काठमाण्डु, १० भदौ – प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये...
काठमाण्डु, १० भदौ – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन् । उनीहरुले श्रम कानूनको कार्यान्वयन, महँगी नियन्त्रण, दोहोरो कर असुलीको अन्त्य र रौतहटको लालबकैया नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका नागरिकको खोजी...
काठमाण्डु, १० भदौ – नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले कञ्चनपुर घटनाका पीडित परिवारलाई राहतदिने सरकारको निर्णय प्रति धन्यवाद व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले कञ्चनपुर घटनाबारे जनताको भावनालाई सम्मान गर्दै आवश्यक व्यक्तिहरुको सरुवा गर्ने कार्य...
काठमाण्डु, १० भदौ – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेका छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटक–पटक पक्राउ गरेकोमा असन्तुष्टि जनाएका छन् । बाबुरामले यसाे...
जनकपुरधाम, १० भदौ – प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यलयमा ताला लगाएका हुन् । प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज...
काठमाण्डु, १० भदौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कार लगायतका जघन्य घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले महिला तथा बालबालिकामाथि हिंसा बढिरहँदा पनि राज्य निरिह भएको भन्दै कडा...
काठमाण्डु, १० भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा अन्तर्गतका समितिका सभापतिको नाम लगभग टुंगो लगाएको छ । राष्ट्रियसभामा रहेका चार समितिको सभापति चयनका लागि १३ गते निर्वाचन हुँदैछ । स्रोतका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ सभापति बन्नेछन् । जनजातिलाई समेट्न र...
काठमाण्डु, १० भदौ – अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि. वेल्स र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार भेटवार्ता भएको छ । भेटावार्ताका क्रममा मन्त्री वेल्सले नेपालमा धेरै संभावनाहरु रहेको बताएका छन् । प्रचण्डको सचिवायलबाट जारी प्रेस नोट अनुसार भेटका...
सुर्खेत, १० भदौ – कर्णाली प्रदेशको मिनी संसद् भनेर चिनिने विभिन्न संसदीय समितिहरू अहिले नेतृत्वविहीन छन् ।समिति गठन भएको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेशका संसदीय समितिहरूले नेतृत्वपाउन सकेका छैनन । कर्णाली प्रदेशसभाको गत चैत २६ गते बसेको दशौँ बैठकले चार वटा संसदीय समिति...
इलाम, १० भर्दोै – संघीय समाजवादी विद्यार्थी फोरम इलामको संयोजकमा राजकुमार लिङ्दम चयन भएका छन् । फोरम नेपालको प्रथम एकताको महाधिवेशनलाई लक्षित गरी लिङदमको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति शनिबार गठन गरिएको हो । समितिका सहसंयोजकमा रोचक लिम्बू र पवित्रा राई तथा...
काठमाण्डु, १० भदौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् । पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरे । मंगलादेवी सिंहको २२ औं स्मृति दिवसको अवसरमा आइतबार बिहान शोभा भगवतीमा...
काठमाण्डु, ९ भदौ– सभामुख कृष्णबहादुर महराले आफूले पढाएका धेरै विद्यार्थी मुलुकको राजनीतिकको शीर्ष स्थानमा पुगेको बताएका छन् । आफूलाई धेरैले ‘महरा सर’ भनेर सम्बोधन गर्ने गरेको उल्लेख गर्दै भने, ‘मैले अध्यापन गराएको वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुनुहुन्छ । पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश...