राजनीति

सरकार अर्को सिन्डिकेट तोड्ने तयारीमा, अबको निशाना ठुला व्यापारी

२०७५ वैशाख २२ गते १७:०४

विराटनगर, २२ बैशाख –– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्दै यो क्षेत्रभित्र रहेको सिन्डिकेट पनि तोडिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व...

नेपाल – सर्वियाको सम्बन्धलाई उच्च महत्व

२०७५ वैशाख २२ गते १६:४०

काठमाण्डु, २२ वैशाख – नेपालको तीन दिवसीय भ्रमणमा रहनुभएका गणतन्त्र सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डायसिसले नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको बताए । परराष्ट्र मन्त्रालय र नेपालका विश्व सम्बन्ध परिषद्ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनले नेपालासँगको सम्बन्ध विस्तारलाई आफ्नो...

सञ्चार राज्यमन्त्री बाँस्कोटाले भने, सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत हो

२०७५ वैशाख २२ गते १६:१९

बनेपा, २२ वैशाख – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको ‘वार्षिक साधारणसभा तथा प्रदेशसभा निर्वाचन’ कार्यक्रममा...

मोदीलाई स्वागत गर्न मुख्यमन्त्रीदेखि मेयरसम्मले लगाए सडकमा झाडु

२०७५ वैशाख २२ गते १५:१४

धनुषा, २२ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न शनिवार जनकपुरमा महासफाई अभियान सम्पन्न भएको छ । महासफाई अभियानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि मेयरसम्मले जनकपुरको सडकमा झाडु लगाएका छन् । बिहानै मुख्यमन्त्री राउत, प्रदेश सरकारका मन्त्री, सांसद, नेपाली सेना, नेपाल प्रहरी...

साउनदेखि कर्मचारीको न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिनेः श्रममन्त्री विष्ट

२०७५ वैशाख २२ गते १५:०८

काठमाण्डु, २२ वैशाख – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको प्रत्याभूति दिने बताए । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी...

बधाई तथा सम्मान कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले भने, निर्वाचनको बेला गरिएका बाचा अब पूरा हुन्छ

२०७५ वैशाख २२ गते १४:१८

बनेपा, २२ वैशाख – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट वामपन्थी सरकारलाई...

घर बनाउने जग्गा खोज्दै ढिकुरपोखरीमा प्रचण्ड

२०७५ वैशाख २२ गते १४:१३

पोखरा, २२ बैशाख – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घर बनाउने जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरीमा पुगेका छन् । माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्ण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि जग्गा खोज्दै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे पुगेका...

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको कार्यतालिका

२०७५ वैशाख २२ गते १३:५६

काठमाण्डु, २२ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते काठमाण्डु आउने भएका छन् । प्रधानमन्त्री मोदीलाई सोही दिन स्थानीय टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी,...

डोल्पामा जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

२०७५ वैशाख २२ गते १३:५३

दुनै, डोल्पा, २२ वैशाख – त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर...

गृहमन्त्रीले लिए डा. देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

२०७५ वैशाख २२ गते १३:१६

काठमाण्डु, २२ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पित्त थैलीको क्यान्सरबाट पीडित डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका छन् । भेटमा गृहमन्त्रीले डा....

राष्ट्रपति भण्डारीले लिइन् डा. देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

२०७५ वैशाख २२ गते १२:५२

काठमाण्डु, २२ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी छिन् । राष्ट्रपति भण्डारीले डा. देवकोटासँग संक्षिप्त...

जाजरकोटमा नाम मात्रका न्यायिक समिति, जनताले न्याय पाउन सकेनन्

२०७५ वैशाख २२ गते १२:३३

जाजरकोट, २२ वैशाख – न्यायिक समिति सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन । गाउँ तथा नगरपालिकामा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीलाई इजलासको अनुभूति हुन नसकेको हो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ११ महिना वितिसक्दा पनि नागरिकले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us