ललितपुर, २३ पुस-कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषि पेसालाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको आठौँ वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै उनले देश विकासका लागि कृषि क्षेत्रमा आवश्यक लगानी गरिनुपर्नेमा जोड दिए । कृषि पेसालाई सम्मान गरेर यसैको माध्यमबाट जीविकोपार्जन गर्न...
तनहुँ – जिल्लाको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । समुन्द्र सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छर्«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले आन्तरिक एवम् बाह्य पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास भएको हो...
मुस्ताङ, २२ पुस– सन् २०१६ को पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूचीमा परेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । बेलायतको ट्राभल गाइड बुक ‘रफ गाइड’ ले विश्वका १० उत्कृष्ट सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो स्थानमा राखेपछि भूकम्प र तराई आन्दोलनका कारण थला...
काठमाण्डु, २२ पुस– नेपाल चेम्बर अफ कमर्सले पूर्वअर्थमन्त्री रामशरण महतलाई सम्मान गरेको छ । लन्डनबाट प्रकाशित हुने दि फाइनान्सिएल टाइमको सहप्रकाशन ‘दि बैंकर’ म्यागेजिनले पूर्व अर्थमन्त्री डा महतलाई सन् २०१६ को उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको सन्दर्भमा आज चेम्बरले सम्मान गरेको हो । म्यागेजिनले प्रत्येक...
दमक, २२ पुस – मेची भन्सार कार्यालयले एकै दिनमा तीन करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सारले मङ्गलबार दुई करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत असोज ६ गते भारतले नाकाबन्दी गरेपछि उक्त नाका सुनसान बन्दै आएको थियो । भन्सार...
काठमाण्डु, २२ पुस-पश्चेश्वर विकास प्राधिकरणको विषयमा छलफल गर्ने आयोजना गरिएको नेपाल भारत संयुक्त सचिवस्तरीय बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बिहीबारबाट सुरु हुने भनिएको बैठक भारतीय पक्षले विशेष काम परेकाले आफूहरु सहभागी हुन नसक्ने बताएपछि अन्तिम समयमा आएर स्थगित भएको हो...
जनकपुरधाम, २२ पुस – सरकारले चुरे संरक्षणको लागि लार्खाँ रुपैयाँ खर्च गर्ने गरेको भए पनि वन जङ्गल र खोला किनारमा अवैध रुपमा खुल्ने गरेका चुरे संरक्षणमा चुनौती बन्दै गएका छन् । धनुषाको रातो खोला किनारमा मात्रै चार वटा क्रसर उद्योग अवैध रुपमा सञ्चालनमा छन्...
जनकपुरधाम, २२ पुस – लामो समयदेखिको बन्द हडतालको कारण सरकारी अनुदानको प्याजको बीउ बिक्री प्रभावित भएको छ । सरकारले जिल्ला कृषि विकास कार्यालय धनुषामार्फत किसानलाई ५० प्रतिशत अनुदानमा प्याजको बीउ उपलब्ध गाराउँदै आएपछि बन्द हडतालका कारण बीउ बिक्री ९० प्रतिशतले प्रभावित भएको हो ।...
वीरगन्ज, २२ पुस – बन्द, हडताल, नाकाबन्दी र विद्युत्भार कटौतीका कारण यस वर्ष ग्यास, गिजर र हिटरको व्यावसाय प्रभावित भएको छ । विगतमा यो समयमा ग्यासबाट चल्ने गिजर र हिटरको माग उच्च हुने गर्दथ्यो तर यो वर्ष माग अत्यन्त न्यून भएको व्यवसायीको भनाइ छ...
चितवन, २२ पुस – नाकाबन्दीको समयमा समेत यहाँ घरजग्गाको कारोबार बढेको छ । भूकम्पबाट काठमाडौँसहित पहाडी जिल्ला प्रभावित हुनु र तराईमा मधेस आन्दोलनका कारण बसोबासका लागि कठिन बनेसँगै जग्गामा लगानी गर्ने अधिकांशको गन्तव्य चितवन बनेको तथ्याङ्कले देखाएको छ । मालपोत कार्यालयका अनुसार चालु आवको...
भक्तपुर, २२ पुस-भक्तपुरको सूर्यविनायकबाट अनन्तलिङ्गेश्वर नगरपालिका गुण्डु जाने सडक विस्तार कार्य सुरु भएको छ । पुरानो सडकलाई भिभिआई मार्गको रुपमा आठ मिटर चौडा गरी दुई चरणमा सडक विस्तार आयोजना र टेवा पर्खाल लगाउने काम सुरु भएको हो । आयोजनाको पूर्व उद्योग मन्त्री महेश बस्नेतले...
बैतडी, २२ पुस – किसानलाई व्यावसायिक र आधुनिक कृषितर्फ आकर्षण गराउन बैतडीमा कृषक पाठशालाका माध्यमबाट प्रयास सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा विभिन्न पाँचवटा गाविसमा कृषक पाठशाला सञ्चालन गरी उनीहरूलाई उन्नत बालीका बारेमा जानकारी दिने गरिएको छ । कुनै एक बालीको...