पत्रपत्रिकाबाट

यसरी ल्याउन सकिन्छ चीनबाट ग्यास र पेट्रोलियम

२०७२ कार्तिक ८ गते ७:२१

काठमाण्डु, ८ कात्तिक– चीनका विभिन्न राज्यबाट ग्यास आयात गर्न दुई देशबीच सम्झौता आवश्यक भएको छ । ग्यास आयातको सम्भावना खोज्न चीन पुगेका व्यवसायीले सम्झौताका लागि सरकारसँग आग्रह गरिसकेका छन् । चीन सरकारसँग व्यापारिक सम्झौता नहुँदा तत्काल ग्यास ल्याउन सम्भव नभएको उनीहरुको भनाइ छ ।...

भारतको ‘इन्ट्रेस्ट’मा खिलराजलाई राष्ट्रपति बनाउन कांग्रेसमा बहस

२०७२ कार्तिक ८ गते ६:५८

काठमाण्डु, ८ कात्तिक – राष्ट्रपतिको उम्मेदवारका लागि कांग्रेसभित्र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको नाम छलफलमा आएको छ । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले रेग्मीको नाम बहसमा ल्याएका हुन् । ‘सबैको सहमति भयो भने राष्ट्रपतिका लागि म इच्छुक छु भनेर खिलराज रेग्मीले...

ज्ञानेन्द्र शाहले नमान्ने भए दसैं

२०७२ कार्तिक ३ गते ८:०८

काठमाण्डु, ३ कात्तिक–नेपालीको दैनिक जीवनमा आइपरेको असहज परिस्थिति र आवागमनमा उत्पन्न कठिनाइका कारण पूर्वराजाले विजयादशमीमा टीका कार्यक्रम नगर्ने भएका छन् ।उनले गत असार २३ जन्मोत्सवसमेत महाभूकम्पका कारण मनाएका थिएनन् । अन्नपूर्ण पोस्टबाट...

कमल थापाले मोदीसँग किन गरे तीन मिनेट गोप्य मन्त्रणा ?

२०७२ कार्तिक ३ गते ७:५८

काठमाण्डु, ३ असोज– भारतले तीन सातायता नेपालमा लगाएको नाकाबन्दी तत्काल नहट्ने भएको छ । अन्य केही नाकाबाट इन्धन र उपभोग्य समाग्री भित्रन दिन सकारात्मक देखिए पनि नेपालले इन्धन भित्र्याउने मुख्य नाका रक्सौल भने मधेस केन्द्रित दलको आन्दोलनले उत्पन्न असुरक्षाको कारण देखाउँदै तत्काल खोल्न नसकिने...

चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

२०७२ कार्तिक ३ गते ७:४८

काठमाण्डु, ३ असोज– नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जीनपिङसँग भेटवार्ता गरी नेपाल भ्रमणको निम्तो दिएकी छन् । चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा बेइजिङमा आयोजित सिल्क रोडसम्बन्धी एसिएन राजनीतिक दलहरुको विशेष सम्मेलनमा भाल लिन गएकी कोइरालाले पिङलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् ।...

ज्ञानेन्द्र शाह र भारतको कुरा एउटै

२०७२ कार्तिक ३ गते ७:४७

काठमाण्डु, ३ कात्तिक– पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा अधिकतम जनताले अंगीकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधि नसमेटिँदा त्यसले विवाद र भ्रम उत्पन्न गराउनेबारे सबैलाई सचेत गराउँदै संविधानमा आमजनताको अनुमोदन लिन सुझाव लिएका छन् । उनले विजयादशमीका अवसरमा नेपालीका नाममा सोमबार जारी गरेको...

भारतीय नाकाबन्दीले १० खर्ब नोक्सान

२०७२ कार्तिक ३ गते ७:३५

काठमाण्डु, ३ कात्तिक– निजी क्षेत्रले २ महिनादेखिको तराई बन्द र तीन सातादेखिको नाकाबन्दीका कारण मुलुकका अधिकांश उद्योग व्यवसाय ठप्प हुँदा करिब १० खर्ब रुपैयाँबराबरको नोक्सान भइसकेको जनाएको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार यो अवधिमा उद्योग तथा कलकारखाना ठप्प हुँदा...

नेपालले माग्यो चीनसँग इन्धन

२०७२ कार्तिक ३ गते ७:११

काठमाण्डु, ३ कात्तिक–सरकारले मुलुकमा देखिएको इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा अनुरोध गरेको छ । भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो ।...

भारतले पाकिस्तानी प्रधानमन्त्री हत्याको योजना बनाएको खुलासा

२०७२ कार्तिक २ गते ८:३४

इस्लामावाद, २ कात्तिक– भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ (रअ) ले आफ्ना कार्यकर्तालाई पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र जमत्तुड दावाका प्रमुख हफिज मुहम्मद सइिदलाई हत्या गर्न अनुरोध गरेको पाकिस्तानी गुप्तचर एजेन्सीहरूले दाबी गरेका छन् । रअले पाकिस्तानमा रक्तपात मच्चाउन खोजेको दाबी आइतबार पाकिस्तानी...

सत्ता खेलमा लाग्दा पार्टीभित्रै एक्लिए गच्छदार

२०७२ कार्तिक २ गते ७:५५

सप्तरी, २ कात्तिक – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र यादवसहित करिब दुई सयभन्दा बढी पदाधिकारी तथा नेताकार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी आइतबार पार्टी परित्याग गरेका छन् । सदरमुकाम राजविराजस्थित आफ्नै निवासमा आइतबार पत्रकार सम्मेलन गरेर महासचिव यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।...

चीन इन्धन दिन्छु भनेको भन्यै गर्छ, तर नेपाल माग्दैन

२०७२ कार्तिक २ गते ७:२४

काठमाण्डु, २ कात्तिक– दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रूपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएको छ । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग आइतबार भएको...

मधेस मुद्धा सम्बोधनपछि मात्र नाकाबन्दी खुलाउने भारतको अडान

२०७२ कार्तिक २ गते ७:१५

नयाँदिल्ली, २ कात्तिक– भारतले आफ्नो पूर्ववत् अडान दोहो¥याउँदै मधेस मामिलालाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै नेपालभित्रको राजनीतिक समस्या र द्विदेशीय सीमावर्ती तनाव नसुल्झुन्जेल सुरक्षा खतराका कारण सहज ढुवानी नहुने संकेत दिएको छ । भारतद्वारा जारी अघोषित नाकाबन्दीसहितका मामिलामा छलफल गर्न र निकास पहिल्याउन दिल्ली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us