समाचार

आगो लगाएर आएको सरकार छाडा भयोः ओली

२०८२ कार्तिक २० गते २०:२५

काठमाण्डू, २० कात्तिक– एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले छाडा ढंगले देश चलाइरहेको बताए । भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले छाडा ढंगले देश चलाउन संसद् विघटन गरिएको आरोप लगाए । उनले वर्तमान सरकार असंवैधानिक भएको दोहोर्याए । ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नरहेको दाबी...

स्वदेश फर्किए राष्ट्रपति पौडेल

२०८२ कार्तिक २० गते २०:०६

काठमाण्डू, २० कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल स्वेदश फर्किएका छन् । राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर पौडेल बिहीबार स्वदेश फर्किएका हुन् । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई मंगलबार सम्बोधन गरेका थिए । यस्तै सम्मेलनका दौरान आयोजित सामाजिक विकासका...

सिटौलाको बोलीप्रति कांग्रेस बैठकमा अमृत अर्यालको आपत्ति

२०८२ कार्तिक २० गते १७:३९

काठमाण्डू, २० कात्तिक– कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विशेष महाधिवेशनको पक्षमा भएको हस्ताक्षरप्रति नेता कृष्णप्रसाद सिटौलाले राखेको विचारमा आपत्ति व्यक्त गरेका छन । कांग्रेस नेता सिटौलाले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरलाई गलत कार्य भएको तर्क गरेका थिए । उनको उक्त बोलीप्रति केन्द्रीय सदस्य अर्यालले...

आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ कार्तिक २० गते १७:२२

काठमाण्डू, २० कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खआन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाण्डूमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार...

जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छः विप्लव

२०८२ कार्तिक २० गते १६:४७

काठमाण्डू, २० कात्तिक– नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा रहेको बताएका छन । उनले जनताको अवस्था परिवर्तनका लागि लडेको तर जनयुद्धबाट त्यो पार नलगेको भन्दै अहिले जेनजी विद्रोह पनि तुहिन खतरा बढेको तर्क गरेका हुन । आज (बिहिबार)...

एकताको नाममा भृकुटीमण्डपमा नवरसको रमाइलो देखियोः विप्लव

२०८२ कार्तिक २० गते १६:३९

काठमाण्डू, २० कात्तिक– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दश दलबीचको एकतालाई व्यंग्य गरेका छन । आज (बिहिबार) सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले व्यंग्य गरेका हुने । महासचिव विप्लवले...

कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छः दीपक खड्का

२०८२ कार्तिक २० गते १६:३४

काठमाण्डू, २० कात्तिक– कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने तर्क गरेका छन । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको आज (बिहिबार)को बैठकमा केन्द्रीय सदस्य खड्काले यस्तो बताएका हुन । उनले आगामी जेठभित्र नियमित...

निरंकुश बन्दै गएको सत्तालाई जेन–जीले खरानी बनाइदियोः विप्लव

२०८२ कार्तिक २० गते १६:१८

काठमाण्डू, २० कात्तिक– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निरंकुश बन्दै गएको सत्तालाई जेन–जीको बलिदानले खरानी बनाइदिएको तर्क गरेका छन । आज (बिहिबार) सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाण्डूमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन । उनले जेन–जी पुस्ताले आफ्नो रगत दिएर...

रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश

२०८२ कार्तिक २० गते १६:१२

काठमाण्डू, २० कात्तिक– उच्च अदालत बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू मगाउन आदेश दिएको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले मिसिल झिकाउन आदेश जारी गरेको...

बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी

२०८२ कार्तिक २० गते १५:५२

काठमाण्डू, २० कात्तिक– काठमाण्डू महानगरपालिकाका मेय बालेन्द्र शाह बालेन विरुद्ध एमाले निकट राष्ट्रिय युवा संघले उजुरी दिएको छ । आज (बिहिबार) युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी...

बिरामी बोक्ने एम्बुलेन्समा भेटियो गाँजा, दुई जना पक्राउ

२०८२ कार्तिक २० गते १५:१५

काठमाण्डू, २० कात्तिक– मोरङमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा गाँजा बरामद गरीएको छ । गाँजा भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को ३१ प ८८८९ नम्बरको...

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भंगाल पुगे गृहमन्त्री अर्याल

२०८२ कार्तिक २० गते १४:५६

काठमाण्डू, २० कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न गृहमन्त्री अर्याल आज (बिहिबार) पूर्व राष्ट्रपतिको निवास भंगाल पुगेका हुन् । भण्डारीसँगको भेटमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय, आगामी प्रतिनिधिसभाको निर्वाचन लगायतबारे छलफल गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us