अर्थ

बेरोजगार युवाका लागि ८२ लाख लगानी

२०७१ माघ २९ गते ११:२१

सल्यान, २९ माघ । जिल्ला कृषि विकास कार्यालय सल्यानले बेरोजगार युवालाई कृषि पेसामा लगाउन लगानी गर्ने भएको छ ।  कार्यालयले व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा रु ८२ लाख लगानी गर्ने भएको हो । कार्यालयले बेमौसमी तरकारीखेतीमा रु २४ लाख, मौरीपालनमा रु ३६ लाख,...

६ अर्ब बढीको बिलेट आयात

२०७१ माघ २९ गते ११:०७

वीरगन्ज,२९ माघ– चालु आर्थिक वर्षको पहिलो छ महिना एमएस बिलेट आयातमा उल्लेखनीय वृद्धि भएको छ ।   पर्साको सिर्सिया खल्वाटोलस्थित सुख्खा बन्दरगाह कार्यालयका अनुसार,चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु छ अर्ब छ करोड ९९ लाख मूल्यबराबरका एमएस बिलेट आयात भएको छ । करिब एक...

तीन सय बढी किलो सुपारी बरामद

२०७१ माघ २९ गते १०:३४

सिराहा,२९ माघ– प्रहरीको गस्ती टोलीले गएर राति सिरहाको लकडीगोठ–२ बाट अवैध रुपमा भारत लाँदै गरेको अवस्थामा ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । प्रहरी चौकी लकडीगोठबाट खटिएको गस्ती टोलीलाई देखेपछि सुपारी तस्कर उक्त सुपारी र सुपारी बोक्न प्रयोग गरिएका छ थान साइकलसमेत छाडी भागेको...

दुई निर्माण कम्पनीलाई रु २९ लाख बढी जरिवाना

२०७१ माघ २९ गते १०:११

भद्रपुर,२९ माघ– समयमै काम सम्पन्न नगरेका दुई निर्माण कम्पनीलाई पूर्वाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय झापाले रु २९ लाख ८३ हजार ५०० जरिवाना गरेको छ । कार्यालयले पुष्पाञ्जली कन्स्ट्रक्सन प्रालि घट्टेकुलो काठमाण्डु र सूर्य एण्ड सन्स पुष्पाञ्जली जेवीलाई जरिवाना गरेको हो । पुष्पाञ्जली कन्सस्ट्रक्सनले  झापाको...

नेपालको पूर्वाधार विकासमा अमेरिकी संस्थाको सहयोग

२०७१ माघ २९ गते ९:५४

काठमाण्डु,२९ माघ– अमेरिकी कँग्रेसले सन् २००४ मा गठन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा बिहिबार कर्पोरेसन र मन्त्री विमलेन्द्र निधिबीच भएको बैठकमा सो सहमति भएको हो । बैठकमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा...

तामाकोसीको शेयर बाँडफाँड थप व्यवस्थित हुनुपर्नेमा जोड

२०७१ माघ २९ गते ८:३०

काठमाण्डु, २९ माघ – स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी आयोजनाले दोलखालीहरुका लागि वितरण गर्न लागेको दश प्रतिशत शेयर लगायतका विषयमा बिहिबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दोलखाबाट काठमाण्डु आई स्थाई र अस्थाई रुपमा बसोबास गरिरहेका धेरै दोलखालीहरुले माथिल्लो तामाकोसी आयोजनाले वितरण गर्ने...

युवा लक्ष्यित कार्यक्रममा एक करोडभन्दा बढीको अनुदान

२०७१ माघ २८ गते १३:५५

विराटनगर,२८ माघ– युवालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले युवा लक्ष्यित कार्यक्रममार्फत रु एक करोडभन्दा बढी अनुदानको रुपमा वितरण कार्य सुरु गरेको छ ।  सो कार्यक्रमअन्तर्गत तरकारी,च्याउ र मत्स्य खेती गरी तीनवटा कार्यक्रमका साथै साना सिँचाइ र बासमती तथा मसिनो धानको खेतीलगायत कार्यक्रमका लागि सो...

विद्युतीकरणका लागि सांसद कोषबाट रकम

२०७१ माघ २८ गते १३:२३

हुम्ला,२८ माघ– सभासद् जीवनबहादुर शाहीले जिल्लाका सम्पूर्ण राजनीतिक दलसँग छलफल गरी जैर, मिमी,दार्मा,खापुनाथ,ठेहे,रेडिकोट र गेठी गाविसलाई विद्युतीकरण गर्न र मानसरोवर बहुमुखी क्याम्पसलाई भौतिक संरचना निर्माण गर्न रु २० लाख प्रदान गरेका छन् । सांसद कोषबाट उनले सो रकम बाँडफाँड गरेको स्थानीय विकास अधिकारी रवी...

आर्थिक हिनामिनाको विषयमा अध्यक्ष र प्रबन्धकबीच कुटाकुट

२०७१ माघ २८ गते १३:१२

लहान,२८ माघ– आर्थिक अनियमितताको विषयलाई लिएर सिरहाको नरहा रिगौल गाविसस्थित लक्ष्मीनारायण साना किसान सहकारी संस्थाका पदाधिकारीबीच आज कार्यालयभित्रै कुटाकुट भएको छ । सहकारी संस्थाका प्रबन्धकले संस्थाको रकम हिनामिना गरेको भन्दै कार्यालय भवनमा भइरहेको छलफलमै संस्थाका अध्यक्ष सकुर साह र प्रबन्धक रामनारायण साहबीच कुटाकुट भएको...

स्विट्जरल्याण्डमा अर्बौं कालो धन लुकाउने आठमध्ये एक सुमार्गी !

२०७१ माघ २८ गते १२:४२

काठमाण्डु, २८ माघ– स्विजरल्यान्डको एचएसबीसी बैंकमा ८ नेपालीको ५ अर्ब ४० करोड रुपैयाँ (५४ मिलियन अमेरिकी डलर) कालोधन लुकाएर राखिएको खुलासा भएपछि ती को–को होलान् भन्ने चासो धेरैले राख्ने गरेका छन् । एक संस्थाले उपलब्ध गराएको सूचनाका आधारमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले केही दिनअघि सो...

राहदानीबाटै एक करोडभन्दा बढी राजस्व

२०७१ माघ २८ गते ११:३१

म्याग्दी,२८ माघ– जिल्ला प्रशासन कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७१र७२ को पहिलो ६ महिनामा राहादानीबाटै रु एक करोड  बढी राजस्व सङ्कलन गरेको छ ।  चालु वर्षको साउन महिनादेखि पुस मसान्तसम्मको अवधिमा राहदानी तथा अन्य आम्दानीसहित रु एक करोड २७ लाख २० हजार ३२० सङ्कलन...

शैक्षिक सहकार्यका लागि पाँच करोड ८८ लाखको सहयोग

२०७१ माघ २८ गते ११:२२

काठमाण्डु,२८ माघ– काठमाण्डु  विश्वविद्यालय र दक्षिण कोरियाको चोनबुक राष्ट्रिय विश्वविद्यालयले नेपालमा आधुनिक प्राङ्गरिक खेतीको अध्यापन गराउन शैक्षिक सहकार्य गरेका छन् । सहकार्यको उद्देश्य यसै वर्षबाट स्नातकोत्तर तहको पठनपाठन सुरु गरी दक्ष जनशक्ति उत्पादन गर्ने रहको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us