राजनीति

विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद, आजको बैठकमा कसले के भने ?

२०७५ जेठ २७ गते १४:४४

काठमाण्डु, २७ जेठ – सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उनीहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।...

संघीय फोरम र राजपाले पाए राष्ट्रिय दलको सुविधा

२०७५ जेठ २७ गते १४:३२

काठमाण्डु, २७ जेठ – संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् । राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए...

विद्यार्थी संगठनहरुलाई बाबुरामले भनेः आन्दोलन सुरु गर्नुस्

२०७५ जेठ २७ गते १४:१९

काठमाण्डु, २७ जेठ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धि मौलिक हकलाई लागू गराउन तत्काल कानुन निर्माण गर्न आवश्यक रहेको बताएका छन् । आईतबार काठमाण्डुमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा...

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने

२०७५ जेठ २७ गते १४:०२

चितवन, २७ जेठ – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने बताए । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा यथाशक्य छिटो ऐन बनाइने जानकारी दिंदै उनले भने, ‘अहिले नियमावलीमा उल्लेख...

रामशरणलाई पछारेका हितबहादुरले भनेः हामीलाई ‘रिप’ लेखे !

२०७५ जेठ २७ गते १२:५६

काठमाण्डु, २७ जेठ – नेपाल कम्युनिष्ट पार्टीका सांसदले ठेकेदारले समयमा काम नगरेका कारण आफूहरू असुरक्षित बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद हितबहादुर तामाङले ठेकेदारले समयमा काम नगरेका कारण आफूहरू असुरक्षित बनेको बताएका हुन् । ‘टोखादेखि...

विश्वकपको रौनकः बानेश्वरको पानी ट्याङ्कीलाई सांसदले ‘फुटबल’ भनेपछि…

२०७५ जेठ २७ गते १२:४८

काठमाण्डु, २७ जेठ – केही दिनबाट रुसमा सुरु हुने लागिरहेको विश्वकप फुटबलले विश्वभर नै तताइरहेको छ । नेपालले भने एकदुई पटक छनोट खेल्नुभन्दा विश्वकपमा सहभागिता जनाउन सकेको छैन । नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले नेपाल विश्वकपमा सहभागी हुन कस्तो तयारी गर्दैछ भन्दै त्यसको...

पर्यटनमन्त्रीमाथि आफ्नै सांसदले औला उठाएपछि…

२०७५ जेठ २७ गते १२:२०

काठमाण्डु, २७ जेठ – नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले पर्यटन मन्त्रालयमा विकास विरोधी एजेन्ट घुसेको दाबी गरेका छन् । ‘पोखरामा अन्तर्राष्ट्रिय उडान हुन सक्दैन’ भनेर विज्ञ समूहको रिपोर्ट आएको भन्दै उनले आपत्ति जनाए । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद...

प्रचण्डज्युले गृहमन्त्रीलाई बोलाएर कारबाही नगर्नू भनेको सत्य हो ?

२०७५ जेठ २७ गते १२:१२

काठमाण्डु, २७ जेठ – समयमा काम पूरा नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने अभियान चलाइरहेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब दिएको बारे संसदमा प्रश्न उठेको छ । नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न गरे, ‘शैलुङ कन्स्ट्रक्सनका धनी शारदा अधिकारी, जो नेकपा अध्यक्ष...

सदनबाटै कांग्रेसले माग्यो सभामुख र उपसभामुखमध्य एक जनाको राजीनामा

२०७५ जेठ २७ गते १२:०३

काठमाण्डु, २७ जेठ – प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख वा उससभामुख मध्ये एक पद छाड्न सत्तारुढ दल नेकपासँग माग गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको पालना गर्न नेकपालाई आग्रह गरिन् । एमाले र माओवादी केन्द्रबीच एकता गरेर बनेको नेकपालाई...

प्रचण्डले भनेः प्रदेश २ मा वामपन्थी सरकार बन्दैन !

२०७५ जेठ २७ गते १०:५९

काठमाण्डु, २७ जेठ – नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने बेला नभएको बताएका छन् । आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्न सरकार केन्द्रित हुने बताए ।...

यस्ता छन् संसदबाट पारित हुने नियमावली

२०७५ जेठ २७ गते १०:५०

काठमाण्डु, २७ जेठ – राष्ट्रियसभाको मात्र एकल अधिवेशन आह्वान हुन सक्नेगरि राष्ट्रियसभा नियमावली आज पारित हुँदैछ । संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ । राष्ट्रियसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको अधिवेशन...

सरकारमा जान राजपाले राख्यो यस्तो सर्त

२०७५ जेठ २७ गते १०:४३

विराटनगर, २७ जेठ – राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता नभएसम्म राजपा सरकारमा नजाने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले आफ्नो पार्टीले भनेका केही कुरा प्रष्ट पारेपछि मात्रै सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us