समाचार

वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

२०८१ माघ २६ गते ९:०९

महोत्तरी, २६ माघ- महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जंगली हात्तीले उपद्रो मच्चाएको छ । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो । जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जंगली हात्तीले उपद्रो मच्चाएका छन्...

विद्या भण्डारीको विवादास्पद अभिव्यक्तिः काँग्रेस-एमाले मिलेकोमा खुसी छु

२०८१ माघ २६ गते ८:५१

काठमाण्डू, २६ माघ । एमालेको सक्रिय राजनीतिमा आउने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकपछि अर्को राजनीतिक र विवादास्पद अभिव्यक्ति दिन थालेकी छन् । संसदका दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारलाई आफ्नो शुभकामना रहेको उनले बताइन् । राजनीतिक स्थायित्व र आर्थिक...

प्रहरीका ७५ इन्स्पेक्टर डीएसपीमा बढुवा

२०८१ माघ २६ गते ८:३९

काठमाण्डू, २६ माघ- नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समिति बैठकले ७५ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत सुरेन्द्रप्रसाद जोशी बढुवाको पहिलो...

एउटै खुकुरीको मूल्य एक लाख

२०८१ माघ २६ गते ८:२८

पाल्पा, २६ माघ- एउटै खुकुरीको मूल्य एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पारेका छन् । उनले तयार पारेको खुकुरी रामपुरमा...

कांग्रेस नेता मीन विश्वकर्माविरुद्ध हर्क साम्पाङले हाले अख्तियारमा उजुरी

२०८१ माघ २५ गते १८:१५

काठमाण्डू, २५ माघ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन । कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब...

कांग्रेस–एमालेले पनि नसके देशमा कहिल्यै विकास नहुने चिन्ता जनतामा छः पूर्वराष्ट्रपति भण्डारी

२०८१ माघ २५ गते १८:१०

काठमाण्डू, २५ माघ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले पनि देश विकास गर्न नसके कहिले पनि नहुने चासो र चिन्ता नागरिकमा रहेको बताएकी छन । आज (शुक्रबार) अरुणोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले विगतमा तीनरतीन महिनामा...

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोप थप एक जना पक्राउ

२०८१ माघ २५ गते १७:१८

काठमाण्डू, २५ माघ– प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका दीपक आले मगर रहेका छन् । उनलाई प्रहरी वृत्त सिंहदरको हिरासतमा राखिएको छ । बिहीबार पक्राउ परेका उनलाई ज्यान मार्ने...

अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिड्दै छः चित्रबहादुर केसी

२०८१ माघ २५ गते १७:१५

काठमाण्डू, २५ माघ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताएका छन । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जनमोर्चाका अध्यक्ष केसीले यस्तो बताएका हुन । उनले संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा हिड्न...

त्रिपाठीमाथि आक्रमणको आरोप लागेका दुई जना धरौटीमा रिहा

२०८१ माघ २५ गते १७:०८

काठमाण्डू, २५ माघ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाण्डूले आदेश दिएको छ । जिल्ला अदातल काठमाण्डूका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एक–एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।...

चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

२०८१ माघ २५ गते १६:३१

काठमाण्डू, २५ माघ– बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार दिउँसो चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले जानकारी दिएका छन । सीमा नजिक खेतमा काम गर्न गएका बेला चितुवाले आक्रमण...

टिपर आतङ्कका कारण ललितपुरका नागरिकल दुःख भोग्नु परेको छः तोसिमा कार्की

२०८१ माघ २५ गते १६:२२

काठमाण्डू, २५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख भोग्नु परेको बताएकी छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै रास्वपाकी सांसद कार्कीले यस्तो बताएकी हुन । सांसद डा कार्कीले ललितपुरका नागरिकले टिपर...

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

२०८१ माघ २५ गते १६:१२

काठमाण्डू, २५ माघ– प्रहरीले सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई रहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो स्रोतले जानकारी दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us