समाचार

आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौं, म चुनाव लड्दिनँः अष्टलक्ष्मी शाक्य

२०८२ मंसिर २८ गते १२:५४

काठमाण्डू, २८ मंसिर– एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेकी छन । आज (आइतबार) काठमाण्डूको भृकुटीमण्डपमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने...

चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

२०८२ मंसिर २८ गते १२:५०

काठमाण्डू, २८ मंसिर– एमाले उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन । ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहेने उनले बताएका छन । काठमाण्डूको भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको उनी निकट एक केन्द्रीय...

धान उत्पादन र मूल्य दुवै घट्यो

२०८२ मंसिर २८ गते ८:५२

मोरङ, २८ मंसिर–मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो...

कोरला सडक आयोजनामा ८ अर्ब खर्च

२०८२ मंसिर २८ गते ८:३८

मुस्ताङ, २८ मंसिर–मुस्ताङको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो । भारत र...

ओली-देउवा सुध्रिनुको साटो सत्ता उल्ट्याउन गोप्य बैठक बसेः भीम रावल

२०८२ मंसिर २७ गते २०:११

काठमाण्डू, २७ मंसिर– नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवा सत्ता उल्ट्याउन खेलमा लागेको आरोप लगाएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित पार्टी एकता सन्देश सभामा बोल्दै रावलले सत्ताको घृणित खेल खेल्न ओली-देउवा दम्पतीको गोप्य बैठक...

एमाले महाधिवेशनमा सहभागिता बढी देखाउने फेक फोटोको सहारा

२०८२ मंसिर २७ गते १९:४९

भक्तपुर, २७ मंसिर– एमालेको शनिबार भक्तपुर सल्लाघारीमा आयोजित ११औं महाधिवेशन उदघाटन कार्यक्रममा सहभागिता बढी देखाउन नेता कार्यकर्ताले सामाजिक सञ्जालमा एआई निर्मित फेक फोटो पोष्ट गरेका छन् । उक्त फेक फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सञ्जाल प्रयोगकर्ताले वास्तविक र नक्कली फोटो राखेर...

एमाले महाधिवेशनः रास्वपा महामन्त्री बुर्लाकोटी बोल्दै गर्दा कार्यकर्ताद्वारा हो-हल्ला

२०८२ मंसिर २७ गते १९:३३

ललितपुर, २७ मंसिर– एमाले कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कबिन्द्र बुर्लाकोटीविरुद्ध नाराबाजी गरेका छन् । पार्टीको ११औं महाधिवेशन उदघाटन शत्रमा शुभकामना मन्तव्य दिने क्रममा बुर्लाकोटीले तत्कालीन केपी ओली नेतृत्वको सरकारले आफ्ना सभापति रवि लामिछानेलाई पूर्वाग्रहपूर्ण ढंगले सहकारी ठगीमा फसाएको र आफू निकट दोषीहरुलाई...

हृदयघात भएका भारतीय राजदूत श्रीवास्तवको मुटुको नशा खुलाउन स्टेन्ट राखियो

२०८२ मंसिर २७ गते १९:१९

काठमाण्डू, २७ मंसिर– चम्पादेवी मन्दिर क्षेत्रमा हाइकिङमा जाँदा शनिबार अचेत भएर ढलेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी छ । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ । हृदयघात भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । श्रीवास्तवको मुटुको देब्रे...

एमाले महाधिवेशनमा झाँकी प्रदर्शन

२०८२ मंसिर २७ गते १८:१०

काठमाण्डू, २७ मंसिर– आज (शनिबार) बाट सुरु भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ । विभिन्न ठाउँबाट निस्केको नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित भक्तपुरको सल्लाघारीस्थित मञ्चमा पुगेको थियो । पञ्चैबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए ।...

हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौंः ओली

२०८२ मंसिर २७ गते १८:०६

काठमाण्डू, २७ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने तर्क गरेका छन । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । एमाले...

एमाले चुनावबाट भाग्दैन, बहुमत ल्याउने ल्याकत छः ओली

२०८२ मंसिर २७ गते १७:५६

काठमाण्डू, २७ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट भाग्छ भन्ने कसैलाई नसोच्न आग्रह गरेका छन् । आज (शनिबार) पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त...

ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खाने विप्लवको अभिव्यक्ति

२०८२ मंसिर २७ गते १७:३९

काठमाण्डू, २७ मंसिर– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरेका छन । आज (शनिबार) पूर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने बताएका हुन । आज (शनिबार) भक्तपुरको सल्लाघारीस्थित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us