अर्थ

नयाँ गभर्नरले भने,‘राष्ट्रलाई सर्वोपरी मानेर आर्थिक विकासमा केन्द्रीत हुनेछु’

२०७१ चैत ८ गते १३:२७

काठमाण्डु,८ चैत- नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले सुशासनसहितको वित्तीय स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै राष्ट्रलाई सर्वोपरी मानेर देशको आर्थिक उन्नयनका निम्ति आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । केन्द्रीय बैङ्कमा आइतबार पदबहाली गरेपछि आयोजित कार्यक्रममा उनले निक्षेपकर्ताको रकमको सुरक्षा तथा...

पूँजीगत खर्च कम हुनुमा शिक्षक दोषीः अर्थमन्त्री

२०७१ चैत ८ गते १३:१५

काठमाण्डु,८ चैत- अर्थमन्त्री रामशरण महतले आइतबार अर्थ समितिमा आयोजित छलफल कार्यक्रममा आयात प्रतिस्थापन गर्न नसकेकाले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव बढेको बताएका छन् । अर्थ समितिले अर्थतन्त्रको अवस्था र प्राथमिकताका आधार बुझ्ने उद्देश्यले आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक गतिरोधका कारण प्रायः भइरहने बन्द,हडताल र चक्काजाम...

चिनियाँ र भारतीय कलाकारले तताउँदै फेवा महोत्सव

२०७१ चैत ८ गते १३:०३

काठमाण्डु,८ चैत- चिनियाँ र भारतीय सांस्कृतिक कार्यक्रमसहित पोखरेली पर्यटन व्यवसायीले चैतको अन्तिम साता १२ औँ फेवा नव वर्ष महोत्सव गर्ने भएका छन् । आन्तरिक पर्यटकलाई लक्ष्यित गरी चैत २८ देखि वैशाख २ गतेसम्म फेवाताल किनारमा महोत्सवमा चल्नेछ । महोत्सवमा करिब एक लाख सहभागी हुने...

बुढीगण्डकीको ताल फेवातालभन्दा १४ गुणा ठूलो हुने

२०७१ चैत ८ गते ११:४७

काठमाण्डु,८ चैत- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयवासीलाई बसोबासका लागि एकीकृत रुपमा नयाँ बस्ती निर्माण गरिने भएको छ । जलाशययुक्त आयोजनाका कारण धादिङ र गोरखाका ४५ हजार जनता प्रभावित हुने भएपछि नयाँ बस्ती निर्माण गर्न लागिएको हो । आयोजनाको...

नुवाकोट सेवा समाज कतार द्द्वारा आधुनिक जुत्ता चप्पल पार्टी निर्माण

२०७१ चैत ८ गते ११:४६

नुवाकोट, ८ चैत– नुवाकोट सेवा समाज कतारले बिदुर–३ नुवाकोटमा रहेको सात तले दरबारसँगै रहेको भैराबी मन्दिरको लागि आधुनिक जुत्ता चप्पल राख्ने पार्टी निर्माण गरि सहयोग गरेको छ ।...

माछा पालनका लागि २० लाख अनुदान

२०७१ चैत ८ गते ९:५४

कपिलवस्तु, ८ चैत- जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुले व्यावसायिक माछापालनमा प्रोत्साहित गर्ने उद्देश्यले पोखरी निर्माणका लागि ८१ जना किसानलाई अनुदान दिएको छ । अभियानमुखी मत्स्यपालन आयोजनाअन्तर्गत उनीहरुलाई पोखरी बनाउनका लागि अनुदान दिइएको कृषि कार्यालयले जनाएको छ । जिल्लामा २० हेक्टर नयाँ पोखरी निर्माणका लागि...

गर्भनर नेपालले लिए शपथ

२०७१ चैत ८ गते ९:२८

काठमाण्डु,८ चैत- कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा चिरञ्जीवी नेपाललाई सर्वोच्च अदालतमा आइतबार आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ गराए । सो अवसरमा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र सर्वोच्च अदालतका न्यायाधीशहरुको उपस्थिति थियो ।...

माथिल्लो तामाकोसीको शेयर वितरण प्रक्रिया अनिश्चितकालका लागि स्थगित

२०७१ चैत ७ गते १४:०१

काठमाण्डु, ७ चैत– राष्ट्रिय गौरवको योजना अन्तर्गत पर्ने माथिल्लो तामाकोसी आयोजनाले दोलखा जिल्लावासीका लागि छुट्टयाएको १० प्रतिशत शेयर वितरणको समयावधि अनिश्तिकालका लागि स्थगित गरेको छ । पछिल्लो समयमा देखिएको आयोजनामा कार्यरत मजदुरहरुको शेयर मागसम्बन्धी विवाद, आयोजना प्रभावित क्षेत्रका बासिन्दाले राखेको थप शेयर मागसम्बन्धी विवादलाई...

पाटा अध्यक्षमा पाण्डे निर्वाचित

२०७१ चैत ७ गते १२:४५

काठमाण्डु,७ चैत- प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल शाखाको ३९ औ साधारण सभाबाट अध्यक्षमा पुनः सुमन पाण्डे निर्वाचित भएका छन् । पाटाको कार्य समितिको प्रथम उपाध्यक्षमा नन्दीनी थापा,द्धितीय उपाध्यक्षमा सरोजकुमार कसजु,सचिवमा हरिमान लामा,कोषाध्यक्षमा पम्फा भूसाल चयन भएका छन्।   यसैगरी सदस्यहरुमा पवन तुलाधर,विभूतीचन्द ठाकुर,सुनिल...

उर्जामन्त्री पुगिन् मध्य मस्र्याङ्दी जलविद्युत परियोजना, होला त समस्या समाधान ?

२०७१ चैत ७ गते १२:४३

विमला अधिकारी/लमजुङ, ७ चैत– उर्जामन्त्री राधा ज्ञावलीले लमजुङको मध्य मस्र्याङ्दी जलविद्युत परियोजनाको शनिबार अनुगमन तथा निरीक्षण गरेकी छन् । आयोजनाको अवलोकनको लागि आएकी ज्ञावलीलाई परियोजनामो गम्भिर समस्या देखिएको मध्य मस्र्याङ्दी केन्द्रले जानकारी गराएको छ । ७० मेगावाट क्षमताको मध्य मस्र्याङ्दी आयोजनाको विभिन्न स्थानमा गम्भीर...

कर सहयोगीको पहिचान र भूमिकाबारे निर्देशिका बन्नुपर्ने माग

२०७१ चैत ७ गते ११:५६

काठमाण्डु,७ चैत- कर सहयोगीको पहिचान, भूमिका र अधिकारबारे सरकारले स्पष्ट निर्देशिका बनाउनुपर्ने माग गरिएको छ । ‘समृद्ध नेपाल निर्माणको निम्ति नयाँ संविधान,कर सहयोगीको अधिकार र पहिचानको निम्ति दोस्रो राष्ट्रिय सम्मेलन’भन्ने नाराका साथ सुरू भएको नेपाल कर सहयोगी श्रमिक सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा शनिबार...

पुष्प मेलामा ६० लाख भन्दा बढीको आर्थिक कारोबार हुने

२०७१ चैत ७ गते ११:१३

काठमाण्डु,७ चैत- पुष्प व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यसहित शनिबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘१८औँ प्लोरा एक्स्पो–२०७१’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेसम्म चल्ने प्रदर्शनीको एक सहमारोहबीच कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले उद्घाटन गरे । प्रदर्शनीमा विभिन्न थरी फूल, बिरुवा, कट फ्लावर,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us