अर्थ

बागलुङमा खेर जाने सिस्नोको सही सदुपयोग

२०७३ जेठ १९ गते १३:५३

बागलुङ, १९ जेठ – घरगाउँमा त्यसै खेर जाने सिस्नो आम्दानीको स्रोत बनेको छ । सिस्नोको धुलो बेचेर महिलाले मनग्य कमाइ गरेका छन् । जिल्लाको निसी–४ मा सिस्नोकोे धुलो बनाउने उद्योग खोलिएको छ । डेढ वर्षको अवधिमा ३०० किलोभन्दा बढी सिस्नोको धुलो बिक्री भएको छ...

मनाङको उवा काठमाण्डुमा बिक्री

२०७३ जेठ १८ गते १६:१४

पोखरा, १८ जेठ – मनाङमा उत्पादन गरिएको उवा यस वर्ष काठमाण्डु लगेर बिक्री गरिने भएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको पहलमा एक महिनापछि १०० क्विन्टल उवा मनाङबाट खरिद गरी काठमाण्डु पु¥याइने अञ्चल प्रबन्धक अम्बिकाप्रसाद घिमिरेले जानकारी दिए । अहिले मनाङका कृषकले लगाएको...

पशुसेवा कार्यालयले ४८ लाख रुपैयाँ किसानलाई बाड्ने

२०७३ जेठ १८ गते १६:०५

विराटनगर, १८ जेठ – पशु विकास सेवा कार्यक्रमअन्तर्गत जिल्ला पशुसेवा कार्यालयले जेठ मसान्तसम्ममा अनुदानको रुपमा ४८ लाख रुपैयाँ वितरणको तयारी गरेको छ । यस कार्यक्रमअन्तर्गत युवालक्षित विशेष उत्पादन कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत छनोट भएका किसान र व्यवसायी समेत गरी...

जोमसोममा पर्यटक भित्र्याउन होमस्टे तालिम दिइयो

२०७३ जेठ १८ गते १५:२३

मुस्ताङ, १८ जेठ – मुस्ताङ सदरमुकाम जोमसोम नजिकैको ठिनी गाउँमा सञ्चालित होमस्टे (घरवास) कार्यक्रमलाई सफल बनाउन स्थानीयवासीलाई होमस्टे र कुक तालिम प्रदान गरिएको छ । पर्यटकीय जिल्ला मुस्ताङको ठिनी गाउँमा पहिलो पटक चार घरमा एक महिनाअघि होमस्टे सञ्चालन गरिएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन...

काठमाण्डुमा २५ देश जुटे, हुँदैछ गम्भीर छलफल

२०७३ जेठ १८ गते १४:३९

काठमाण्डु १८ जेठ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधार गरेको र लगानीमैत्री वातावरण तयार पारेकाले सकारात्मक सन्देश गएको बताएका छन् । ऊर्जा मन्त्रालय, लगानी बोर्ड र इनर्जी डेभलपमेन्ट काउन्सिलले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट...

गाउँमा उत्पादित तरकारी बालीले सहजै बजार भाउ पाउनेभयो

२०७३ जेठ १८ गते १४:२४

म्याग्दी, १८ जेठ – बेनी नगरपालिका– १३ तातोपानीमा कृषि उपज संकलन तथा बिक्री वितरण केन्द्र सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सो केन्द्र सञ्चालनमा आएको हो । स्थानीय कृषकले उत्पादन गरेको तरकारी, फलफूल र पशुजन्य वस्तुको संकलन गरी...

रमितेखोलाबाट ३० किलोवाट विद्युुत उत्पादन गरिने

२०७३ जेठ १८ गते १०:५३

मोरङ, १८ जेठ – मोरङको उत्तरी गाविस रमितेखोलाबाट ३० किलोवाट विद्युुत् उत्पादन गरिने भएको छ । जिल्ला विकास समिति मोरङले राष्ट्रिय प्रसारणलाइन पुुग्न नसकेका ठाउँमा विद्युुत् पुु¥याउने उद्देश्यले रमिते खोलामा मिनिग्रिड राखेर विद्युुत् उत्पादनका लागि काम सुरु गरिएको जनाएको छ । रमितेखोला–२ स्थित बैकुुन्ठे...

पोखराका तीन बैँक एकआपसमा गाभिए

२०७३ जेठ १७ गते १८:००

पोखरा, १७ जेठ – पोखराका तीन वित्तीय संस्था कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड एकआपसमा गाभिएर आजदेखि कैलाश विकास बैंक लिमिटेड बनी एकीकृत कारोबार सुरु गरेका छन् । तीन वित्तीय संस्था गाभिएपछि बैंकको पुँजी एक अर्ब ५८ करोड रुपैयाँ,...

डोटीका स्थानीयवासी वन उद्योगबाट मनग्य आम्दानी गर्छन्

२०७३ जेठ १७ गते १६:००

डोटी, १७ जेठ – डोटीमा वनमा आधारित उद्योगबाट स्थानीय बासिन्दा मनग्य आम्दानी गर्न सक्षम भएका छन् । रानागाउँ र छत्तिवन गाविसमा रहेको दुनाटपरी उद्योग र घण्टेश्वरमा रहेको सिस्नु प्रशोधन उद्योगले राम्रो बजार पाएको छ । वनमा आधारित कार्यक्रमअन्तर्गत सञ्चालित उद्योगलाई अझैa परिष्कृत गर्दै लगिए...

६ हजार किसानलाई परिचयपत्र दिइयो

२०७३ जेठ १७ गते १५:४४

कावासोती, १७ जेठ – जिल्ला कृषि विकास कार्यालयले नवलपरासीका छ हजार किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्ने भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद गैरेका अनुसार किसानलाई मल, बीउ र राहतका सामग्री उलपब्ध गराउँदा परिचयपत्र अनिवार्य गरेकाले परिचयपत्र वितरणको काम...

ऊर्जा संकटकालसम्बन्धी कार्ययोजना कार्यान्वयन नभएकोमा सांसदहरुको आपत्ति

२०७३ जेठ १७ गते १५:१९

काठमाण्डु, १७ जेठ-सरकारले गत फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कट निवारण कार्ययोजनामा उल्लेख गरिएका महत्वपूर्ण विषयको कार्यान्वयन प्रक्रिया सुरु नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको सोमबारको बैठकमा धारणा राख्ने अधिकांश सांसदले सरकारले महत्वाकाङ्क्षी कार्यक्रम सार्वजनिक गरे पनि...

सरकारको घोषणापछि उत्साहित चितवनका पोल्ट्री व्यवसायी

२०७३ जेठ १७ गते १४:२९

चितवन, १७ जेठ – आर्थिक वर्ष २०७३/७४ को बजेटमा सरकारले चितवनलाई कुखुरा उत्पादनको विशिष्टीकृत जिल्लाका रुपमा विकास गर्ने घोषणा गरेपछि यहाँका पोल्ट्री व्यवसायीहरु उत्साहित भएका छन् । जिल्लालाई पोल्ट्रीको राजधानीका रुपमा विकास गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार १८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us