भद्रपुर, ६ फागुन-जिल्ला कृषि विकास कार्यालयले चालु आवमा साना सिँचाइ आयोजनामा ४५ लाख ४५ हजार खर्च गर्ने भएको छ । जिल्ला भरिबाट मोटर बोरिङका लागि ८६, पम्पसेटका लागि १७, इनार बोरिङका लागि ६, सतह सिँचाइका लागि ११ र पाइप विस्तारका लागि दुई वटा कृषकबाट...
काठमाण्डु ६, फागुन-हवाई इन्धनको मूल्य घटेसँगै बिहीबारदेखि लागु हुने गरी आन्तरिक उडानतर्फको विमान भाडादर घटेको छ । वायुसेवा सञ्चालक सङ्घले देशका विभिन्न गन्तव्यमा पुग्दा लाग्ने भाडमा ६ सयदेखि दुई हजार एकसम्म भाडा घटाएको हो । सङ्घका प्रवक्ता घनश्यामराज आचार्यले नेपाल आयल निगमले हवाई इन्धनको...
काठमाण्डु, ६ फागुन-मन्त्रिपरिषद्को बैठकले आगामी दुई वर्षभित्र ऊर्जा सङ्कटकाल अन्त्य गर्ने एक कार्ययोजनालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक घोषणा गर्दै एक वर्षभित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्णरुपमा मुलुकलाई विद्युत् कटौती मुक्त...
काठमाण्डु, ६ फागुन – मन्त्रिपरिषद्को बैठकले आगामी दुई वर्षभित्र ऊर्जा संकटकाल अन्त्य गर्ने एक कार्ययोजनालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक घोषणा गर्दै एक वर्षभित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्णरुपमा मुलुकलाई...
काठमाण्डु, ५ फागुन- कृषि विकास मन्त्री हरिबोल गजुरेलले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास महत्वपूर्ण रहेको बताएका छन् । नेपाल मत्स्य व्यवसायी सङ्घले बुधबार यहाँ आयोजना गरेको ‘मत्स्य उत्पादन बजारीकरण एवम् संस्थागत विकास’सम्बन्धी एकदिने कार्यशाला गोष्ठीमा मन्त्री गजुरेलले कृषि क्षेत्रको विकास गरी देशलाई...
काठमाण्डु, ५ फागुन – जापान सरकारले भूकम्पबाट क्षतिग्रत भौतिक संरचनाको पुनःस्थापनाका लागि तीन अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । परोपकार प्रसूतिगृह र वीरअस्पतालको पुनर्निर्माण, सिन्धुपाल्चोकको चौतारास्थित खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण र गोरखाको बारपाक बाह्रकिलोस्थित पुलको निर्माणका लागि जापान...
काठमाण्डु, ५ फागुन – काठमाण्डु महानगरपालिकाभित्र रही सञ्चालन भएका मनोरञ्जन कर नतिर्ने सिनेमा हललाई कारबाही गरिने भएको छ । महननगरभित्र रही सञ्चालित सिनेमा हलले मनोरञ्जन कर हालसम्म नतिरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको महानगरका राजस्व शाखा प्रमुख ध्रवकुमार काफ्लेले जानकारी दिए । कारबाही प्रक्रियाअन्तर्गत...
काडमाण्डु, ५ फागुन – बङ्गलादेशका पर्यटन व्यवसायीले नेपालको पर्यटन प्रवद्र्धनका लागि छिमेकी मुलुकलाई गन्तब्य बनाइनुपर्ने बताएका छन् । विश्व पर्यटन बजारमा नेपाली पर्यटनको आकर्षण बढिरहेको सन्दर्भमा अव अन्य विकसित मुलुक नभइ छिमेकी मुलुकलाई नै प्राथमिकता दिनुपर्ने उनीहरुको धारणा छ । बङ्गलादेश फाउन्डेसन अफ टुरिजम...
म्याग्दी, ५ फागुन – जिल्लाको बरङ्जा गाविसको एउटै बस्तीबाट करिब १३ लाख रुपैयाँ मूल्यको सुन्तला निकासी भएको छ । बरङ्जा–१ मा पर्ने भेडाबारी गाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला निकासी भएको हो । सो गाउँबाट २८ हजार ६०० किलो सुन्तला निकासी भएको स्थानीय...
पोखरा, ५ फागुन – पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भोलिदेखि तीन दिनसम्म पेप्सी मःम मेला हुने भएको छ । आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका मःमको स्वाद एकै ठाउँमा...
म्याग्दी, ५ फागुन – जिल्लामा व्यावसायिक पशुपालनका लागि तीन अर्ब ६८ करोड ४१ लाख ६६ हजार रुपैयाँ लगानी भएको छ । व्यावसायिक रुपमा गाईभैँसी र भेडाबाख्रापालन गर्न सो रकम लगानी गरिएको हो । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लाभर ९२ वटा गाईभैँसी र २८७ वटा...
जनकपुर, ५ फागुन-तराई मधेसमा भएको लामो समयदेखिको बन्द, हडताल र नाकाबन्दीले सीमावर्ती भारतीय बजारसमेत प्रभावित भएको छ । मधेसी मोर्चाले गरेको बन्द हडतालको कारण सीमावर्ती भारतीय बजार जयनगरमा मात्रै २०० करोड बढी भारतीय रुपैयाँ बराबरको घाटा भएको व्यापारी बताउँछन् । धनुषा र सिरहाको थोक...