पत्रपत्रिकाबाट

ल्यारक्याल काण्डले एमाओवादीमा तनाव

२०७१ माघ २७ गते ३:१४

काठमाण्डु, २७ माघ–ल्यारक्याल लामालाई सभासद बनाएपछि एमाओवादीभित्र विवाद चर्किएको छ । संविधानसभामा रिक्त रहेको स्थानमा विवादास्पद लामालाई सभासद बनाएपछि पार्टीभित्र विवाद चर्किएको हो । लामालाई सभासद बनाएपछि पार्टीभित्र नेतृत्वको तीव्र आलोचना भएको छ । संविधानसभाको निर्वाचनका क्रममा समानुपातिकको सूची बुझाउन केही दिन मात्र बाँकी...

विप्लवले बनाउने भए जनसेना

२०७१ माघ २७ गते २:५४

काठमाण्डु, २७ माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पार्टीका प्रत्येक सदस्यलाई सैन्य तालिम दिने निर्णय गरेको छ । उसले ‘जनसेना’ का रुपमा विकास गर्न सैन्य तालिम दिने निर्णय गरेको हो । केही दिनअघि राजधानीमा बसेको केन्द्रीय समिति बैठकले ‘सबै सेना पार्टी र सबै...

स्विट्जरल्याण्डमा ५ अर्ब कालो धन लुकाउने ८ नेपालीको खोजी

२०७१ माघ २७ गते २:४७

काठमाण्डु, २७ माघ– स्विट्जरल्याण्डको एचएसबीसी बैंकमा अवैध सम्पत्ति राखेका आठ नेपालीबारे सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले अध्ययन गर्ने भएको छ । विभागका महानिर्देशक केवल भण्डारीले यसरबारे अध्ययन गर्ने जानकारी दिँदै देशभित्र वा बाहिर जहाँ लुकाएको भए पनि अवैध कालोधनको छानबिन तथा अनुसन्धान सम्पत्ति शुद्धीकरण...

मानसिक सन्तुलन बिग्रिएकी नेपाली युवतीको भारतमा बलात्कारपछि हत्या

२०७१ माघ २७ गते २:३४

काठमाण्डु, २७ माघ– उपचार गर्न भारतको हरियाणा गएकी बर्दिया राजापुरकी एक युवतीको बलात्कारपछि बीभत्स हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सात भारतीय र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । हराएको चार दिनपछि २ माघमा नयाँ दिल्लीनजिक रोहतकबाट करिब आठ किलोमिटर पर...

विपरित लाइनमा प्रचण्ड–बाबुराम

२०७१ माघ २७ गते २:०२

काठमाण्डु, २७ माघ- नयाँ संविधानका विवादित अन्तरवस्तुमा सहमतिको बिन्दु ,वार्ता र आन्दोलनबारे एकीकृत माओवादीका दुई नेतामै फरक मत देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई संविधान निर्माण र संवाद प्रक्रियाबारे अलग अलग दिशामा लागेको उनीहरुको अभिव्यक्तिले देखाइरहेका छन् । प्रचण्ड...

श्रीमान् हाजिर गरिदिने, श्रीमती तलब बुझ्ने

२०७१ माघ २७ गते १:५८

काभ्रे, २७ माघ- डाँडापारिस्थित गोकुले गाविसमा रहेको स्वास्थ्य चौकीका इन्चार्जले श्रीमतीको नाममा किर्ते हाजिरी गरी तलब बुझ्दै आएको पाइएको छ । स्वास्थ्य चौकीका इन्चार्ज कृष्णहरि श्रेष्ठकी श्रीमती ललिता सोही कार्यालयमा अनमी छिन् । एक वर्षदेखि श्रीमतीको हाजिरी श्रेष्ठ आफैंले गरेर तलब बुझ्दै आएको स्वास्थ्य...

अबदेखि कतार र कुवेतमा पनि ईपीएस प्रणाली

२०७१ माघ २७ गते १:५५

काठमाण्डु, २७ माघ- वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि आफ्नै मुलुकका म्यानपावर दलालहरुले गर्दै आएको गर्दै आएको ठगी नियन्त्रणका लागि सरकारले प्रभावकारी नीति ल्याउन लागेको छ । हाल दक्षिण कोरियाबाहेक अन्य मुलुकमा दलालमार्फत कामदार पठाउने शिलशिला जारी छ । दक्षिण कोरियामा भने इपीएस परीक्षा प्रणालीमार्फत...

विप्लवले तत्काल हतियार नउठाउने

२०७१ माघ २६ गते २:५०

काठमाण्डु, २६ माघ– सत्ता साझेदारीको माग गर्दै आएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तत्काल हतियार नउठाउने भएको छ । दलालहरुमाथि निशाना लगाउने निर्णय गरेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सरकारी रवैयामा हतियार उठाउने वा नउठाउने निर्भर हुने प्रष्ट पारेको छ ।‘कृषि ,शिक्षा, स्वास्थ्यसहित...

‘अन्य’ भनेर नागरिकता पाए तेस्रलिंगीले

२०७१ माघ २६ गते २:११

नेपालगंज,२६ माघ–  धधवार १ का प्रकाश थारु बर्दियाका प्रशासकीय अधिकृत डिल्लीराम आचार्यको कार्यकक्षमा थिए । उनले दुवैहातका बूढीऔँलाले पुरानो ढड्डामा पालैपालो ल्याप्चे लगाए । आचार्यले एकपटक उनको अनुहार हेरेर नेपाली नागरिकताको परिचयपत्रमा हस्ताक्षर गरिदिए । लिंगमा लेखिएको थियो ‘अन्य’ । ‘अन्य’ भनेर प्रकाशले ४०...

प्रमविरुद्ध राष्ट्रपतिसँग गुहार

२०७१ माघ २६ गते १:४८

काठमाण्डु,२६ माघ– मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी दललाई वार्ताका लागि गरेको प्रस्ताव सहज वातावरण बनाउन अपर्याप्त भएको टिप्पणी गरेका छन् । मोर्चाका नेताहरुले राष्ट्रपति डा. रामवरण यादवलाई प्रधानमन्त्रीको वक्तव्यले विपक्षीको माग सम्बोधन गर्न नसकेकाले सार्थक वार्ताको वातावरण बनाउन पहल गर्न पनि आग्रह...

जबर्जस्ती करणीको अनुसन्धान नगर्ने प्रहरी कारबाहीमा

२०७१ माघ २६ गते १:३१

  रौतहट, माघ २६– प्रहरीमा कारवाही हुन्छ तर जिम्मेवारी स्थानमै कायम राखिने प्रचलनले सेवा प्रभावहिन हुने गरेको पाइएको छ । जिम्मेवारी बहान गर्न नसकेको आरोपमा सेवामा कार्यरत प्रहरीलाई कारबाही हुन्छ तर उनीहरुको राम्रै स्थानमा सरुवा हुन्छ । यस्तै भएको छ रौतहटका २ घटनालाई लिएर...

सुन तस्करीमा संलग्न व्यवसायी पक्राउ

२०७१ माघ २६ गते १:१३

काठमाण्डु, माघ २६ – चीनबाट हुने सुनको तस्करीमा राजधानीका स्थापित व्यवसायी नै संलग्न भएको खुलासा भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले अवैध सुनको कारोबारमा संलग्न भएको आरोपमा ४ जना व्यवसायीलाई पक्राउ गरेको छ । राजधानीको न्युरोडस्थित बालाजी एन्ड सन्स पसल, युनाइटेड गोल्ड मार्ट,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us