इलाम,१४ चैत- माइभ्याली हाइड्रोपावर प्रालिद्वारा इलामको मावु र माइमझुवा गाविसमा निर्माणाधीन अपर माई हाइड्रोको काम अन्तिम चरणमा पुगेको छ । लक्ष्यअनुरुप चैत मसान्तसम्म काम सक्न मुस्किल देखिएपनि विद्युत् उत्पादनका लागि धेरै समय कुर्नु नपर्ने आयोजनाले जनाएको छ । ९ दशमलब ८ मेगावाट क्षमताको यो...
काठमाण्डु,१३ चैत- संविधानसभारव्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले उद्योग मन्त्रालयमातहतका विभाग एवम् कार्यालयलाई सरल एवम् सहज ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएको छ । समितिका सभापति भीष्मराज आङदेम्बेको सभापतित्वमा शुक्रबार भएको बैठकले मन्त्रालयअन्तर्गतका विभागलाई अभिलेख प्रणाली व्यवस्थित बनाउन,कार्यप्रणालीमा सुधार ल्याउन,आफू सम्बद्ध...
कपिलवस्तु,१३ चैत- पछिल्लो समय कपिलवस्तुमा साना उद्योगको दर्ता र सञ्चालन कार्यमा उत्साहजनक रुपले वृद्धि हुँदै आएको छ । यो वर्ष जिल्लामा घरेलु तथा साना उद्योग खुल्ने क्रम ह्वात्तै बढेको छ । आर्थिक वर्षको साउन महिनादेखि यो वर्षको फागुन महिनासम्ममा २८२ वटा घरेलु तथा...
पोखरा,१३ चैत- पोखराको औद्योगिक क्षेत्रमा कालीगण्डकी ग्यास उद्योग स्थापना गरिएको छ । उद्योग स्थापनामा करिब ६ करोड खर्च भएको छ । सो उद्योगले अक्सिजन,नाइट्रोजन र लिक्युट नाइट्रोजन ग्यास उत्पादन गरिरहेको छ । उद्योगले तीन महिनाअघिदेखि परीक्षण उत्पादन गरिरहेको थियो । उद्योग स्थापनापछि...
हुम्ला,१३ चैत- जिविस हुम्लाले आव ०७२/७३ देखि ०७६/०७७ सालसम्मको आवधिक योजना ल्याउने भएको छ । सोअनुसार प्राथमिकतामा सडक,पर्यटन,विद्युत्,कृषि,सिँचाइ,खानेपानी र पशुपालनलाई समेटिने छ । जिल्लाका गरिब र निमुखालाई शिक्षा,दीक्षा,स्वास्थ्य क्षेत्रमा अगाडि बढाउनमा सम्पूर्ण राजनीतिक दल समेतले सहमति गरेका छन् ।...
विराटनगर,१२ चैत- खाना पकाउने ग्यासको तौलमा ठगी गर्ने रिजाल ग्यास उद्योगमाथि कारबाही गरी बिहिबार एक लाख ७० हजार जरिवाना गरिएको छ । मोरङको हात्तिमुडामा सञ्चालित रिजाल ग्यास उद्योगले राष्ट्रव्यापी खाना पकाउने ग्यासको अभाव भइरहेको बेला प्रति सिलिन्डर ४ सय ग्रामसम्म ग्यास कम भरी...
काठमाण्डु,१२ चैत- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उद्यमशीलताको विकासका साथै सरकारलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ‘इन्डिपेन्डेन्ट बिजनेस न्युज’ नामक संस्थाले उनको सम्मानमा बिहिबार आयोजना गरेको एक कार्यक्रममा उनले निजी क्षेत्र अर्थतन्त्रको संवाहक भएकाले आर्थिक...
भक्तपुर,१२ चैत- उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा भक्तपुरमा पहिलोपटक बृहत् औद्योगिक तथा व्यापार मेला आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनामा सो मेला आयोजना हुन लागेको हो । भक्तपुरको सल्लाघारीस्थित नेपाल...
काठमाण्डु,१२ चैत- चालु आर्थिक वर्ष सकिन साढे तीन महिना बाँकी रहँदा २० प्रतिशत मात्र विकास खर्च भएको छ । चालु आवको पछिल्लो अवधिसम्ममा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । पुँजीगत खर्च सबै विकास खर्च होइन । पुँजीगत खर्च भित्रबाट विकास खर्च अत्यन्त...
जनकपुरधाम,१२ चैत- यस वर्ष आँपको बोटमा राम्ररी मञ्जरी ९फूल०लागेकाले धनुषा जिल्लामा चालु आर्थिक वर्षमा करिब एक अर्ब ३५ करोड ३० लाख मूल्यबराबरको आँप फल्ने कृषि विज्ञहरुले अनुमान गरेका छन् । जिल्ला कृषि विकास कार्यालय धनुषाका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष किसानले दुई हजार...
पोखरा, ११ चैत– अर्थमन्त्री रामशरण महतले कृषिमा रोजगारीका अवसर वृद्धि गरिने बताएका छन् । स्वदेशमै युवालाई काम दिन आगामी वर्षको बजेटमा कृषि उत्पादनका कार्यक्रममा ११ अर्ब भन्दा बढीको बजेट व्यवस्था गरिने उनले बताए । कास्कीको सल्यान गाविसमा सञ्चालित साना किसान कृषि सहकारी संस्थाको हस्तान्तरण...
महोत्तरी, ११ चैत– नेपालबाट भारततर्फ सुपारी तस्करी गर्न लागेको अवस्थामा सशस्त्र प्रहरीले बुधबार बिहान महोत्तरीको मटिहानीबाट तीन क्विन्टल सुपारीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको तुल्सियाही जब्दी गाविस– ६ बस्ने ३० वर्षीय जयनेपाल यादव, २५ वर्षीय रञ्जीत यादव र ३५...