काठमाण्डू, २२ मंसिर– विवादित मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईंले सरकारले आफ्ना माग सम्बोधन नगरे जनविद्रोह गर्ने चेतावनी दिएका छन् । सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बाहिरिने क्रममा सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह गर्ने धम्की दिएका हुन् ।...
काठमाण्डू, २२ मंसिर– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य काममा फर्कने भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासलेसोमबार शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा काम गर्न दिन परमादेश जारी गरेको हो । मन्त्रिपरिषदको गत ५ असोजको बैठकले शाक्यलाई जल तथा...
काठमाण्डू, २२ मंसिर– एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्ल्ला घटनाहरूले नेपाली समाजको नैतिक मूल्य र साँस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गरिरहेको बताएका छन । आज (सोमबार) आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा समावेश गर्नुपर्ने भन्दै केन्द्रीय कार्यालयमा बुझाइएको अवधारणापत्र यस्तो विश्लेषण गरिएको छ...
काठमाण्डू, २२ मंसिर– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच सिंहदरबारमा औपचारिक भेटवार्ता जारी छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे...
काठमाण्डू, २२ मंसिर– प्रहरीले गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा काठमाण्डूको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीबन्दीलाई तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई...
काठमाण्डू, २२ मंसिर– एमालेको ११औँ महाधिवेशनलाई लक्षित गरेर आफूले तयार पारेको राजनीतिक प्रस्ताव बोकेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टी मुख्यालय च्यासल पुगेका छन । उनले पार्टी कार्यालयमै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चाहेको पनि बताए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको...
काठमाण्डू, २२ मंसिर– कांग्रेसका ८ निवर्तमान सांसदले विघटित प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा ७ मागदाबी राखेका छन । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू आशा बिक, दीपक खड्का, सिताकुमारी राना, नागिना यादव, शान्ति बिक र...
काठमाण्डू, २२ मंसिर– एमालेका पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र मार्क्सवाद विपरित केपी ओलीले पार्टी चलाउन खोजेको आरोप लगाएका छन । आज (सोमबार) काठमाण्डूमा नेता ईश्वर पोखरेलको समूहले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य थापाले यस्तो बताएका...
काठमाण्डू, २२ मंसिर– एमाले उपाध्यक्ष युवराज ज्ञवालीले एमालेमा सिस्टम बसाउन ११ औँ महाधिवेशनमा नेता ईश्वर पोखरेलाई अध्यक्षका लागि अघि सारिएको बताएका छन । आज (सोमबार) ईश्वर पोखरेल समूहले काठमाण्डूमा आयोजना गरेको अन्तरक्रियामा सामूहिक नेतृत्व प्रणाली व्यवहारमा लागू नभएकाले नयाँ नेतृत्वमा जान चाहेको बताए ।...
काठमाण्डू, २२ मंसिर– हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज (सोमबार) पहिलो पटक काठमाण्डूमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि काठमाडौंको आयोजना गरेको यो पहिलो औपचारिक सभा हो । सिफल चौरमा आयोजित सभालाई ‘संगठन बिस्तार तथा पार्टी...
काठमाण्डू, २२ मंसिर– रसुवाको खाल्चेत क्षेत्रमा जंगली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन् । उनीहरूलाई सोमबार बिहान भालुले आक्रमण...
काठमाण्डू, २२ मंसिर– काठमाण्डू महानगरपालिका–१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भू नै बस्ने ३० वर्षीय श्याम तामाङ रहेको...