समाचार

चुनावअघि नियमित महाधिवेशनको पक्षमा खुले देउवा पक्षकै नेताहरू

२०८२ कार्तिक २३ गते १६:२८

काठमाण्डू, २३ कात्तिक– कांग्रेसका संस्थापन पक्षका दुई दर्जन सदस्यहरू चुनावअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा खुलेका छन । कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट निर्वाचित भएकाहरूले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने निष्कर्षमा पुगेका हुन । कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका २४ जना सदस्यहरू...

जेनजी आन्दोलनमा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ परे

२०८२ कार्तिक २३ गते १५:३२

काठमाण्डू, २३ कात्तिक– गत २४ भदौमा भएको जेनजीको प्रदर्शनको क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुभराज पन्त रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो । चन्द्रागिरिबाट पक्राउ परेका उनलाई कारागार...

३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु–छोरीको शव भेटियो

२०८२ कार्तिक २३ गते १५:२७

काठमाण्डू, २३ कात्तिक– गत ३ कात्तिक देखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला परेको छ । ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु–छोरी रहेको प्रहरीले जानकारी...

‘डेडिकेटेड लाइन’ विवादः सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

२०८२ कार्तिक २३ गते १५:२३

काठमाण्डू, २३ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयले ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । १७ कात्तिक २०८२ मा...

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसका निवर्तमान सांसदहरूले पनि थाले हस्ताक्षर अभियान

२०८२ कार्तिक २३ गते १५:१८

काठमाण्डू, २३ कात्तिक– संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान थालेका छन । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो । उक्त निष्कर्षका आधारमा न्यायालयको ढोका ढकढक्याउनका लागि ‘हस्ताक्षर क्याम्पेनिङ’ सुरुवात...

१२ को पूरक परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी

२०८२ कार्तिक २३ गते १५:१४

काठमाण्डू, २३ कात्तिक– आज (आइतबार) राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । आज दिउँसो ४ बजेपछि पुरक परिक्षाको नतिजा प्रकाशित गर्ने तयारी रहेको बोर्ड स्रोतले जानकारी दिएको छ । बोर्ड स्रोतले भन्यो, ‘ टेक्निकल समस्या भएन...

जेन–जी मुभमेन्ट अलायन्सले बालेनलाई भन्योः सुकुम्बासीमाथि दम्भ नदेखाऊ

२०८२ कार्तिक २३ गते १४:१५

काठमाण्डू, २३ कात्तिक– जेन–जी मुभमेन्ट अलायन्सले काठमाण्डू महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उत्पीडित जनतामाथि दम्भ नदेखाउन काठमाण्डूका मेयर बालेनन्द्र शाह (बालेन) लाई आग्रह गरेको छ । अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने तयारी...

पूर्वमन्त्री आलमको निधनमा आज रौतहटका चार नगरपालिकामा शोक बिदा

२०८२ कार्तिक २३ गते १४:०९

काठमाण्डू, २३ कात्तिक– कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै रौतहटका चारवटा नगरपालिकाले आज शोक बिदा दिएका छन । रौतहटको राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको जनाएका...

हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

२०८२ कार्तिक २३ गते १४:०५

काठमाण्डू, २३ कात्तिक– गत १४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा जेलबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूले पक्राउ गरेको हो । बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ...

हायातबाट टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ

२०८२ कार्तिक २३ गते १४:०२

काठमाण्डू, २३ कात्तिक– काठमाण्डूको बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले...

२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

२०८२ कार्तिक २३ गते १३:५८

काठमाण्डू, २३ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन । राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने पनि बताएका छन । आज (आइतबार) सिंहदरबारमा...

कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

२०८२ कार्तिक २३ गते १२:५९

काठमाण्डू, २३ कात्तिक– चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका ७ बस्ने १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार चितवनको राप्ती नगरपालिका ५ बस्ने २० वर्षीया बिमला तामाङ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us