पत्रपत्रिकाबाट

कर्मचारीहरुले भने, ‘अख्तियारको भूतबाट मुक्ति चाहियो हजुर’

२०७२ साउन १७ गते ७:३०

धनकुटा, १७ साउन– ‘आफूहरुले सधै अख्तियारको भूतले तड्पिएर सास्ती खेप्नु परेको छ, यसबाट उन्मुक्ति दिनपर्‍यो हजुर ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा एक सरकारी कार्यालयका प्रमुखले आयोगका आयुक्तहरु उपस्थित कार्यक्रममा यस्तो बिन्ती बिसाए । जिल्ला वन कार्यालयका प्रमुख...

शिक्षा क्षेत्र लथालिंग बनाएर शिक्षामन्त्री यादब फेरि पनि विदेश भ्रमणमा

२०७२ साउन १७ गते ७:१७

काठमाण्डु, १७ साउन– मुलुकको शिक्षा क्षेत्रलाई लथालिंग बनाएर वैदेशि भ्रमणमा मात्र रमाउने गरेको आराप खेपिरहेकी शिक्षामन्त्री चित्रलेखा यादव फेरि पनि विदेश भ्रमणमा जाने भएकी छिन् । यसपटक उनले आफ्नो भ्रमण सहज पार्न आइतबार आयोजना गरिनुपर्ने कार्यक्रम शनिबार नै गराइन् । राष्ट्रिय शिक्षा दिवन तथा...

कान्छी श्रीमतीको सुराकीमा युनिटीका नाइके पक्राउ परेको खुलासा

२०७२ साउन १७ गते ७:०४

काठमाण्डु, १७ साउन– नहुनेलाई कागजी विवरणका झुठो आश्वासन र हुनेखानर्ला सेवा सुविधाको नाममा अर्बौ रकम ठगेर फरार रहेका युनिटी ठगी काण्डका नाइके विष्णु क्षेत्री अन्ततः आफ्नै कान्छी श्रमतीको सुराकीमा पक्राउ परेको खुल्न आएको छ । अपराध महाशाखासम्बद्ध विश्वस्त स्रोतका अनुसार नेपाल प्रहरीको मोस्ट वान्टेड...

अमरेशमाथि कारबाही गर्न माग, हिन्दु राष्ट्र खोज्ने खुमबहादुरलाई कांग्रेसले वास्ता गरेन

२०७२ साउन १७ गते ६:४९

काठमाण्डु, १७ साउन – मुलुक विखण्डनको वकालत गरिरहेका नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्न पार्टी संसदीय दल र केन्द्रीय सदस्यहरुबीचबाटै आवाज उठेको छ । कांग्रेस केन्द्रीय सदस्य र संसदीय दलको शुक्रबार बसकेको बैठकमा सदस्यहरुले अमरेशलाई तत्काल पार्टीभित्रबाट कारबाही गर्नुपर्ने माग गरेका हुन् ।...

मध्य भोटेकोसीको ठेकेदारलाई कामै नगरी ८० करोड

२०७२ साउन १६ गते ७:३८

काठमाण्डु, १६ साउन– सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार ग्वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोको आर्थिक संकटका कारण १ सय २ मेघावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना संकटमा परेको छ । ग्वाङसीले आर्थिक संकट देखाउँदै काम गर्न पैसा मागेपछि तथा विद्याुत प्रधाकिरणले सम्झौताअनुािर प पैसा दिन नमिल्ने बताएपछि...

१५ सय भारतीय करार प्राध्यापकलाई गैरकानुनी उपदान

२०७२ साउन १६ गते ७:१८

काठमाण्डु, १६ साउन – अस्थायी तथा करारमा रहेका कर्मचारीलाई पेन्सन तथा उपदान दिन नपाइने कानुनी व्यवस्था कुल्चँदै सरकारले करिब १५ सय भारतीय प्राध्यापकलाई उपदान दिने विवादास्पद निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा करार सेवामा अध्यापन गराउँदै...

राहदानी टेन्डरबारे छानबिन हुँदै

२०७२ साउन १६ गते ७:०६

काठमाण्डु, १६ साउन – व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानीको टेन्डर प्रक्रिया र सर्तबारे छानबिन गर्न उपसमिति गठन गरेको छ । समितिको शुक्रवारको बसेको बैठकले सभासद् श्याम श्रेष्ठको नेतत्वमा ७ सदस्यीय उपसमिति पनि गठन गरेको हो । सन् २०१० बाट फ्रान्सको ओवर्थर...

नेपालका मन्त्रीहरुः नचलाएको गाडीको पनि पेट्रोल र मोविलको पैसा लिन्छन्

२०७२ साउन १६ गते ७:०५

काठमाण्डु, १६ साउन– मन्त्रीको सवारीको रुपमा चिनिने कालो कार सडकमा उतिसारो देखिँदैनन् । थोत्रिसकेका कार सहरबाहिर कुदाउन झन असुविधाजनक हुने भएकोले मन्त्रीहरु जिपमै सवार हुन्छन् । ती कारको इन्धनबाट प्रधानमन्त्री कार्यालयले दिने रकम कुनै पन्त्रीले छाडदैनन् । मन्त्रीलाई कार दिन्छ गृहले । इन्धनबापत प्रधानमन्त्री...

प्रदेश संख्या घटाएर सीमांकन टुंग्याउने प्रयास

२०७२ साउन १६ गते ६:५०

काठमाण्डु, १६ साउन – प्रमुख दलका शीर्ष नेता प्रदेश संख्या घटाएर भएपनि सीमांकन टुंगो लगाउने अधिकतम प्रयासमा जुटेका छन् । बहुसंख्यक जनताका सुझावलाई संविधानको मस्यौदामा समेट्न गृहकार्य तीव्र बनाउँदै शीर्ष नेता सम्मिलित उच्चस्तरीय विशेष समितिले त्यस्तो प्रयास जारी राखेको हो । नेताहरुले संविधानसभा सचिवालय...

आयको राम्रो स्रोत बन्दै क्रिस्चियन धर्म प्रचार

२०७२ साउन १६ गते ६:४९

काठमाण्डु, १६ साउन– दाङका गरिब, दलित वस्तीमा धर्म परिवर्तन अभियानकै रुपमा सञ्चालन गरिएको छ । २०५८ सालमा ६४० मानिस दाङमा क्रिस्चियन थिए । २०६८ सालसम्म आइपुग्दा धर्म परिवर्तन गराउँने अभियानका कारण यो संख्या बढेर ७ हजार ४ सय ३१ पुगेको छ । क्रिस्चियन धर्म...

महायज्ञ गरेर संकलन गरेको १ करोड ३६ लाख गायब

२०७२ साउन १५ गते ७:२३

संखुवासभा, १५ साउन–सदरमुका खाँदबारीमा ७ वर्षअघि आयोजना गरिएको महायज्ञमा संकलन गरिको झन्डै डेढ करोड रुपैयाँको विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । हिमालय उच्च माविमा विज्ञान कक्षा सञ्चालन गर्न २०६५ भदौमा साताव्यापी महायज्ञ लगाइएको थियो । पटक पटक महायज्ञको रकम सार्वजनिक गर्न माग...

अदालतले दुख दियो ? सोझै प्रधानन्यायाधीसलाई भन्नोस्

२०७२ साउन १५ गते ७:२०

काठमाण्डु, १५ साउन – मुद्दामामिला लिएर अदालत पुग्दा कर्मचारीले दुख दिए या कसैले अनुचित दबाब दियो भने अब चिन्ता नलिनोस् । तपाईँका गुनासा सर्वोच्च अदालतको झन्झटिलो प्रक्रिया खेप्दै अन्त्यमा ‘हात्ती आयो फुस्सा’ हुनेछैन् । प्रधानन्याधीश कल्याण श्रेष्ठले अदालतका सेवाग्राहीका गुनासा र उजुरी सुन्ने व्यवस्था आफ्नै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us