म्याग्दी, २ माघ – म्याग्दीको बेनी नगरपालिका–१० तोरीपानी टिमुर गाउँको रुपमा विकास हुन थालेको छ । गाउँघरमा खेर गएका जग्गा जमिनमा मसलेदार फल टिमुरखेती विस्तार गर्ने अभियानले तोरीपानी टिमुर गाउँको रुपमा विकास हुनलागेको हो । तोरीपानीसँगै डावा, काफलबोट, धुपिबोट, ढोलठान, नेप्टेचौर, गिठिनीलगायतका ठाउँमा व्यावसायिक...
महोत्तरी, २ माघ – महोत्तरीको उत्तरी भेगका किसान ‘रोवेस्ट्रा’ नामक उन्नत जातको केराको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । कम जग्गामा अधिक उत्पादन लिन सकिने ‘रोवेस्ट्रा’ जातको केरा खेतीबाट यहाँका किसानले मासिक हजारौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । सानो रुख, धेरै हाता...
काठमाण्डु, २ माघ – चीनको बेइजिङमा जारीे एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ । सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् । एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया,...
साउदी अरब, २ माघ-नेपाल र साउदी अरबबीच छिट्टै श्रम सम्झौता हुने भएको छ । रियादमा भएको दुई देशबीचका प्रतिनिधिमण्डलको वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएपछि श्रम सम्झौता हुने निश्चित भएको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यको नेतृत्वमा आएको प्राविधिक टोली...
चितवन, २ माघ –चितवनमा अधिकांशको विकासको रोजाइ सडक निर्माण र सडकको स्तरोन्नति देखिएको छ । चुनावमा भोट माग्ने बेलादेखि निर्वाचित भइसकेपछिसम्म सांसदलाई जनताले अधिकांशजसो सडकमै बजेट माग गर्ने गर्दछन् । जसका कारण चितवनका पाँचमध्ये चार निर्वाचन क्षेत्रका ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’अन्तर्गतको अधिकांश बजेट...
गोरखा, २ माघ– सुन्तला बिक्री गरेर गोरखाका कृषकले यस वर्ष २६ करोड रुपैयाँ आम्दानी लिएका छन् । गत वर्षको तुलनामा पाँच करोड रुपैयाँ बढी आम्दानी भएको कृषकको भनाइ छ । सुन्तलाखेती गरिएका क्षेत्र थप भएको, उत्पादन बढेको र प्रतिकेजी मूल्य पनि महँगिएपछि कृषकले मनग्य...
इटहरी, १ माघ – इटहरी उपमहानगरपालिका क्षेत्रमा ‘हुन्डाइ’को ‘आई २० एक्टिम’ र ‘क्रेटा’ कारको बिक्री सुरु भएको छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाइँले हुन्डाइ कार बिक्री कक्षको आज शुभारम्भ गरे । हुन्डाइ कारको शुभारम्भकै दिन...
रौतहट, १ माघ – जिल्लाका बस व्यवसायीले विगत पाँच महिनाको अवधिमा तीन करोड ५० लाख रुपैयाँ बढीको क्षति बेहोरेको बताएका छन् । मधेस आन्दोलनका कारण जिल्लामा गत साउन २८ गतेयता गौर–चन्द्रनिगाहपुर सहायक राजमार्गमा यात्रुबाहक बस चल्न सकेका छैनन । आन्दोलनका कारण यातायात पूर्णरुपमा प्रभावित...
चितवन, १ माघ – अहिले विकट चेपाङ गाउँमा चिउरी फुलेका छन् र त्यसका लोभमा किसान मौरी चराउन जङ्गल लागेका छन् । चिउरीको रसबाट बनेको मह ‘अग्र्यानिक’ र औषधिसमेत हुने भएकाले चिउरीको महमा उपभोक्ताको आकर्षण हुन्छ । त्यसैले अहिले चरनको खोजी गर्दै आफूहरु जङ्गलतिर लागेको...
काठमाण्डु, १ माघ – काठमाण्डु मुटुमा रहेको रत्नपार्क पुनःनिर्माणका लागि भन्दै करिब एक वर्ष बन्द गरिएको थियो । त्यसयता रत्नपार्कको नयाँ स्वरुप र साजसज्जाका कारण मानिसको आगमनमा उल्लेख्य वृद्धि भएको थियो । तर भारतको नाकाबन्दीका कारण इन्धन अभावलगायतका समस्या भएपछि अहिले रत्नपार्कमा मानिसको चहलपहल...
बर्दिया, १ माघ – गुलरिया नगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि ११ करोड १७ लाख ३३ हजार रुपैयाँ को अनुमानित बजेट विनियोजन गरेको छ । नगरपालिकाले आफ्नो २१र्आँ नगरपरिषद्मार्फत उक्त बजेट विनियोजन गरेको हो । चालुतर्फ चार करोड ७७ लाख ७३ हजार रुपैयाँ र...
पाल्पा, ३० पुस- उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सहकारीले देशको अर्थतन्त्र विकासको लागि ठूलो सहयोग गरेको बताएका छन् । रामपुर बचत तथा ऋण सहकारी संस्थाको बिहीबार आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री पाण्डेयले देशमा रहेको ३२ हजार ६६५ सहकारीमा ९० हजार जनताले रोजगारी पाएको बताउँदै सात...