अर्थ

ऊर्जा सङ्कटकाल : सहज कार्यान्वयन गर्नुपर्नेमा निजी क्षेत्रको जोड

२०७२ फागुन ८ गते १६:५०

काठमाण्डु, ८ फागुन – सरकारले दस वर्षमा दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ऊर्जा सङ्कटकालको घोषणा गरेपनि त्यसको कार्यान्वयन सहज रुपमा अगाडि बढ्छ कि बढ्दैन भन्नेमा सरोकार भएका पक्षले आशङ्का गरेका छन् । सधैँ सरकारले ल्याउने नीति तथा योजना सकारात्मक भए पनि...

बजार नपाउँदा तरकारी बारीमै बिग्रन लाग्यो

२०७२ फागुन ८ गते १५:४३

पर्वत, ८ फागुन – शङ्करपोखरीका काशीराम पराजुलीले शुक्रबार एक डोको काउली दिनभर सदरमुकाम कुश्माको बजार डुलाउँदा कतै बिक्री भएन । स्थानीय बजारमा प्रचलित मूल्यमा खरिद गर्न कुनै व्यवसायी तयार नभएपछि उनले सबै काउली बाग्लुङ पठाए । आइतबारै गोलभेँडा बिक्री गर्न खुर्कोटबाट सदरमुकाम आएका गिरिराज...

प्रधानमन्त्रीको भारत भ्रमणः भारतसँग विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर

२०७२ फागुन ८ गते १४:४९

काठमाण्डु, ८ फागुन– भारतको ६ दिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशका प्रधानमन्त्रीबीच चालिस मिनेट भएको छलफलपछि भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग...

ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रशारण लाइनको शुभारम्भ

२०७२ फागुन ८ गते १४:४२

काठमाण्डु, ८ फागुन– भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रशारण लाइनको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा भएको भेटर्वााका क्रममा क्रस बोर्डर प्रसारण लाइनको शुभारम्भ भएको हो । नेपाल...

अब नेपाली र बंगलादेशी कामदारलाई मलेसियामा नो इन्ट्री

२०७२ फागुन ७ गते २१:१५

काठमाण्डु, ७ फागुन– नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य मानिएको मलेसियामा त्यहाँको सरकारले नयाँ विदेशी कामदारलाई रोजगारी नदिने घोषणा गरेको छ । मलेसियाली सरकारका उपप्रधान तथा गृहमन्त्री अहमद आजिद हमिदीले शुक्रबार सारवाक राज्यमा आयोजित कार्यक्रममा उक्त घोषणा गरेका हुन् । अत्याधिक कामदार रहेका नेपाल...

सेना परिचालन गरेर भएपनि जलविद्युतको काम अघि बढाउछु: उर्जामन्त्री

२०७२ फागुन ७ गते १३:४६

काठमाण्डु, ७ फागुन–उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अवरोध गरिए सेना परिचालन गरेर भएपनि जलविद्युत आयोजना निर्माण कार्यलाई अगाडि बढाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सो घोषणा गरेका हुन् । कार्यक्रममा उनले भने, ‘अब जलविद्युत आयोजना निर्माणमा कसैले...

जुम्लाका किसानलाई २० हजार ओखरका बिरुवा वितरण

२०७२ फागुन ७ गते ११:५१

जुम्ला, ७ फागुन – जिल्ला भू–संरक्षण कार्यालय जुम्लाले जिल्लास्थित इच्छुक किसानलाई २० हजार ओखरका बिरुवा निःशुल्क वितरण गरेको छ । बर्सेनि स्याउ तथा ओखरका बिरुवा वितरण गर्दै आइरहेको कार्यालयले यस वर्ष पनि ओखरसहित स्याउका बिरुवा वितरण गरेको हो । कार्यालयले समूहगत रूपमा ताम्ती गाविसको टोप्लामा...

विद्यालय मर्मतका लागि प्रवासबाट सहयोग

२०७२ फागुन ७ गते ८:४५

खोटाङ, ७ फागुन– भूकम्पले क्षतिग्रस्त खोटाङको एक विद्यालय पुनः मर्मतका लागि कतारमा रहेका नेपालीबाट थप ५४ हजार प्राप्त भएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेको नुनथला–८ गैरीस्थित नवज्योति प्राविको भवन मर्मतका लागि फेसबुकमार्फत मलेसियाबाट ४६ हजार १२४ प्राप्त भएकोमा विद्यालयलाई पुनः कतारबाट ५४ हजार...

टोपबहादुरले ल्याए १० हजार मेगावाट बिजुली निकाल्ने यस्तो योजना

२०७२ फागुन ६ गते २०:४४

काठमाण्डु, ६ फागुन–एक वर्षभित्र जनताले आधारभूत रुपमा महसुस गर्ने गरी विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्य सहित सरकारले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र एवम् कार्ययोजना सार्वजनिक गरेको छ । दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित अल्पकालीन, मध्यकालीन...

नाकाको अवरोध हटेर आपूर्ति सहज बनिरहेको अवस्था छ: अर्थमन्त्री

२०७२ फागुन ६ गते १९:२६

काठमाण्डु, ६ फागुन- सरकारले चालु आवमा दुई प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्न विशेष प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चालु आवमा छ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य आपूर्ति प्रणालीको अवरोधका साथै कृषि र गैरकृषि क्षेत्रको उत्पादकत्व बढोत्तरी हुन नसकेकाले दुई प्रतिशत बढीको...

नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

२०७२ फागुन ६ गते १८:०२

काठमाण्डु, ६ फागुन-नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आगामी चैत ४ देखि ८ गतेसम्म स्थानीय भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल सरकाररवाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हुने मेलामा सहभागी हुन चाहने स्वदेशी तथा विदेशी कम्पनीका लागि...

साना उद्योग मुलुकको अर्थतन्त्रका अभिन्न अंग हुन् : नेपाल

२०७२ फागुन ६ गते १७:०९

काठमाण्डु, ६ फागुन- नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले घरेलु तथा साना उद्योग मुलुकको अर्थतन्त्रको अभिन्न अङ्ग भएको बताएका छन् । भृकुटीमण्डपमा फागुन ४ गतेदेखि ९ गतेसम्म जारी औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको अवलोकन भ्रमण गर्दै उनले यस्ता उद्योगलाई देशभर प्रवद्र्धन गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us