हिंसाले केवल अर्को हिंसाको जन्म दिन्छ: दलाई लामा

काठमाण्डु टुडे २०८२ चैत १७ गते १६:५२ मा प्रकाशित

काठमाण्डू, १७ चैत– भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर चलिरहेका युद्ध समाप्त गर्न अनुरोध गरेका छन । मंगलबार एक्समार्फत हिंसाले केवल अर्को हिंसाको जन्म दिने बताउँदै उनले संवाद, समझदारी र आपसी सम्मानको बाटोमा जान सबैसँग अनुरोध गरेका हुन ।

लामाले लेखेका छन्, ‘हामी इसाई धर्म, बौद्ध धर्म, इस्लाम, हिन्दु धर्म, यहुदी धर्म वा दुनियाँभरका कुनै पनि आध्यात्मिक परम्पराको देख्नसक्छौं, जसले सन्देश हमेशा एक जस्तै छ– प्यार, करुणा, सहनशीलता र आत्म–अनुशासन ।’ ‘इतिहासले बारम्बार देखाएको छ कि हिंसा केवल एक अर्को हिंसाको जन्म दिन्छ,’ उनले अगाडि लेखेका छन्, ‘कहिल्यै पनि स्थायी शान्तिका जग बसाल्न सक्दैन ।’

कुनै पनि संघर्षको स्थायी समाधान संवाद र समझदारी नै रहेको उनले बताएका छन् । ‘चाहे मध्यपूर्वमा होस्, या रुस र युक्रेनबीचको संघर्ष । संवाद, समझदारी र आपसी सम्मानका आधारमा समाधान हुनुपर्छ,’ उनले भनेका छन् । उनले हिंसा र संघर्ष यथाशीघ्र रोकिन प्रार्थना र आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us