विराटनगर, २ असोज – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन् । एक प्रश्नका जवाफमा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यकर्मीको सरुवामा केही त्रुटि देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको र यसको...
काठमाण्डु, २ असोज – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । उनले भने,‘संविधानमा त्रुटीहरु छन् । दुनियाँमा त्रुटीरहित संविधान कहीँपनि छैन् । तर, अहिले संविधानप्रति असहमतिका...
काठमाण्डु, २ असोज – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको...
काठमाण्डु, २ असोज – राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘हामीले यसअघिपनि दुई पटक कालो दिवस मनाईसकेका छौं...
लेनडाँडा, २ असोज – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाण्डु–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा उनले नेपाली सेनाको मात्रै...
काठमाण्डु, २ असोज – नेपालको संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकप्रदत्त कानून निर्माण गरिसक्नुपर्ने व्यवस्थाअनुरुप कानून बनेपछि कार्यान्वयनको खुड्किलो पार भएको छ । संविधानले व्यवस्था गरेअनुसार मौलिक हकका कानून निर्माण गर्ने काम पूरा भएको हुँदा कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नागरिकले प्राप्त...
काठमाण्डु, २ असोज – गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन भएका छन् । काठमाण्डु सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।...
काठमाण्डु, २ असोज – नेपाल कम्युनिस्ट पार्टीका नेता एवम प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतीय सेना प्रमुख विपिन रावतको भनाइलाई जवाफ फर्काएका छन् । भारतीय सेना प्रमुख विपिन रावतको नेपाल भारततीय नझुकी सुखै छैन भन्ने अभिव्यक्तिको सांसद भट्टराईले प्रतिवाद गरेका हुन् । सामाजिक सञ्जालमा एक...
बुटवल, २ असोज – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताएका छन् । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीयता,...
काठमाण्डु, २ असोज – संविधान जारी पछिका तीन वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी, नीतिगत र संरचनात्मक परिवर्तनको आधार तय हुन थालेको छ । सङ्घीय संसद्बबाट ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ पारितसँगै शिक्षाको मौलिक हक कार्यान्वयन गर्ने कानूनी आधार तय भएको छ भने...
काठमाण्डु, २ असोज – नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र समुदायका लागि वरदान नै सावित हुनेछ । संविधानको भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक हक र कर्तव्यको व्यवस्था छ...
काठमाण्डु, २ असोज – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...