राजनीति

लेक लागेर काङ्ग्रेस नेताको मृत्यु

२०७५ कार्तिक ७ गते १५:४५

बेँसीशहर, ७ कात्तिक – चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७...

नेपाल बौद्धिक सम्पत्ति संरक्षणप्रति गम्भीरः आपूर्तिमन्त्री यादव

२०७५ कार्तिक ७ गते १५:४१

काठमाण्डु, ७ कात्तिक – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) का महानिर्देशक फ्राङ्सिस गुरीसँग मङ्गलबार अपराह्न जेनेभामा भएको भेटवार्ताका क्रममा उनले...

नेकपा सचिवालय बैठक स्थगित

२०७५ कार्तिक ७ गते १५:३९

काठमाण्डु, ७ कात्तिक – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बैठक बिहीबारका लागि सरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजे बोलाइएको बैठक ३ बजेपछि...

प्रधानमन्त्रीले लगाइदिए दशैंको अन्तिम टिका

२०७५ कार्तिक ७ गते १५:३४

काठमाण्डु, ७ कात्तिक – बडादशैँको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट आज विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसँग टीकाको दिनदेखि हालसम्म पनि निरन्तररुपमा टीका ग्रहण गर्ने विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको छ । बडादशैँको अन्तिम दिन...

फोरमले चलाएका दुवै मन्त्रालयका सचिव ‘आउट’

२०७५ कार्तिक ७ गते १५:२१

काठमाण्डु, ७ कात्तिक – संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालय तानिएका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी र शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएका हुन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राईकै...

नेकपाको चियापानमा ५० हजारलाई निम्तो !

२०७५ कार्तिक ७ गते १४:१९

काठमाण्डु, ७ कात्तिक – नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता...

सत्तारुढ दलमाथि नै आइलाग्यो यस्तो आपत !

२०७५ कार्तिक ७ गते १४:०२

काठमाण्डु, ७ कात्तिक – ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सत्तारुढ दललाई आफूहरुको पार्टीको नाम दिएर पहिचान मेट्न खोजेको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिएको छ । बुधबार निर्वाचन आयोगमा आयोजित छलफलमा कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले आफ्नो निर्णय नसच्याई सत्तारुढ नेकपाको नाम...

साङ्गठनिक संरचना विस्तार गर्दै कर्णाली सरकार

२०७५ कार्तिक ७ गते १३:५९

सुर्खेत, ७ कात्तिक – जनतालाई सहज सेवा–सुविधा पु¥याउन कर्णाली प्रदेश सरकारले संरचना विस्तारमा जोड दिएको छ । सात मन्त्रालय रहेको प्रदेश सरकारले तत्काल बजेट कार्यान्वयन गर्न आफ्ना बेग्लै साङ्गठनिक संरचना निर्माणमा जोड दिएको हो । जिल्लास्तरमा प्रदेशका आफ्नै संरचना नहुँदा गत वर्षको अन्तिम चौमासिक...

संघीयता असफल पार्न पुराना शक्ति लागेः राजेन्द्र श्रेष्ठ

२०७५ कार्तिक ७ गते १२:१२

काठमाण्डु, ७ कात्तिक – संघीय समाजवादी फोरम, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संघीय व्यवस्थालाई असफल पार्न पुराना शक्तिहरु लागिरहेको बताएका छन् । काठमाण्डुमा भएको बुधबार भएको एक भेटघाट कार्यक्रममा नेता श्रेष्ठले सच्चा सघीयता पक्षधरहरु एकताबद्ध हुन नसक्दा प्रतिगामी तत्वहरूले शीर उठाउन लागेको भन्दै त्यसको...

नेकपा सचिवालय बैठक डाकियो, पार्टीको तल्लो तह एकताबारे छलफल हुँदै

२०७५ कार्तिक ७ गते १०:०७

काठमाण्डु, ७ कात्तिक – नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । पार्टीको तल्लो तह एकताबारे छलफल गर्न बैठक बस्ने भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बताइएको छ । बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने...

म ओली सरकार ढाल्न सक्रिय छैन

२०७५ कार्तिक ६ गते २२:०७

दाङ, ६ कात्तिक– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताएका छन् । नेकपा दाङले दशैँका अवसरमा मंगलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट...

सरकार असफल भैसक्यो, गम्भिर जोखिममा छः नेता साउद

२०७५ कार्तिक ६ गते १७:२७

काठमाण्डु, ६ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एन.पी. साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् । उनले भने,‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us