काठमाण्डु, १५ फागुन– नेपाल वायुसेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ ले शुक्रबारदेखि भारतको राजधानी नयाँदिल्लीमा पहिलो व्यावसायिक उडान सुरु गरेको छ । भारतीय आकाशमा उडानका लागि अनुमति नपाएकाले यसअघि गत मङ्गलबार उडान स्थगित भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको जहाजले बिहान ८ः३० बजे दिल्लीका...
धनुषा, १४ फागुन– जनकपुर उपमहानगरपालिका–५ स्थित पायल ज्वेलर्समा अवैधरुपमा भारतीय रुपैयाँको सटही गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा झोझिकटैया–१ बस्ने १९ वर्षीय नुरुद्दीन अंसारी, भारत घर भई हाल धनुषा धनौजी–१ डेरा गरी बस्ने २९ वर्षीय अलाउदीन राईन...
काठमाण्डु,१४ फागुन– राष्ट्रिय बीमा संस्थानले वैदेशिक रोजगार बिमाबाट वार्षिक ३० करोडको कारोबार गर्ने लक्ष्य राखेको छ । सो सम्बन्धमा बुधवार संस्थानको केन्द्रीय कार्यालयमा संस्थान र पुनर्बिमक स्कोर ग्लोबल लाइफ से, सिङ्गापुरबीच सम्झौता भएको हो । विगत केही समयदेखि विविध कारणबस स्थगित गरेको वैदेशिक रोजगार...
काठमाण्डु,१४ फागुन– अर्थमन्त्री रामशरण महतले वित्तीय स्थायित्वका लागि सहकारी चुनौति बन्दै गएकाले यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको संयोजनमा बिहिबारदेखि सुरु भएको दुईदिने दोस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । आर्थिक तथा वित्तिय...
महोत्तरी,१४ फागुन– जिल्ला विकास समिति महोत्तरीले आर्थिक वर्ष २०७२र७३ का लागि तीन अर्ब २९ करोड ७३ लाख ७५ हजार २ सय बराबरको बजेट सार्वजनिक गरेको छ । अठारौँ जिल्ला परिषद्ले पारित गरेको बजेट बुधबार स्थानीय विकास अधिकारी रामुराज कडरियाले सार्वजनिक गरेका हुन । चालु...
काठमाण्डु, १३ फागुन– काठमाण्डु महानगरपालिका–१४ डेरा गरी बस्ने तँनहु दमौली–८ घर भएकी ३२ वर्षीया रुपनकुमारी श्रेष्ठको सुनको गहना चोरी भएको छ । कोठामा कोही नभएको अवस्थामा ताल्चा फोडी करीव ७५ हजार रुपैयाँ बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ । चोरहरुको खोजी गर्नुको साथै...
मुगु,१३ फागुन– मुगु जिल्लामा गएको कात्तिकमा परेको असिना पानीले बालीमा पु¥याएको क्षतिको पाँच महिनापछि पीडित किसानलाई सरकारले तीन करोड बढी राहत उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीकाअनुसार असिना पीडित परिवारलाई तीन करोड ५२ लाख ४७ हजार राहत सहयोग आएको छ ।...
काठमाण्डु, १३ फागुन– आर्थिक वर्ष २०७१–७२ को बजेटको मध्यावधी समिक्षा गर्दै अर्थविद्धहरुले सरकारले समयमै बजेट ल्याए पनि बजेट कार्यान्वयनको सवालमा असफल भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनीहरुले तुलनात्मक रुपमा अघिल्लो बजेट भन्दा यसवर्षको बजेटका सचाङकहरु नकारात्मक रहेको...
सर्लाही,१३ फागुन– जिल्ला कृषि विकास कार्यालय सर्लाहीले सुख्खा राहत कार्यक्रम अन्तर्गत सर्लाहीका किसानलाई तीन करोड ४७ लाख खर्च गर्ने भएको छ । सुख्खाका कारण बालीनाली उत्पादनमा समस्या परेकाले उक्त कार्यक्रम अन्तर्गत साना सिँचाइ विशेष कार्यक्रममार्फत बोरिङ,स्यालो ट्युबेल,पम्पसेट,समर्सीयल मोटरलगायत वितरण गरिने कृषि विकास कार्यालयका प्रमुख...
झापा,१३ फागुन– झापाको विर्तामोड नगरपालिकामा निर्माणाधीन बहुप्रतिक्षित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर फागुन १८ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । विसं २०६८ माघ २४ गते नेपाल सरकारसँग इजाजत लिएर २०६९ माघ १ गतेदेखि अस्पतालको निर्माणकार्य सुरु गरिएको...
काठमाण्डु, १३ फागुन– साउदी फन्डले बाँके जिल्लाको दुन्दुवा सिँचाइ आयोजनाका लागि दुई अर्ब ४१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त सहयोग सम्झौतामा मंगलबार अर्थसचिव सुमनप्रसाद शर्मा र साउदी फन्डका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक युसुफ अल बसामले हस्ताक्षर गरेका छन्। उक्त सम्झौताका लागि...
रुपन्देही, १२ फागुन– जिल्लाका आधादर्जन सहकारी संस्थाले सर्वसाधारणको रु तीन करोड बढी रकम हिनामिना गरेका छन् । रुपन्देहीको भैरहवा तथा बुटवलका आधादर्जन सहकारी संस्थाहरु यहाँका सर्वसाधारणको बचत, सेयर रकम र जगेडा कोषवापतको तीन करोड बढी रकम लिएर फरार भएका हुन् । १२ वर्षअघि सर्वसाधारणको...