समाचार

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

२०८२ कार्तिक २२ गते १२:५५

काठमाण्डू, २२ कात्तिक– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो (शुक्रबार) राति मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी...

अमेरिकाले देश निकाला गरेका मोहनजंग थापा रास्वपाको बैठकमा

२०८२ कार्तिक २२ गते १२:४४

काठमाण्डू, २२ कात्तिक– अमेरिकाले देश निकाला गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा विस्तारित बैठकमा उपस्थित भएका छन । गत साउनमा अमेरिकाबाट डिपोर्ट भएका थापा चितवनमा जारी रास्वपाको विस्तारित बैठकमा सहभागी भएका छन । उनी गत वर्षको फागुनमा अमेरिकामा पक्राउ परेका...

जेनजीहरुले रातो होइन, निलो क्रान्ति नै गरेका हुन्ः तोसिमा कार्की

२०८२ कार्तिक २२ गते १२:३४

काठमाण्डू, २२ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाकी नेतृ डा. तोसिमा कार्कीले जेनजीहरुले गरेको आन्दोलन निलो क्रान्ति नै भएको बताएकी छन । चितवनमा जारी विस्तारित बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा पार्टीले निलो क्रान्ति गर्दै गर्दा जेनजीहरुले रातो क्रान्ति गरेको उल्लेख गरिएकोप्रति पनि उनले असन्तुष्टि...

टुहुरो ‘मेघौली’ गाडीको ठक्करबाट घाइते

२०८२ कार्तिक २२ गते १२:१७

काठमाण्डू, २२ कात्तिक– चितवनको सौराहा क्षेत्रमा डुलेर पर्यटकलाई लोभ्याउने ‘मेघौली’ नामको भाले गैंडालाई गाडीले ठक्कर दिएर घाइते बनाइदिएको छ । गैंडालाई ठक्कर दिएर घाइते बनाएको आरोपमा कालिका नगरपालिका–६ घर भएका विनय दवाडीलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पक्राउ गरेको छ । पक्राउ परेको दवाडीमाथि थप...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

२०८२ कार्तिक २२ गते १२:०५

काठमाण्डू, २२ कात्तिक– कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको...

लमजुङमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु

२०८२ कार्तिक २२ गते ८:५६

काठमाण्डू, २१ कात्तिक-लमजुङमा सिमेन्ट बोकेर गइरहेको बोलेरो जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बा८च ३७३१ नम्बरको बोलेरो जिप शुक्रबार राति मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट नाइचेतर्फ जाँदै गर्दा सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । दुर्घटनामा दोलखा...

पूर्वमन्त्री आफताब आलमको निधन

२०८२ कार्तिक २२ गते ८:५२

काठमाण्डू, २१ कात्तिक-कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधन भएको छ । ६३ वर्षीय आलमको शुक्रबार राति २:५९ बजे काठमाण्डूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आलम लामो समयदेखि मिर्गौला र उच्च रक्तचाप सम्बन्धी रोगबाट पीडित थिए । उनको भेन्टिलेटरमा...

सर्वोच्चद्वारा हितेन्द्र शाक्यको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक २१ गते २०:०७

काठमाण्डू, २१ कात्तिक– सर्वोेच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका पूर्वकायकारी निर्देशक हितेन्द्रदेव शाक्यको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आफूलाई सरकारले गैरकानूनी रुपमा जिम्मेवारीबट हटाएर जल...

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

२०८२ कार्तिक २१ गते १८:२४

काठमाण्डू, २१ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन । आज (शुक्रबार) प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख, उपसभामुखसँगको भेटमा उनले सो कुरा बताएका हुन । शुक्रबार शीतल निवासमा भएको भेटमा उनले जनताको आवाज...

अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छः ओली

२०८२ कार्तिक २१ गते १८:१४

काठमाण्डू, २१ कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । राष्ट्रपति पौडेलले असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन...

११ देशमा कार्यवाहक राजदूत तोकिए, फिर्ता बोलाइएकालाई परराष्ट्रमा बस्ने ठाउँ

२०८२ कार्तिक २१ गते १६:३७

काठमाण्डू, २१ कात्तिक– सरकारले फिर्ता बोलाएका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा कामकाजका लागि व्यवस्था मिलाइएको छ । ३० असोजको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ मुलुकमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तीमध्ये अधिकांश नेपाल आइसकेका छन् । उनीहरु सरकारको सम्पर्कमा छन् । बाँकी आजभोलिमै आइपुग्ने...

सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

२०८२ कार्तिक २१ गते १६:०८

काठमाण्डू, २१ कात्तिक– सर्वेच्च अदालत आगामी १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत २४ भदौमा भएको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us