समाचार

हिंसाले केवल अर्को हिंसाको जन्म दिन्छ: दलाई लामा

२०८२ चैत १७ गते १६:५२

काठमाण्डू, १७ चैत– भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर चलिरहेका युद्ध समाप्त गर्न अनुरोध गरेका छन । मंगलबार एक्समार्फत हिंसाले केवल अर्को हिंसाको जन्म दिने बताउँदै उनले संवाद, समझदारी र आपसी सम्मानको बाटोमा जान सबैसँग अनुरोध गरेका हुन । लामाले लेखेका छन्, ‘हामी...

एमालेले बोलायो संसदीय दलको बैठक

२०८२ चैत १७ गते १६:४६

काठमाण्डू, १७ चैत– एमालेको संसदीय दलको बैठक बोलाएको छ । आज (मंगलबार) एमालेको मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन । बैठक पार्टी कार्यालय च्यासलमै बस्ने उनले जानकारी दिएका...

ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

२०८२ चैत १७ गते १६:४२

काठमाण्डू, १७ चैत– एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन ।...

सम्पत्ति शुद्धीकरणः अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट

२०८२ चैत १७ गते १६:२२

काठमाण्डू, १७ चैत– अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । व्यवसायी भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसूचीमा राखेको स्रोतले जानकारी दिएको छ । नेपालका हुने ठूला ठेक्का र खरिदका काममा बिचौलियाका रूपमा काम गरेको भन्दै भट्टको नाम विवादमा आउने...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

२०८२ चैत १७ गते १४:५४

काठमाण्डू, १७ चैत– जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावत रहेको प्रहरीले जनाएको छ । आज (बुधबार) बिहान भएको दुर्घटनामा परी गम्भीर घाइते भएका रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु...

एमाले सांसदले भनेः कर्मचारीतन्त्र खत्तम, बालेनको जवाफ– यसको जड तपाईंहरू नै हो

२०८२ चैत १७ गते १४:४९

काठमाण्डू, १७ चैत– प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रुपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल जारी राखेका छन । सोमबार कोशी र कर्णालीका सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरे । एमाले सांसद ऐनबहादुर महरसहित एमाले सांसदहरूले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग...

काठमाण्डू महानगरले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

२०८२ चैत १७ गते १४:४६

काठमाण्डू, १७ चैत– काठमाण्डू महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । काठमाण्डू महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार पहिलो चरणमा नमूनाका रुपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा...

दुई कोइरालालाई दायाँबायाँ राखेर खड्काले सुरु गरे कांग्रेस संस्थापनइतर समूहको बैठक

२०८२ चैत १७ गते १४:४१

काठमाण्डू, १७ चैत– कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । बैठक काठमाण्डूको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो । पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन् । भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । भेलामा पूर्णबहादुर...

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू इतर समूहको बैठकमा सहभागी

२०८२ चैत १७ गते १३:३५

काठमाण्डू, १७ चैत– धुम्बाराहीस्थित होटल स्मार्टमा कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ । बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् । होटल स्मार्टमा बस्ने बैठकमा नेताहरू आउनेक्रम जारी छ । बैठकका लागि यो समूहले तीन वटा एजेन्डा तय गरेको छ । निवर्तमान केन्द्रीय...

ताप्लेजुङको लोनाक क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु

२०८२ चैत १७ गते १३:३१

काठमाण्डू, १७ चैत– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।...

प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा

२०८२ चैत १७ गते १३:२३

काठमाण्डू, १७ चैत– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज (बुधबार) देखि अनिवार्य अवकाशमा जाँदै छन । २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतलाई संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए । उनले अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको...

एमालेलाई रक्षा बमको अपिलः सडकमा अराजकता नफैलाउनुहोस्, कानुनी लडाइँ लड्नुहोस्

२०८२ चैत १७ गते १३:००

काठमाण्डू, १७ चैत– नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले एमालेलाई सडकमा अराजकता र विध्वंस नगर्न अपिल अनुरोध गरेकी छन । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेकी हुन् । देशले भदौ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us