अर्थ

मेगा बैंकमा नयाँ सञ्चालक समिति

२०७२ पुष २७ गते १९:०८

काठमाण्डु, २७ पुस-मेगा बैंक नेपाल लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने छ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको छ । साधारणसभाले संस्थापक भोजबहादुर शाह, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङलाई आज निर्वाचित गरेको बैंकले जनाएको छ ।...

आर्थिक अभावमा लघुजलविद्युत् आयोजना बन्द

२०७२ पुष २७ गते १६:५८

बैतडी, २७ पुस – बैतडीको गाँजरीस्थित इरानागाड लघुजलविद्युत् आयोजना आर्थिक अभावले बन्द भएको छ । गाविसको वडा नम्बर १, २ र ६ मा विद्युत् सेवा दिइरहेको सो आयोजना बिग्रेको दुई वर्षभन्दा बढी भएपनि अझै सुचारु हुन नसक्दा स्थानीवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।...

रोजगारीको वैकल्पिक माध्यम ‘सिटी सफारी’

२०७२ पुष २७ गते १६:४२

झापा, २७ पुस – बाह्र वर्षअघि श्रीमान्को निधन भएपछि परिवारको हेरचाह गर्ने जिम्मा मीना कडरियाको हातमा आयो । गरामनी–९ निवासी ३५ वर्षीया कडरियाले सोच्नु पनि भएको थिएन कि श्रीमान्को अनुपस्थितिमा यति ठूलो कष्ट व्यहोर्नु पर्छ भनेर । दुई सन्तानकी आमा कडरियाले श्रीमान्को निधनपछि धेरै...

मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि लैजानुपर्छ: महत

२०७२ पुष २७ गते १५:५३

काठमाण्डु, २७ पुस-पूर्व अर्थमन्त्री रामशरण महतले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि लैजानुपर्ने बताएका छन् । म्यानेजमेन्ट स्टुडेन्ट एसोसियसन अफ नेपालले सोमबार यहाँ आयोजना गरेको ‘सङ्घीय व्यवस्थामा अर्थतन्त्र’ विषयक विचारगोष्ठीमा देशमा संविधान निर्माण भएकाले अब अर्थतन्त्रको बाटोमा अगाडि लैजानु आवश्यक रहेको बताए । नेपाली काँग्रेसका...

नाकाबन्दीका कारण अर्बौँ राजस्व घाटा

२०७२ पुष २७ गते १५:३७

रुपन्देही, २७ पुस – लगातारको मधेस बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण भैरहवा भन्सार कार्यालय वेलहियामा अर्बौँ राजस्व गुमेको छ । मधेश बन्द र नाकाबन्दीका कारण आयात निर्यात कार्य ठप्प भएपछि अर्बौँ राजस्व गुमेको हो । चालु आवको पहिलो चौमासिकमा लक्ष्यभन्दा कम राजस्व...

नगरपालिकाका लागि साढे चार करोड रुपैयाँको बजेट प्रस्ताव

२०७२ पुष २७ गते १३:३८

म्याग्दी, २७ पुस – बेनी नगरपालिकाले आगामी आव २०७३७४ मा सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि चार करोड ६३ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ । बेनी नगरपालिकाको तेस्रो नगर परिषद्मा पूँजीगततर्फ तीन करोड एक लाख तीन हजार रुपैयाँ र चालुतर्फ...

पूरै गाउँलेको आम्दानीको स्रोत तरकारीखेती

२०७२ पुष २७ गते ११:५१

गौशाला, २७ पुस – महोत्तरीको सदरमुकाम जलेश्वरसँगै टाँसिएर बग्ने गरेको रातु नदी छेउमा अवस्थित बेला गाउँका पूरै गाउँले तरकारीखेतीमा लागेका छन् । पाँचसय घरपरिवार रहेको बेला गाउँका प्रत्येक परिवार तरकारीखेतीमा लागेर बर्सेनि लाखौँ आम्दानी गर्न सफल भएको स्थानीयवासी किसान सत्यदेव झाले बताए  । जिल्लाको...

दैनिक ४० बुलेट १५ दिन लगातार भित्रिए मात्रै ग्यास सहज हुने

२०७२ पुष २७ गते ९:१७

काठमाण्डु, २७ पुस– नियमित १५ दिनसम्म ४० वटा ग्यास बुलेट नेपाल भित्रिए मात्रै खाना पकाउने ग्यास सहज हुने नेपाल आयल निगमले जनाएको छ। आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले काठमाण्डु टुडेसँग कुराकानी गर्दै भने रक्सौलमा रोकिएका ग्यास बुलेट सबै भित्रिए पनि सहज रुपमा उपभोक्ताले ग्याँस...

छब्बीसवटा सडक निर्माणका लागि छनोट

२०७२ पुष २७ गते ८:५०

इलाम, २७ पुस– जिल्ला विकास समिति, इलामले चालु आवमा निर्माण गर्ने उद्देश्यले जिल्लाका विभिन्न गाविसका २६ वटा सडक योजनाको छनोट गरेको छ । जिविसको दलीय संयन्त्रले पूर्वाञ्चल सडक डिभिजन कार्यालय, उन्नति परियोजनाजस्ता संस्थाको प्राथमिकतामा नपरेका सडकलाई जिविसले स्थानीय यातायात क्षेत्रगत पूर्वाधार कार्यक्रमबाट २६ वटा...

करबाकेलीमा डेढ करोड लगानीमा पूर्वाधार निर्माण

२०७२ पुष २७ गते ८:४४

म्याग्दी, २७ पुस– धार्मिक तथा पर्यटकीय दृष्टिले सम्भावनायुक्त म्याग्दीको राम्चे गाविस– ७ काफलडाँडामा रहेको करबाकेलीमा समुदायस्तरबाट करोडौँ लगानीमा पूर्वाधार निर्माण गरिएको छ । दृश्य अवलोकनका साथै प्राकृतिक सौन्दर्यताले मनमोहक पुन मगरहरुको धार्मिकस्थल करबाकेलीको धार्मिक तथा पर्यटन विकासका लागि एक करोड ५० लाखको लगानीमा पूर्वाधार...

सन् २०१७ सम्ममा प्रत्येक घरमा धारा हुने मन्त्रीको उद्घोष

२०७२ पुष २६ गते १७:४५

भक्तपुर, २६ पुस-खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले सन् २०१७ सम्ममा सबै नेपालीको घरघरमा खानेपानीको धारा पु¥याइने बताएका छन् । आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले घरघरमा खानेपानी पु¥याउने कार्यको थालनी भक्तपुरबाटै सुरु गर्ने बताएका हुन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले भक्तपुरलाई इन्टी प्वाइन्टको...

उखु क्रसिङ सुरु

२०७२ पुष २६ गते १६:०७

रौतहट, २६ पुस – जिल्लाको गरुडान नगरपालिकामा रहेको श्रीराम सुगर मिलले आइतबारबाट उखु क्रसिङ सुरु गरेको छ । क्रसिङ सुरु गरेपछि उखु काट्ने कि नकाट्ने अन्योलमा रहेका किसान मिलले पूर्जी दिए लगत्तै उखु काटेर लैजाने तयारीमा रहेका छन् । गत वर्ष मिलले मंसिर २९...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us