अर्थ

सवारी नियम उल्लंघन गर्नेबाट ६ लाख संकलन

२०७१ चैत १७ गते ९:१६

डडेल्धुरा,जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको नौ महिनामा ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।   ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म ६ लाख १४ हजार ७५० राजस्व सङ्कलन गरेको हो ।   अहिलेसम्म नियम उल्लङ्घन गर्ने...

मुस्ताङमा ३ करोड पर्यटन रोयल्टी

२०७१ चैत १७ गते ८:५३

मुस्ताङ,१७ चैत- पर्यटकीय जिल्ला मुस्ताङले चालु आर्थिक वर्षमा करिब तीन करोड पर्यटन रोयल्टी पाएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जिल्ला र क्षेत्रमा भित्रिएको पर्यटक सङ्ख्याका आधारमा दुई करोड ९७ लाख पर्यटन रोयल्टी पाएको हो । जिल्ला विकास समिति मुस्ताङका कार्यक्रम...

मनकामना ग्यास कम्पनीलाई सिलिन्डर बिक्रीमा रोक

२०७१ चैत १७ गते ८:४५

बाँके,१७ चैत-नेपालगन्जमा कम तौल भएका मनकामना ग्यास कम्पनीका दुई सिलिन्डर बिक्रीमा रोक लगाइएको छ ।   गुणस्तर तथा नापतौल कार्यालयको आयोजनामा संयुक्त जिल्ला अनुगमन समितिको टोलीले मंगलबार ग्याससप्लायर्समा गरेको अनुगमनका क्रममा मनकामना ग्यास कम्पनीबाट बिक्रीका लागि राखिएको ग्यासमा १५० ग्रामभन्दा कम तौलको बेच्ने गरेको...

वैशाख १ देखि प्लास्टिक झोला प्रतिबन्ध गर्दैनौः प्लास्टिक उद्योगी

२०७१ चैत १६ गते ११:२७

काठमाण्डु, १६ चैत– आगामी वैशाख १ गतेदेखि प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाउने सरकारी निर्णयलाई प्लास्टिक उद्योगीहरूले चुनौती दिएका छन् । उनीहरूले कुनै पनि हालतमा सरकारी निर्णय नमान्ने चेतावनी सोमबार सिंहदरबार मै दिए । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले सिंहदरबारमा गरेको कार्यक्रममा प्लास्टिक वस्तु उत्पादक संघका...

घर सापटी ऋणको सुविधा विस्तार गरिने

२०७१ चैत १६ गते ८:५९

धनगढी, १६ चैत– कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले सञ्चयकर्तालाई उपलब्ध गराउँदै आएको घर सापटी ऋणको सुविधा थप क्षेत्रमा विस्तार गर्न लागेको छ । कार्यालयद्वारा कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगर, झलारी—पिपलाडी, बेलौरी र त्रिभुवनवस्ती नगरपालिका, कैलालीको लम्की–चुहा र टीकापुर नगरपालिका क्षेत्रमा घर सापटी ऋण सुविधा...

स्यालो ट्युबेलबाट २३ हजार हेक्टरमा सिचाइँ सुविधा

२०७१ चैत १६ गते ८:४८

धनगढी, १६ चैत– पश्चिम तराईका कैलाली र कञ्चनपुरमा स्यालो ट्युबेलबाट २३ हजार १४० हेक्टर जमिनमा सिचाइँ सुविधा पुगेको छ । कैलालीमा १२ हजार ७२ र कञ्चनपुरमा ११ हजार ६८ हेक्टर जमिनमा सिचाइँ सुविधा पुगेको हो । भूमिगत जलस्रोत विकास समितिको कार्यालयका अनुसार कैलालीमा तीन...

राष्ट्रिय सहकारी बैंकद्वारा २ करोड बढी कर्जा प्रवाह

२०७१ चैत १५ गते १०:५२

इलाम,१५ चैत-राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय इलामले गत चौध महिनामा दुई करोड ४२ लाख कर्जा प्रवाह गरेको छ । चौध महिनाअघि इलाममा स्थापना भएको शाखाले जिल्लाका २४ वटा सहकारीलाई उक्त कर्जा प्रवाह गरेको हो । लगानी कर्जामध्ये हालसम्मकै सबैभन्दा बढी कन्याम चिया उत्पादक सहकारी...

छिमेकी देशका बजारमा जाने वस्तुको निकासी घट्दै

२०७१ चैत १५ गते ९:१८

विराटनगर,१५ चैत- ठोस नीतिको अभाव र समयमै समस्याको समाधान हुन नसक्दा भारत र चीनसँग वस्तुको निकासी घट्ने क्रममा रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा विराटनगरमा आयोजित निकासी व्यापारमा संलग्न संस्थासँगको अन्तक्र्रियामा सहभागीले वाणिज्य र औद्योगिक नीतिलाई व्यापारिक नीतिमा परिवर्तन गर्नुपर्ने,भारतसँग वाणिज्यसम्बन्धी...

दैनिक ४ सय घरी भारतीय केरा भित्रिदै

२०७१ चैत १५ गते ७:३३

चितवन,१५ चैत- केरामा आत्मनिर्भर रहेको भनिएको चितवनमा भारतीय केरा भित्रिन छाडेको छैन । केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष यज्ञ सुवेदीका अनुसार अनुगमनका क्रममा दैनिक ४ सय घरीको हाराहारीमा भारतीय केरा चितवन भित्रिने गरेको पाइएको बताए । पातसहित आउने केराका कारण भारतबाट रोगसमेत भित्रिन सक्ने...

दुध उत्पादन बढाउन गाई फर्मलाई नमुनाको रुपमा विकास गर्नुपर्छः पौडेल

२०७१ चैत १४ गते १२:३४

बनेपा,१४ चैत- मुख्यसचिव लीलामणि पौडेलले पशु सेवा र कृषिका कार्यक्रम छरिएकाले लक्ष्यित समुदाय त्यसबाट लाभान्वित हुन नसकेको बताएका छन् । काभ्रेपलाञ्चोकको पात्लेखेत गाविस–८ स्थित गौतम श्री अर्गानिक एन्ड काउ फार्मको शनिबार शुभारम्भ गर्दै उनले दूधको उत्पादन कसरी बढाउने भन्ने चुनौतीपूर्ण कार्य भएको धारणा राखे...

नक्कली सुन देखाई ठग्ने श्रीमान श्रीमती पक्राउ

२०७१ चैत १४ गते १२:०६

काठमाण्डु, १४ चैत– नक्कली सुन देखाई १५ लाख रुपैयाँ ठगी गर्ने ललितपुर लामाटार गाविस–६ का ५८ वर्षीय रामबहादुर थापा भुजेल र उनकी श्रीमती ३५ वर्षीया धनमाया वास्तोला भुजेललाई महानगरीय अपराध महाशाखाले ललितपुर लगनखेलबाट पक्राउ गरेको छ । पोखराबाट काठमाण्डु आउँदा एउटै बसको यात्रा गर्ने...

ग्रामीण क्षेत्रमा प्रभावकारी हुँदै लघुजलविद्युत

२०७१ चैत १४ गते ११:१९

काठमाण्डु,१४ चैत- ग्रामीण क्षेत्रमा निर्माण भएका लघुजलविद्युत् परियोजनाहरुबाट उत्पादित विद्युत्लाई बत्ती बाल्न मात्र नभई अन्य परिप्रयोगमा ल्याउन सहयोग गर्ने उद्देश्यले सञ्चालित दिगो ग्रामीण जीविकोपार्जनका लागि ऊर्जा’ परियोजना निकै प्रभावकारी देखिएको छ । विगत दुई वर्षदेखि प्राक्टिकल एक्सन दक्षिण एसिया क्षेत्रीय कार्यालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us