बाँके,८ फागुन– बाँके जिल्लामा यस वर्ष पशुपालनअन्तर्गत गाई र बङ्गुर फार्मका लागि साढे २७ लाख रकम अख्तियार गरिएको छ । स्वरोजगार कार्यक्रमअन्तर्गत गत वर्ष बाँकेमा पशु फार्मका लागि कुनै रकम नआएपछि यस वर्ष गाई र बङ्गुर फार्मका लागि रकम अख्तियार गरिएको हो । जिल्ला...
काठमाण्डु,८ फागुन– विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडिए)ले ‘ग्रिड सोलार’ तथा ऊर्जा सक्षमता परियोजना कार्यान्वयन गर्न १२ अर्ब ९२ करोड ५९ लाख उपलब्ध गराउने भएको छ । सन् २०१५ भित्रै २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरी काठमाडौँ उपत्यकामा आपूर्ति गरिने उक्त परियोजना नेपाल...
चितवन,७ फागुन– पूर्वी चितवनको शक्तिखोरस्थित चुनढुङ्गा खानीबाट आएको आम्दानीको केही रकम स्थानीय विकास तथा खानेपानी र सिँचाइमा खर्चिने भएको छ । उत्खनन गरी बेचिएको चुनढुङ्गा प्रतिटन ४० रुपैयाँ गाविसलाई रोयल्टीमार्फत दिने सहमति भएको शक्तिखोर गाविसले जनाएको हो । उक्त रकमको २५ प्रतिशत स्थानीय गाउँलेको...
एजेन्सी– अमेरिकी डलरको भाउ डेढ महिनायताकै महंगो भएको छ । बिहीबार प्रतिडलर ९९ रुपैयाँ ४५ पैसामा किनेर सय रुपैयाँ ५ पैसामा बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ । यो गत पुस २५ गते यताकै महंगो हो । पुस २५ गते राष्ट्र बैंकले एक डरल...
इलाम, ७ फागुन– जिल्ला विकास समिति इलामले गजुरमुखी–९ का अतिविपन्न महिलालाई बाख्रा र बङ्गुरपालनका लागि पाँच लाख अनुदान उपलब्ध गराएको छ । जिविसले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममार्फत विपन्न महिलालाई आयआर्जन गरी जीवनस्तर उकास्न सहयोग पुगोस् भन्ने उद्देश्यले अनुदान उपलब्ध गराएको हो ।...
महोत्तरी, ६ फागुन– महाशिवरात्रि पर्वको अवसरमा महोत्तरीमा मङ्गलबार दुई लाखभन्दा बढीको भन्टा बिक्रीभएको छ । शिवरात्रिमा भगवान शिवलाई भन्टा चढाए शरिरमा रहेका दाग र घाउ ठिक हुने मान्यता रहेको छ । यही कारणले शिवरात्रिका दिन भन्टाको बढी बिक्रीहुने गरेको हो । भार चढाउने चलनकै...
भक्तपुर, ५ फागुन– उद्योगमन्त्री महेश बस्नेतले मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा सोमबार भएको आगलागीको आज बिहान अवलोकन गरी क्षतिबारे जानकारी लिएका छन् । सो अवसरमा मन्त्री बस्नेतलाई उद्योगका सञ्चालक बलराम उप्रेतीले विद्युत् सर्ट भएर आगलागी भएको र आगलागीबाट रु...
काठमाण्डु,४ फागुन- नेपाल राष्ट्र बैंकले चालु आवको छ महिनाको मौद्रिक नीतिको कार्यान्वयन र आर्थिक चुनौतीलाई ध्यानमा राखी बाँकी अवधिको कार्यदिशालाई थप प्रभावकारी बनाउने भएको छ । बैंकद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा गत साउनमा जारी गरिएको मौद्रिक नीतिले तय गरेको आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन कठिन...
चरिकोट,४ फागुन- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थानीयले पाउनुपर्ने १० प्रतिशत सेयर सम्बन्धि विवाद सोमबारबाट सुल्झिएको छ । दोलखालीले पाउने ७० कित्ताका दरले समान रुपमा आवेदन गर्ने व्यवस्था गर्न जिल्लाको हकमा चैत १ गतेदेखि सेयर सङ्कलन सुरु गर्ने सहमती भएको छ । सहमती अनुसार प्रत्येक...
पर्वत,४ फागुन- जिल्लाको पातिचौर बजारमा सशस्त्र द्धन्द्धका क्रममा बन्द भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापना भएको छ । सशस्त्र द्धन्द्धका क्रममा बिरेठाँटीबाट विस्थापित भएको शाखा पातिचौरमा आइतबारदेखि पुनःस्थापित भएको हो । शाखाको सभासदय अर्जुनप्रसाद जोशी र कल्पना चापागाईंले संयुक्त रुपमा उद्घाटन गरे । बैंकका...
गुल्मी,४ फागुन- नेपाल रेडक्रस सोसाइटी वामी उपशाखालाई करिब २५ लाख बराबरको जग्गा सहयोग प्राप्त भएको छ । उपशाखाको कार्यालय भवन स्थापनाका लागि वामी–३ परुवा निवासी भक्तिराम काफ्लेका छोरा टीकाराम काफ्लेले वामी–३ टारी फाँटमा रहेको झन्डै २५ लाख बराबरको जग्गा प्रदान गरेको उपशाखाका सभापति डिलाराम...
इनरुवा,४ फागुन- भारतीय बजारबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइरहेका दुई लाख मूल्य बराबरका कुखुराको चल्ला सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामनगर भुटाहाले सोमबार नष्ट गरेको छ । भारतको फुलकाहनाका हुँदै यात्रुवाहक बसमा सुनसरी सदरमुकाम इनरुवातर्फ ल्याइरहेको अवस्थामा दुई लाख बराबरको कुखुराको चल्ला...