राजनीति

नेपाली काँग्रेसः संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष

२०७५ जेठ ७ गते १७:३३

रुपन्देही, ७ जेठ – नेपाली काँग्रेस जिल्ला सभापतिको प्रदेशस्तरीय पहिलो बैठकले प्रदेश नं ५ को संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष निकालेको छ । प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनले संसदीय दलका नेताका विषयमा केन्द्रीय नेतृत्वलाई...

आफूलाई सम्झाउन पुगेका निर्माण व्यवसायीलाई बादलले झाँको झारे !

२०७५ जेठ ७ गते १७:३१

काठमाण्डु, ७ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माण क्षेत्रमा ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदारविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । आज (सोमवार) गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डका सदस्यलाई गृहमन्त्रीले विगतका कमजोरीलाई सच्याउन...

राष्ट्रिय हित प्रवद्र्धनः विदेश नीतिको लक्ष्य

२०७५ जेठ ७ गते १७:२८

काठमाण्डु, ७ जेठ – सरकारले देशको वैदेशिक नीति राष्ट्रिय हित संरक्षण र प्रवद्र्धनमा केन्द्रित रहने स्पष्ट गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वैदेशिक नीति पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व एवं राष्ट्रिय...

विप्लव समूहका सात नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२०७५ जेठ ७ गते १७:२८

काठमाण्डु, ७ जेठ – सर्वोच्च अदालतले अमर झाँक्रीसहित विप्लव समूहका सात नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसंध्यामा २५ वैशाखमा पक्राउ परेका उनीहरुविरुद्ध केही सार्वजनिक अपराधको मुद्दा चलाइएको छ । तर, ३५ दिनभित्र थुनामा राखेर अनुसन्धान गर्न...

प्रधानमन्त्री कार्यालयबाट अनुगमनको पनि ‘अनुगमन’

२०७५ जेठ ७ गते १७:२४

काठमाण्डु, ७ जेठ – सरकारले अब अनुगमनको पनि ‘अनुगमन’ गर्ने नीति ल्याएको छ । आज संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा अनुगमनलाई प्रभावकारी र पारदर्शी बनाउन प्रधानमन्त्री कार्यालयबाट अनुगमन गर्नेहरुको पनि ‘अनुगमन’ गर्ने नीति लिइएको उल्लेख छ । अहिले अनुगमन गर्ने निकायहरु नै...

लोहनी र राणालाई कमल थापाको ‘बम्पर अफर’

२०७५ जेठ ७ गते १७:१२

पर्सा, ७ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्न आब्हान गरेका छन् । वीरगञ्जको होटेल सुरजमा सोमबार पार्टीको राष्ट्रिय परिषदको बैठक उद्घाटन गर्दै अध्यक्ष थापाले प्रजातान्त्रीक शक्तिहरुबीचको एकता आवश्यक रहेको बताएका हुन् । बैठकमा...

कर्मचारीलाई रवीन्द्र अधिकारीको चेतावनीः राज्यसँग जोरी नखोज्नुस् !

२०७५ जेठ ७ गते १६:५९

काठमाण्डु, ७ जेठ – संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रवीन्द्र अधिकारी तथा सचिव कृष्ण देवकोटाले विमानस्थलाई कर्मचारीहरूलाई सरकारले तोकेको काम गर्न निर्देशन दिएका छन् । आजदेखि विमानस्थल संचालन समय बढेर २१ घण्टा पुर्‍याइएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तथा सचिवले कर्मचारीलाई काम गरेवापत...

शिक्षामन्त्री पोखरेलले भने दुई वर्ष भित्र सबै विद्यालय निर्माण गरिसक्ने

२०७५ जेठ ७ गते १६:५४

काठमाण्डु, ७ जेठ – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताएको छ । आज यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना गरेको कार्यक्रममा दबार हाइस्कूल जस्ता भूकम्पले क्षति पुगेका सबै विद्यालग निर्माण हुन अब धेरै...

‘५ बर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर’

२०७५ जेठ ७ गते १६:५१

काठमाण्डु, ७ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५-०७६ समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने बताएकी छन् । नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिसहितको सन्तुलित विकास गरिने उनले बताइन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले...

‘सबै कारोबार बैंक खाताबाटै’

२०७५ जेठ ७ गते १६:४८

काठमाण्डु, ७ जेठ – सरकारले सबै नेपालीको अनिवार्य बैंक खाता खोल्ने नीति अख्तियार गरेको छ । सोमबार प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने बताइन् । ‘सबै नेपालीलाई वित्तीय पहुँच...

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

२०७५ जेठ ७ गते १६:४४

काठमाणडु, ७ जेठ – सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम...

जनप्रतिनिधिहरु स्थानीय तहमा जिम्मेवार र पारदर्शी हुन आग्रहः मुख्यमन्त्री पौडेल

२०७५ जेठ ७ गते १६:३७

हेटौँडा, ७ जेठ – प्रदेश नं ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा २०७५÷७६ का लागि ३ नं प्रदेशअन्तर्गत रहेका १३ जिल्ला समन्वय समिति र ११९ स्थानीय तहका लागि विकास आयोजनाको छनोट, कर्मचारी दरबन्दीको व्यवस्थापन र बजेटलाई समानुपातिक ढंगबाट विनियोजित गर्ने उद्देश्यले आज हेटौँडामा प्रदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us