काठमाण्डु, २५ मंसिर – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आन्दोलनका क्रममा बिभिन्न ठाउँबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न तीन विद्यार्थी संगठनहरुले माग गरेका छन् । सत्तारुढ अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मि आचार्य, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ र कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संयुक्त...
मोरङ, २५ मंसिर – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतोले अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताएका हुन् । राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै...
काठमाण्डु, २५ मंसिर – संवैधानिक परिषदको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे बस्ने बैठकमा न्यायपरिषदले पठाएका दुई न्यायाधीशको नामको विषयमा छलफल हुने छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गते अवकाश पाउने भएकाले सोअगावै...
कास्की, २५ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले मंगलबार पत्रकार सम्मेलनमा यसवर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्ने बताए । ‘यो वर्ष नबढेको...
काठमाण्डु, २५ मंसिर – सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कञ्चनपुरकी १३ वर्षीैया बालिका निर्मला पन्तका हत्यारा खोजेर देखाउन पत्रकारहरुलाई चुनौती दिएका छन् । प्रेस काउन्सिल नेपालले गैरीधारामा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले अनुसन्धानका लागि कसैलाई समात्नै नहुने ? भन्दै पत्रकारहरुसँग आक्रोश पाखेका हुन्...
हेटौंडा, २५ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । पार्टीको ३ नं कमिटीद्वारा हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले टुट–फुट र विभाजनबाट पार्टी थप कमजोर बनिरहेका बेला पार्टी थप...
काठमाण्डु, २४ मंसिर– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले सरकारविरुद्ध प्रतिपक्षको भूमिकामा नउत्रन सञ्चारमाध्यमलाई चेतावनी दिएका छन् । बाँस्कोटाले प्रतिपक्ष नभई तथ्य पस्कन सञ्चार माध्यमलाई आग्रह गरे । उनले सरकार आलोचनाबाट नडराउने बताए । ‘सरकार आलोचनाबाट डराउँदैन’, प्रेस काउन्सिल प्रेस काउन्सिल पत्रकारिता वितरण समारोहमा...
काठमाण्डु, २४ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी केही तत्वहरूले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको बताएका छन् । अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयतालाई कमजोर बनाउन गौंडाहरू कुरिबसेकाले त्यस्तालाई मौका दिनु नहुने बताए । ‘सरकारलाई कहाँबाट बदनाम...
काठमाण्डु, २४ मंसिर – सरकारले तोकेको नियम उल्लङ्घन गरी जलविद्युत् आयोजना सञ्चालन तथा शेयर स्वामित्व परिवर्तन गरेको अभियोगमा १३ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई कारवाही गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चालू आर्थिक वर्षको चार महीनामा आठ कम्पनीलाई कारवाही गरेको...
काठमाण्डु, २४ मंसिर – नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने उद्देश्यका लागि दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिमार्फत पहल गर्ने विषयमा छलफल भएको छ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) महासभामा सहभागी हुन मोरक्को पुगेका श्रम, रोजगार तथा...
काठमाण्डु, २४ मंसिर – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको स्थापनापछि विश्वले मानवअधिकार हुनुपर्दछ भन्ने मान्यतालाई स्वीकार गरेको बताएका छन् । कूटनीतिज्ञ डा शम्भुराम सिम्खडाले लेखेको ‘ह्युमन राइटस् ः ह्युमन रङ्स्’ पुस्तकको विमोचन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रसङ्घको स्थापनापछिको लामो इतिहासमा बडापत्रसहित थुप्रै मामिलामा महासन्धी उत्तम...
रुपन्देही, २४ मंसिर – प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना शन्देश दिँदै उनले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा...