समाचार

सुदन र बालेनका सहयोगी कुमारले भेटे प्रधानमन्त्री कार्कीलाई

२०८२ मंसिर २३ गते १७:५०

काठमाण्डू, २३ मंसिर– जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए । जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र...

दीपक खड्काको घरमा तोडफोड: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

२०८२ मंसिर २३ गते १७:०७

काठमाण्डू, २३ मंसिर– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्काको घरमा आगोजनी र तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ । पूर्व मन्त्री खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरी...

प्रतिनिधिसभा निर्वाचनः कांग्रेस महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस

२०८२ मंसिर २३ गते १६:५४

काठमाण्डू, २३ मंसिर– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले महामन्त्री थापाको नाम आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको...

लीमा अधिकारी निफ्रा सञ्चालक समितिमा निर्वाचित

२०८२ मंसिर २३ गते १६:४३

काठमाण्डू, २३ मंसिर– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा लीमा अधिकारी निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न बैंकको सातौं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनी समूहबाट दोश्रो कार्यकालका लागि सर्वसम्मत सञ्चालक नियुक्त गरेको हो । उनको को कार्यकाल चार वर्षको हुनेछ । अधिकारी...

प्रधानमन्त्री कार्की र पूर्वप्रधानन्यायाधीश श्रेष्ठबीच भेटवार्ता

२०८२ मंसिर २३ गते १६:३८

काठमाण्डू, २३ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेटवार्ता गरेकी छन । उनी मंगलबार दिउँसो श्रेष्ठलाई भेट्न कुपण्डोलस्थित निवास पुगेकी हुन् । श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही १६ मंसिरमा ९५ वर्षको उमेरमा निधन भएको थियो । नर्भिक अस्पतालमा...

अध्यक्ष ओलीले राजनीतिक महिला हिंसा गरेको उपाध्यक्ष शाक्यको आरोप

२०८२ मंसिर २३ गते १६:२७

काठमाण्डू, २३ मंसिर– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक महिला हिंसा गरेको आरोप लगाएकी छन । आज (मंगलबार) महाधिवेशनको पूर्वसन्ध्यामा काठमाण्डूमा आयोजित अन्तर संवाद कार्यक्रममा एमाले उपाध्यक्ष शाक्यले उक्त आरोप लगाएकी हुन् । अध्यक्ष ओलीले गरेका कुनै पनि कामबारे प्रश्न उठाउनै...

लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई समेट्नुपर्छः रविन्द्र मिश्र

२०८२ मंसिर २३ गते १५:२२

काठमाण्डू, २३ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताएका छन । आज (मंगलबार) राप्रपाले काठमाण्डूमा गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन । उनले राप्रपाले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको...

अब सक्रिय राजतन्त्र सम्भव छैनः राप्रपा महामन्त्री जबरा

२०८२ मंसिर २३ गते १५:१५

काठमाण्डू, २३ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा राप्रपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै राप्रपा महामन्त्री राणाले यस्तो बताएका हुन । उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नरहेको बताउँदै नेपालमा...

अब सक्रिय होइन, संवैधानिक राजसंस्था आवश्यकः धवल शमशेर

२०८२ मंसिर २३ गते १५:१२

काठमाण्डू, २३ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा राप्रपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै राप्रपा महामन्त्री जबराले यस्तो बताएका हुन । उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नरहेको बताउँदै नेपालमा...

काठमाण्डूमा राप्रपाको जनप्रदर्शन

२०८२ मंसिर २३ गते १५:०४

काठमाण्डू, २३ मंसिर– आज (मंगलबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाण्डूमा ‘नवीन समझदारीका लागि दबाब’ दिन विरोध कार्यक्रमको आयोजना गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित रत्नपार्कमा वृहत् सभा कार्यक्रम आयोजना गरेको हो । राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्र स्थापितका साथै जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन...

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

२०८२ मंसिर २३ गते १३:०४

काठमाण्डू, २३ मंसिर– एमालेको ११ औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गरेको थियो । यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने एमाले नेतृ सुनिता बरालले जानकारी दिएकी दिएकी छन । एमाले नेतृ बरालले भनिन्, ‘यस...

प्रतिनिधि सभाको निर्वाचनः पाल्पा–१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस

२०८२ मंसिर २३ गते १२:४८

काठमाण्डू, २३ मंसिर– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कांग्रेसले पाल्पाको क्षेत्र नं १ बाट सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमितिले पाल्पा निर्वाचन क्षेत्र नम्बर १ का लागि रानाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us