अर्थ

एकै गाविसबाट एक अर्बको मखान बिक्री

२०७१ माघ २२ गते ११:१२

महोत्तरी, २२ माघ– एउटै गाविसका किसानले मखान बिक्री गरी करिब एक अर्ब आम्दानी गरेका छन् । मखानको पकेट क्षेत्र मानिने महोत्तरी जिल्लाको मटिहानी गाविसका किसानले वार्षिक यति परिमाणको मखान बिक्री गरी आर्थिक लाभ लिएका हुन् । मटिहानी गाविसमा एक सयभन्दा बढी घरपरिवारले नजिकको तालतलैया...

चट्याङबाट १५ लाखको क्षति, छ सय स्थानीय अन्धकारमा

२०७१ माघ २२ गते ६:५५

जुम्ला, २२ माघ– ताम्ती–२ सुर्की गाउँस्थित सात किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा चट्याङ पर्दा झन्डै १५ लाखबराबरको क्षति भएको छ । यही माघ २१ गते बेलुका ७ बजेतिर गएको चट्याङले जेनेरेटर जल्नाका साथै विद्युत्का सम्पूर्ण तार जलेको सुर्की गाउँका स्थानीयवासी परी रावतले जानकारी...

एडिबीका अध्यक्ष नाकाओ नयाँदिल्ली प्रस्थान

२०७१ माघ २१ गते १४:३७

काठमाण्डु,२१ माघ– एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकेहिको नाकाओ नेपालको तीनदिने औपचारिक भ्रमणमा पूरा गरी आज भारतको राजधानी नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् । एडिबीले नेपालमा आवासीय कार्यालय स्थापना गरेर यहाँको सामाजिक–आर्थिक विकासमा सघाउन थालेको २५औँ वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष नाकाओको नेपाल भ्रमणमा आएका थिए...

नेपाल टेलिकमको २६ गुणा ग्राहक वृद्धि

२०७१ माघ २१ गते ११:५८

  काठमाण्डु, २१ माघ– वार्षिक २० अर्ब भन्दा बढी राजस्व बुझाउँदै आएको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कम्पनीले आफ्नो सेवा तथा पहुँचलाई विस्तार गरेसँगै यसको ग्राहक सङ्ख्या २६ गुणाले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा ११ अर्ब ५५ करोड खुद...

नारायणी किनार पर्यटकीय गन्तव्य बन्दै

२०७१ माघ २१ गते १०:५६

चितवन,२१ माघ– चितवनको नारायणी किनारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरोकारवालाहरु लागिपरेका छन् । स्थानीय सरोकावालाहरुले भर्खरै सम्पन्न भएको चितवन महोत्सवको आम्दानीमध्ये रु १० लाख नारायणी नदी संरक्षण गरी पर्यटकीय क्षेत्रको विकासका लागि  खर्च छुट्टयाएपछि सो अभियानको सुरुवात भएको हो । नारायणी किनारको...

१५ करोडको आलु नोक्सान

२०७१ माघ २१ गते १०:२६

कपिलवस्तु, २१ माघ– कपिलवस्तुमा जिल्लामा यस वर्ष १५ करोडभन्दा बढीको आलु नोक्सान भएको छ । अधिकांश आलुबारीमा डढुवा रोगको प्रकोपले बिरुवा मरेको र बढी वर्षाका कारण आलुको गानो कुहिएर आलु उत्पादनलाई क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा ३६...

नेपाली जुत्ताचप्पलको बिगसेल मेला

२०७१ माघ २१ गते ९:४३

काठमाण्डु, २१ माघ– बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाली जुत्ताचप्पलको बिगसेल मेला सुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा १५ देखि ७५ प्रतिशतसम्म छुट दिने गरी   चौथो बिगसेल मेला सुरु भएको हो । नेपाली कांग्रेसका सभासद गगन थापाद्धारा उद्घाटन गरिउको सो  मेलामा शिखर, बिएफ डियरहिल, स्काइ,...

चार हजार पशुको उपचार

२०७१ माघ २१ गते ६:३९

सप्तरी, २१ माघ– जिल्ला पशुसेवा कार्यालय सप्तरीद्वारा लौनियाँ गाविसमा सञ्चालित पशु स्वास्थ्य तथा बाँझोपन निवारणसम्बन्धी एकदिने शिविरमा करिब चार हजार पशुको उपचार गरिएको छ । सो कार्यालयका प्रमुख काशीनाथ यादवका अनुसार नौँ सय खसी÷बाख्रा, आठ सय ५० गाई÷गोरु तथा चार सय भैँसीलाई खोरेत रोगविरुद्घको...

प्रहरीद्वारा भारतीय कुखुरा नष्ट

२०७१ माघ २० गते १३:१०

विराटनगर, २० माघ– मंगलबार इलाका प्रहरी कार्यालय रानी,विराटनगरबाट खटिएको टोलीले ठूलो परिमाणमा भारतबाट भित्र्याइएका कुखुरा नष्ट गरिएको छ । मोरङको मझारे–३ मा साइकलमा बोकेर ल्याइएका तीन क्विन्टल अर्थात् ११० ब्रोइलर कुखुरा गए राति प्रहरीले बरामद गरी नष्ट गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको...

एक करोड भन्दा बढी मूल्यको सुपारी बरामद

२०७१ माघ २० गते ११:०३

झापा,२० माघ– झापा प्रहरीले आव २०७१/७२ को छ महिना अवधिमा रु एक करोड २० लाख ५४ हजार मूल्यबराबरको ६० हजार २७० केजी सुपारी बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ । सुपारी तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राख्दै आएको प्रहरीले यसअघि आव २०७०/७१ मा एक...

जनवरीमा मात्रै सात हजार पर्यटक लुम्बिनीमा

२०७१ माघ २० गते १०:४३

बुटवल,२० माघ– नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धिसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा समेत पर्यटक आगमनमा वृद्धि भएको छ । स्थलमार्गको बेलहिया नाका हुँदै सन् २०१५ को पहिलो महिना जनवरीमा नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटक सङ्ख्या बढेको हो । नेपाल–भारत सीमास्थित अध्यागमन कार्यालयका अनुसार सन्...

तरकारी उत्पादनमा नमुना बन्दै रुपन्देही

२०७१ माघ २० गते १०:२९

रुपन्देही,२० माघ– रुपन्देहीमा यस वर्षमात्रै ८४ हजार मेट्रिक टन तरकारी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार ८४ हजार मेट्रिक टन तरकारीको मूल्य रु तीन अर्ब बराबरको हुनेछ । कृषकले उत्पादन गरिसकेपछि बिचौलियामार्फत बिक्री हुने तरकारीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us