काठमाण्डु, ३१ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाण्डु–तराई/मधेश दु्रतमार्गबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओली जंगी अड्डा पुगेर जानकारी लिएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय...
काठमाण्डु, ३० जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री...
काठमाण्डु, जेठ ३० – नयाँ शक्ति पार्टी स्थापना भएको आज दुई वर्ष पुगेको छ । पूर्वमाओवादी, सरकारी सेवाबाट सेवा निवृत्त कर्मचारी, कलाकार तथा विभिन्न पेशागत संघसंगठनमा आवद्ध रहेका व्यक्तित्वहरुलाई एकतृत गर्दै ०७३ मा डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन भएको थियो । पार्टी...
काठमाण्डु, ३० जेठ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती साँइलाले महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको बताएका छन् । ती निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किराती साइँलाले महान जनयुद्वद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार,...
रुपन्देही, ३० जेठ – प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर...
चितवन, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।dahal जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज...
काठमाण्डु, ३० जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आफू मातहतका कर्मचारीलाई चारबुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयका शाखा अधिकृत रवीन्द्रजंग थापाले कर्मचारीलाई सार्वजनिक सेवा प्रभावकारी बनाउनका लागि चार बुँदे निर्देशन जारी गरिएको बताए । उनका अनुसार...
काठमाण्डु, ३० जेठ – प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७५ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्थापन तथा सहकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि छलफल भइरहेको छ । विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भरतकुमार शाहले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिए पनि...
काठमाण्डु, जेठ ३०– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको लक्ष्य अनुसार नै आर्थिक वृद्धि हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा गभर्नर सरकारको लक्ष्य अनुसार नै आगामी आर्थिक वर्षभित्र आर्थिक वृद्धि हुने बताए । ८ प्रतिशत आर्थिक वृद्धिदर...
भक्तपुर, ३० जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अहिलेको स्थिर सरकारले देशलाई आर्थिक, विकास र सामाजिक रुपमा समृद्ध बनाउँदै न्यायमूलक समाज निर्माण गर्ने बताएकि छिन् । आज गठ्ठाघरस्थित आस्था महिला विद्यालयको दशौँ वार्षिकोत्सवमा उनले संविधानको मर्मलाई पूर्ण रुपमा कार्यान्वयन गर्न...
काठमाण्डु, ३० जेठ – प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिए । सांसद प्रभु...
काठमाण्डु, ३० जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको बुधबार उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र...