वालिङ, २५ पुस- उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकको समृद्धिकालागि औद्योगिकीकरण आवश्यक रहेको बताएका छन् । ‘सरकारले देशका हरेक क्षेत्रमा सम्भावनाको खोजी कार्य जारी राखेको छ’ वालिङ उद्योग वाणिज्य सङ्घले शनिबार वालिङमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री पाण्डेले भने, ‘सम्भावनाको पहिचान गरी उद्योग स्थापना...
दाङ, २४ पुस- कृषि विकास मन्त्री हरिवोल गजुरेलले कृषि क्षेत्रको विकास र आकर्षणका लागि किसानलाई निवृत्तिभरणको व्यवस्था गर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले युवाको विदेश मोहलाई रोक्न र कृषिमा आत्मनिर्भता खोज्न किसानलाई अब...
काठमाण्डु, २४ पुस-रिलायवल बचत तथा ऋण सहकारी संस्था लि काठमाण्डुको १७ औँ वार्षिक साधारणसभा शुक्रबार यहाँ सम्पन्न भयो । साधारण सभाका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँडले हालको राज्यव्यवस्था सहकारीप्रति सकारात्मक भएको उल्लेख गर्नुहुँदै सहकारी उत्पादन तथा श्रममुखी हुनुपर्ने आवश्यकता...
काठमाण्डु, २४ पुस – पश्चिम सेती, अरुण तेस्रो, माथिल्लो तामाकोसी, माथिल्लो कर्णालीजस्ता ठूला जलविद्युत् परियोजनालाई निर्धारित समयमै सम्पन्न गराउन लगानी बोर्डले द्रुत रुपमा काम गरिरहेको जनाएको छ । ऊर्जाको वर्तमान सङ्कटलाई समाधान गर्न ती परियोजना कोसेढुङ्गाका रुपमा काम गर्ने हुँदा निर्धारित समयमा सम्पन्न गर्न...
बागलुङ, २४ पुस – पश्चिमाञ्चलका सात जिल्लामा २३ वटा लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । उज्यालोयुक्त जिल्लाको लक्ष्य लिएका बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, कास्की, गुल्मी र पाल्पामा ती आयोजना बन्न लागेका हुन् । दुईवर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काम अघि बढेको राष्ट्रिय नवीकरणीय...
प्यूठान, २४ पुस – जिल्लाका पाँच गाविस र एउटा नगरपालिकाका कृषकले आफ्नो खेतबारीमा उत्पादन हुने कृषि उपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले कृषक पाठशालामार्फत सिक्दै उत्पादन...
लमजुङ, २४ पुस – भूकम्प र तराई आन्दोलनका कारण जलविद्युत् आयोजना निर्माण कार्य ठप्प हुँदासमेत सरकारले चासो नदेखाएको भन्दै जलविद्युत् लगानीकर्ताहरु आक्रोशित बनेका छन् । इन्धन अभावका कारण आयोजनाको निर्माण कार्य बन्द रहेको छ । बैंकबाट ऋण लिएर अरबौँ लगानी गरेको तर आयोजना सम्पन्न...
भक्तपुर, २४ पुस – गत वैशाख १२ गतेको भूकम्पपछि रोकिएको भक्तपुर दरबार स्क्वायर क्षेत्रभित्रका सम्पदा जीर्णोद्धार सुरु भएको छ । पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरले बद्रीनारायण मन्दिर, दुईमाजूको मन्दिर, बालाखु गणेश पाटी, रामेश्वर मन्दिर र तलेजु मन्दिरको जीर्णोद्धार सुरु गरेको हो । भूकम्पका...
काठमाण्डु, २३ पुस-भूकम्प र नाकाबन्दीले शिथिल बनेको मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उद्योग क्षेत्रको प्रवद्र्धन विकासका लागि सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ । उद्योग मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी विभिन्न विषयमा १२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अर्थतन्त्रलाई टेवा पुग्ने गरी औद्योगिक प्रवद्र्धनका कार्यक्रम...
पर्वत, २३ पुस – स्वादिलो सुन्तला उत्पादनमा पश्चिमाञ्चल क्षेत्रमै ख्याति कमाएको उत्तरी पर्वतको बाँसखर्क गाविसका महिलालाई यतिबेला सुन्तलाको जुस उत्पादन गर्न भ्याइनभ्याई हुन थालेको छ । पहिले पहिले सुन्तला पाकेपछि बजार खोज्दै हिँड्ने कृषक अहिले आफ्नै गाउँमा प्रशोधन गरेर जुस उत्पादनमा लागेका हुन् ।...
जुम्ला, २३ पुस – करदाता सेवा कार्यालयले आव २०७१÷७२ मा तीन करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । करदाता शिक्षा तथा करदाता राज्यप्रति उत्तरदायी भएकै कारण राजस्वमा वृद्धि भएको हो । चालु आवमा सम्पूर्ण नागरिकलाई अनिवार्य रुपमा पुस २५ गतेभित्रमा कर तिर्न...
काठमाण्डु, २३ पुस कुल २७ अर्ब घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण र विद्युत् महसुल निर्धारण आयोगबीच समन्वय हुन नसक्दा प्राधिकरणले थप चार अर्ब घाटा बेहोर्नुपरेको छ । ठूला ग्राहकलाई विशेष फिडरमार्फत उपलब्ध गराएको विद्युत्को थप महसुल लिन नमिल्ने र लिएको भए फिर्ता गर्नुपर्ने आयोगको...