक– कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत अवस्थामा फेला परेका छन । सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमतीमा नुहाउन नदीमा छिरेका...
काठमाण्डू, २१ कात्तिक– नेकपा (एकीकृत समाजवादी) परित्याग गरेकी पूर्व मन्त्री एवं नेतृ रामकुमारी झाँक्रीले आफूमाथिको कारबाहीलाई लिएर नेता माधवकुमार नेपालमाथि कडा रुपमा कटाक्ष गरेकी छन् । नेतृ झाँक्रीले आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड भन्दै उनले नेपालमाथि कटाक्ष गरेकी हुन्।...
काठमाण्डू, २१ कात्तिक– नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न विप्लव हरिसिद्धीमा पुगेका छन । नेताद्वय आज (शुक्रबार) बिहान ललितपुरस्थित हरिसिद्धीमा रहेको विप्लव निवासमा पुगेका हुन् । नेतात्रयबीच अहिले छलफल जारी रहेको स्रोतले...
काठमाण्डू, २१ कात्तिक– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा,...
सिन्धुपाल्चोक, २१ कात्तिक– मेलम्चीका स्थानीयले काठमाण्डू ल्याइँदै गरिएको पानीको मुहान बन्द गरिरिएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी बन्द गरिएको हो । मेलम्ची खानेपानी संघर्ष समितिको अगुवाइमा खानेपानी आयोजनाको साइट कार्यालयमा समेत ताला लगाइएको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका...
दार्चुला, १८ कात्तिक– दार्चुलाको तवाघाट क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति १० बजेर ४० मिटेनमा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का सीमावर्ती भारतीय क्षेत्रमा समेत महसुस गरिएको थियो । भूकम्पबाट मानवीय र भौतिक क्षति भएको सूचना भने प्राप्त...
काठमाण्डू, २० कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् । ‘द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स’ (आन्फ्रेल) प्रतिनिधिमण्डलसँगको भेटमा बिहीबार प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष...