समाचार

जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइनः एमाले उपाध्यक्ष पोखरेल

२०८२ मंसिर २४ गते १७:२५

काठमाण्डू, २४ मंसिर– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओली बयान दिन जानुपर्ने बताएका छन । आज (बुधबार) सम्पादकहरूसँगको अन्तरसंवादमा बोल्ने क्रममा एमाले उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । उनले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर...

ओलीले आफू हटेर अर्कोलाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैनः ईश्वर पोखरेल

२०८२ मंसिर २४ गते १७:०२

काठमाण्डू, २४ मंसिर– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको पनि बताएका छन । आज (बुधबार) काठमाण्डूमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा एमाले उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले...

एमालेमा विचारबारे विवाद छैनः ईश्वर पोखरेल

२०८२ मंसिर २४ गते १६:०८

काठमाण्डू, २४ मंसिर– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका छन । आज (बुधबार) काठमाण्डूमा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । पोखरेलले भने, ‘प्यानल बनाउने, नबनाउने भन्ने...

मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको होइनः ईश्वर पोखरेल

२०८२ मंसिर २४ गते १६:०५

काठमाण्डू, २४ मंसिर– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका छन । आज (बुधबार) काठमाण्डूमा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । पोखरेलले भने, ‘प्यानल बनाउने, नबनाउने भन्ने...

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

२०८२ मंसिर २४ गते १५:२४

काठमाण्डू, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी महोत्सवको उद्घाटन कार्यक्रममा युवाहरू उल्लेख्य उपस्थित नभएपछि असन्तुष्टि व्यक्त गरेका छन । आज (बुधबार) देखि राष्ट्रियसभा गृहमा अखिल क्रान्तिकारीको आयोजनामा सुरु भएको जेनजी महोत्सव उद्घाटनका लागि प्रचण्ड गएका थिए ।...

नागार्जुनको डेराबाट गहना र नगद चोरी

२०८२ मंसिर २४ गते १५:१८

काठमाण्डू, २४ मंसिर– काठमाण्डूको नागार्जुन नगरपालिका–४ मा डेरा गरी बस्ने एक महिलाको कोठाबाट सुनका गरगहना र नगद चोरी भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२ घर भएकी २८ वर्षीया रुबिना खातुनको कोठाबाट मंगलबार दिउँसो चोरी भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । करिब ५ लाख...

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की

२०८२ मंसिर २४ गते १५:१३

काठमाण्डू, २४ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन । आज (बुधबार) धुलिखेलमा आयोजित काठमाण्डू विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा...

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

२०८२ मंसिर २४ गते १४:५१

काठमाण्डू, २४ मंसिर– प्रहरी नायव उपरीक्षक मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत रहेका थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ...

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ मंसिर २४ गते १४:२१

काठमाण्डू, २४ मंसिर– उदयपुरको चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राई रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा...

यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छः एमाले सचिव विष्ट

२०८२ मंसिर २४ गते १४:१०

काठमाण्डू, २४ मंसिर– एमाले सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११ औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्दालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन । आज (बुधबार) महाधिवेशनका सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले यस्तो बताएका हुन । उनले यथास्थितिबाट माथि उठेर नयाँ...

एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

२०८२ मंसिर २४ गते १४:०३

काठमाण्डू, २४ मंसिर– आगामी शनिबारबाट भक्तपुरको सल्लाघारीमा सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले...

नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डमा कालोपत्रे सुरु

२०८२ मंसिर २४ गते १३:५७

काठमाण्डू, २४ मंसिर– नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डअन्तर्गत नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डअन्तर्गत नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे गर्ने काम आज (बुधबार)बाट सुरु भएको हो । सडक स्तरोन्नतिका लागि मङ्सिर २४ गतेदेखि पुस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us