राजनीति

बिराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

२०७५ जेठ ८ गते ११:५८

काठमाण्डु, ८ जेठ – भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो ।...

सिन्डीकेटपछि गृहमन्त्रीकाे नजर नारायणगढ-मुग्लिन सडकमा, दिए यस्तो निर्देशन

२०७५ जेठ ८ गते ११:३८

चितवन, ८ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा मंगलबार बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी...

ओलीमाथि खनिए बाबुराम, मूख्यमन्त्रीको रिस यसरी पोखे

२०७५ जेठ ८ गते ११:२२

काठमाण्डु, ८ जेठ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको विदेश भ्रमण रोकेर केन्द्र सरकारले गल्ती गरेको टिप्पणी गरेका छन् । यो परिघटनाले संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेशबीच शंका र दुरी बढाउने बताउँदै डा....

नयाँ पार्टीको स्थायी समिति सदस्यमा १९ जना नेताको नाम टुंगो लाग्यो, को–को अटाए ?(सूचीसहित)

२०७५ जेठ ८ गते ११:०१

काठमाण्डु, ८ जेठ – नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्यका लागि पूर्वमाओवादीबाट १९ जना नेता छनोट भएका छन् । एमालेको कोटाबाट २६ र माओवादीको कोटाबाट १९ गरी ४५ सदस्यीय स्थायी समितिमा पूर्वमाओवादीले आफ्नो कोटामा परेका नेताहरुको टुंगो लगाएको हो । नेपाल कम्युनिष्ट पार्टीले ४४१...

नेकपाले केन्द्रीय सदस्यको नाम आज फाइनल गर्दै

२०७५ जेठ ८ गते ९:५०

काठमाण्डु, ८ जेठ – नेपाल कम्युनिस्ट पार्टीले चार सय ४१ केन्द्रीय कमिटी सदस्यहरुको नामावली आज सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सबै केन्द्रीय सदस्यको नाम टुंगो लगाइसकेको छ । केन्द्रीय कमिटी सदस्यको पूर्णसूची निर्वाचन आयोगमा बुझाइसकेपछि आजै दिउँसो...

बसाइँसराइ रोक्न विजुक्छे तात्तिए, यसरी रोकिँदैछ अव्यवस्थित बसाँइसराइ

२०७५ जेठ ८ गते ९:३९

भक्तपुर, ८ जेठ – नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विजुक्छेले जथाभावी हुने बसाइँ सराइले...

कर्णालीका स्रोत, साधनको उपयोगले सिंगो नेपालको न्यूनतम आवश्यकता परिपूर्ति हुन्छः मन्त्री बस्नेत

२०७५ जेठ ८ गते ८:०३

काठमाण्डु, ८ जेठ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा प्रचारमा ल्याउने गरिएजस्तो खाद्यान्न संकटको भयावह अवस्था नरेहको बताएका छन् । मन्त्री बस्नेतले अथाह प्राकृतिक स्रोत र अन्न भण्डारको खानी कर्णालीबारे भ्रम फैलाइएको उल्लेख गरे । धान उत्पादन कमै हुने भए पनि मकै, कोदो,...

ओलीद्धारा जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

२०७५ जेठ ८ गते ७:४०

काठमाण्डु, ८ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत उनले सो निमन्त्रणा गरेका हुन् । राजदूत ओगावाले सोमबार साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका थिए...

मोदी आउँदा पक्राउ परेका सात जना थुनामुक्त

२०७५ जेठ ७ गते २२:१८

काठमाण्डु, ७ जेठ– सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनुभन्दा अगाडि पक्राउ परेका सात जनालाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा...

निजी आवास पुनःनिर्माण एक वर्षमा सकिने

२०७५ जेठ ७ गते १८:०१

काठमाण्डु, ७ जेठ – सरकारले निजी आवास पुनःनिर्माण एक वर्ष तथा ऐतिहासिक सम्पदा काष्ठमण्डप, रानीपोखरी र धरहराको पुनःनिर्माण तीन वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त निजी...

१० वर्षमा प्रतिब्यक्ति विद्युत खपत १३ गुणा बढाउने

२०७५ जेठ ७ गते १७:५८

काठमाण्डु, ७ जेठ – सरकारले प्रतिब्यक्ति विद्युत् खपतलाई आगामी १० वर्षमा भित्रमा प्रतिब्यक्ति १५ सय युनिट (किलोवाट घन्टा) पुर्‍याउने भएको छ । अहिले प्रतिब्यक्ति खपत १ सय १० युनिट रहेको छ । सरकारी लक्ष्य पुरा भएमा १० वर्षमा १३ गुणा विद्युत खपत बढ्नेछ ।यसअघि...

कमल थापाले गरे राप्रपा(प्रजातान्त्रिक)पार्टीलाई एकताका लागि आह्वान

२०७५ जेठ ७ गते १७:५१

पर्सा, ७ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा(प्रजातान्त्रिक)लाई पार्टी एकीकरणका लागि आह्वान गरेको छ । वीरगञ्जमा आजदेखि शुरु भएको राप्रपाको तीनदिने राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणका लागि आफू बाधक भए पदबाट राजीनामा दिन तयार भएको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us