समाचार

बालेनलाई दुर्गाको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

२०८२ कार्तिक २३ गते १२:५५

काठमाण्डू, २३ कात्तिक– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र (शाह) बालेनलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन । आज (आइतबार) काठमाण्डूको सुकुमवासी बस्तीमा पुगेर भाषण गर्दै व्यवसायी प्रसाईंले यस्तो आग्रह गरेका हुन ।...

विशेष महाधिवेशनको माग बाध्यकारी छः महामन्त्री शर्मा

२०८२ कार्तिक २३ गते १२:४६

काठमाण्डू, २३ कात्तिक– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन । महामन्त्री शर्माले आगामी मंसिर, पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषय प्रधान नभए पनि महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशन अहिलेको मूल...

जेनजी आन्दोलनका बेला प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ

२०८२ कार्तिक २३ गते १२:४०

काठमाण्डू, २३ कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेर नेपाल प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अछामको मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउद रहेको प्रहरीले जनाएको छ...

रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान

२०८२ कार्तिक २३ गते १२:३५

काठमाण्डू, २३ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ । सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी...

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भुसाल संयोजक

२०८२ कार्तिक २३ गते १२:२७

काठमाण्डू, २३ कात्तिक– नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । हिजो (शनिबार) बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिएका छन । ६७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा भुसालले...

एमालेको ११ औँ महाधिवेशनः पृथ्वीसुब्बालाई भण्डारी पक्षबाट महासचिव बनाउने चर्चा

२०८२ कार्तिक २३ गते १२:००

काठमाण्डू, २३ कात्तिक– एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी २७,२८ र २९ मंसिरमा काठमाण्डूमा हुँदै छ । एमालेको आगामी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । पार्टीको नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लाई प्रतिस्पर्धा हुने बुझिएको छ...

एमालेको ११ औँ महाधिवेशनः ओलीसँग पोखरेललाई भिडाउने भण्डारीको तयारी

२०८२ कार्तिक २३ गते ११:५८

काठमाण्डू, २३ कात्तिक– एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी २७,२८ र २९ मंसिरमा काठमाण्डूमा हुँदै छ । एमालेको आगामी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । पार्टीको नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लाई प्रतिस्पर्धा हुने बुझिएको छ...

काम गरिरहेका छौं, तर भन्न मिल्दैनः गृहमन्त्री अर्याल

२०८२ कार्तिक २३ गते ११:३२

काठमाण्डू, २३ कात्तिक– गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन । गृहमन्त्री अर्यालले आज (आइतबार) सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन । शुद्धचित्तले काम गरिरहेको पनि उनले बताएका छन् । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री...

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको आरोप

२०८२ कार्तिक २३ गते ११:१८

काठमाण्डू, २३ कात्तिक– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले युवा तथा खेलकुदमन्त्री बनेका बब्लु गुप्ताले मन्त्री बन्नको लागी रुटिन अफ नेपाल नामक सामाजिक सञ्जाल पेजका सञ्चालक भिक्टर पौडेललाई २ कारोड रुपैयाँ घुस बुझाएको आरोप लगाएका छन । काठमाण्डू महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउने अल्टिमेट सकिएको...

अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

२०८२ कार्तिक २२ गते २१:३५

काठमाण्डू, २२ कात्तिक– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने सबै उडान र अवतरण अवरुद्ध भएको छ । विमानस्थलको विद्युत सर्किटमा समस्या देखिएपछि सबै उडान रद्ध भएको हो । काठमाण्डूबाट हुने र बाहिरबाट आउने कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थलका महाप्रबन्धक हंशराज...

एक महिना नपुग्दै ढल्यो मधेस सरकार

२०८२ कार्तिक २२ गते २१:१६

काठमाण्डू, २२ कात्तिक– गठन भएको एक महिना नपुग्दै मधेस प्रदेश सरकार ढलेको छ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शनिबार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत नपाउने देखेपछि सोनलले पदबाट राजीनामा दिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनलको...

व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउँछौंः मन्त्री सिन्हा

२०८२ कार्तिक २२ गते १७:३५

काठमाण्डू, २२ कात्तिक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरूलाई अघि बढाउन आवश्यक कानुनी अवरोधहरू हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन । उनले वर्षौंदेखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us