काठमाण्डू, २४ मंसिर– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिक नभएको बताएका छन । आगामी शनिबारदेखि भक्तपुरमा सुरु हुने पार्टीको ११ औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक प्रस्ताव लैजाने तयारी गरिरहेको बेला ज्ञवालीले नीतिगत बहस हुन नसक्ने तर्क गरेका हुन...
काठमाण्डू, २४ मंसिर– एमाले केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा ऊर्जावान् समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन । उनले पार्टी निर्माणमा योगदान गर्नेहरू पाखा पारिँदा एमाले अहिलेको संकटमा पुगेको पनि बताएका छन । एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले...
काठमाण्डू, २४ मंसिर– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन । आज (बुधबार) ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार कमजोर नागरिकको मौलिक अधिकार...
काठमाण्डू, २४ मंसिर– सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन । आज (बुधबार) बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् । शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको...
काठमाण्डू, २४ मंसिर– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाण्डू–४ बाट एकल सिफारिस भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिएका छन...
काठमाण्डू, २४ मंसिर– पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाँण प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही–३ बाट सिफारिस भएका छन । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले नेता खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो । समितिले उनीसँगै सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल...
काठमाण्डू, २४ मंसिर– कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता भण्डारीले पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन, ‘साथीहरूको जिज्ञासा मेरो...
महोत्तरी, २६ मंसिर–पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रूख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...
काठमाण्डू, २४ मंसिर– उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि मानव अधिकारको सुनिश्चितता अझै अपूर्ण रहेको तथ्यलाई उजागर गरेको बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘युवापुस्ताको...
काठमाण्डू, २४ मंसिर–मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला...
काठमाण्डू, २४ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन् । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना व्यक्त गर्दैै विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको...
काठमाण्डू, २३ मंसिर– जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए । जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र...