राजनीति

संवैधानिक परिषदको बैठक फेरि स्थगित

२०७५ मंसिर २५ गते १७:३८

काठमाण्डु, २५ मंसिर – प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साँझ ५ बजे बोलइएको बैठक आगामी पुस ५ गते बस्नेगरी स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले...

‘टेक अर पे’मा विद्युत खरिद सम्झौता गर्ने उर्जा मन्त्रालयको निर्णय

२०७५ मंसिर २५ गते १७:३४

काठमाण्डु, २५ मंसिर – ऊर्जा प्रवर्द्धकसँग विद्युत खरिद सम्झौता ‘टेक अर पे’मा हुने भएको छ । वैशाख २५ गते ऊर्जा,, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जारी गरेको श्वेतपत्रको आधारमा १० वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो प्राधकरणको बोर्ड बैठकले यो निर्णय गरेको...

जातीय छुवाछूत गरे कांग्रेस सदस्यता चट् !

२०७५ मंसिर २५ गते १७:२५

काठमाण्डु, २५ मंसिर – नेपाली कांग्रेसले जातीय छुवाछूतमा संलग्न रहेको पाइए सदस्यता खारेज गरिदिने भएको छ । यही २८ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि यस्तो राजनीतिक प्रस्ताव तयार पारिएको हो । केन्द्रीय कार्यसमितिबाट सुझावसहित पारित भएको प्रस्तावको निष्कर्ष सुनाउँदै प्रवक्ता विश्वप्रकाश शर्माले...

प्रधानमन्त्री बिरामी भएकै हुन् त ?

२०७५ मंसिर २५ गते १६:५८

काठमाण्डु, २५ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको खबर केही मिडियामा भाइरल भयो ‘प्रधानमन्त्री ओली अस्वस्थ, टिचिङ अस्पताल भर्ना’ । तर यो खबर सुनेका प्रधानमन्त्री सचिवालय सदस्यहरु चकित परे । स्वस्थ मान्छेलाई अस्वस्थ बनाएपछि उनीहरुले वास्तविकता बोल्न बाध्य भए । प्रधानमन्त्रीका प्रेस...

कसले दियो गृहमन्त्री बादललाई चेतावनी ?

२०७५ मंसिर २५ गते १६:४७

काठमाण्डु, २५ मंसिर – नेपाल आदिवासी जनजाति महासंघले जनजातिहरुको सांस्कृतिक चाडपर्वको सार्वजनिक बिदा पुनर्स्थापनाको लागि सरकारसँग माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै महासंघले संविधान संशोधनमार्फत आफ्ना मागहरु सम्बोधन गर्न समेत माग गरेको छ । संविधानमा नेपालको आदिवासी जनजाति आन्दोलनले उठाएका...

कम्युनिष्टहरू राजा महेन्द्रको संरक्षणमा हुर्किएका हुन् ! (कांग्रेसको राजनीतिक प्रतिवेदनसहित)

२०७५ मंसिर २५ गते १६:४०

काठमाण्डु, २५ मंसिर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राजनीतिक प्रतिवेदन सार्वजनिक भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको आरोप लगाएको...

एमबीबीएस पढ्ने विद्यार्थीलाई मुख्यमन्त्री लालबाबुले दिए १० लाखको चेक

२०७५ मंसिर २५ गते १६:१०

धनुषा, २५ मंसिर – आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीलाई रु साढे तीन लाखको दरले चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर...

सरकारमा जाँदैनौँः संयोजक महतो

२०७५ मंसिर २५ गते १५:१६

विराटनगर, २५ मङ्सिर – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट पारे । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब...

अर्थमन्त्री भन्छन्– अर्थतन्त्रमा ज्वरो आयो

२०७५ मंसिर २५ गते १५:०२

काठमाण्डु, २५ मंसिर – अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा ज्वरो आएको बताएका छन् । अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा ज्वरो आएको तर त्यो बच्चाको दात आउँदा आएको ज्वरो भएका कारण असर खासै नगर्ने बताए । सेयर बजारमा विषयमा छलफल गर्न बोलाएको बैठकमा...

कोरम नपुगेपछि अर्थ र कृषि समितिको बैठक स्थगित

२०७५ मंसिर २५ गते १४:४४

काठमाण्डु, २५ मंसिर – संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ । मंगलबार बिहान सिंहदरबारमा बोलाइएको अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको...

जनगणतान्त्रिक इन्जिनियर्स एसोसियसनले किन निर्वाचन बहिष्कार गर्यो ?

२०७५ मंसिर २५ गते १४:२०

काठमाण्डु, २५ मंसिर – जनगणतान्त्रिक इन्जिनियर्स एशोसियस नेपालले इन्जिनियरिङ एशोसियसनको चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । सिण्डिकेट लगाएर चुनाव गर्न खोजिएको भन्दै एशोसियसनले चुनाव बहिष्कार गर्ने निर्णय गरको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनगणतान्त्रिक ईन्जिनियर्स एशोयिसनले ७० प्रतिशत भन्दा बढी...

शेयर बजारमा रामहरि खतिवडा धर्ना बस्न पुगेपछि…

२०७५ मंसिर २५ गते १३:५३

काठमाण्डु, २५ मंसिर – धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् । धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाएका छन् । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उनले लगानीकर्तालाई विश्वासमा लिएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us