अर्थ

किसानलाई आकर्षण गर्न सरकारले बाड्यो अनुदान रकम

२०७३ जेठ २१ गते १७:४३

विराटनगर, २१ जेठ – किसानहरुलाई व्यावसायिक खेतीतर्फ आकर्षण गर्न सरकारले कृषि विकास कार्यालय मार्फत मोरङमा ७२ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । सो अन्तर्गत मौरीपालनमा संलग्न कृषकमध्येबाट मोरङमा चालु आर्थिक वर्षमा छनोट गरिएका २० किसानलाई रु ३६ लाख वितरण गरिएको जिल्ला कृषि विकास...

विद्युत आयोजनाका सुरुङभित्र काम गर्नु सजिलो छैन

२०७३ जेठ २१ गते १७:२६

रसुवा, २१ जेठ – मुलुक ऊर्जा संकटमा छ । सरकार र निजी क्षेत्रले विभिन्न जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । तर जलविद्युत आयोजनामा कार्यरत मजदुरले कसरी काम गरिरहेका होलान् र उनीहरुको सेवा सुविधा के कस्तो होला भन्नेबारेमा आम मान्छेलाई जानकारी छैन । विशेष गरी...

५८ सहकारी संस्था खारेजीको प्रक्रियामा

२०७३ जेठ २१ गते १६:३४

इलाम, २१ जेठ – सहकारी डिभिजन कार्यालयले निष्क्रिय अवस्थामा रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका ५८ वटा सहकारी संस्थाको दर्ता खारेजको प्रक्रिया अघि बढाएको छ । कार्यालयले इलामका २१, ताप्लेजुङका २० र पाँचथरका १७ वटा सहकारी संस्था खारेजीको प्रक्रिया अघि बढाएको हो ।...

छ वर्षदेखि राजस्व बाँडफाँड भएन

२०७३ जेठ २१ गते १६:०५

गोरखा, २१ जेठ – जिल्ला विकास समितिले विगत छ वर्षदेखि पर्यटन राजस्व रकम बाँडफाँड गर्न सकेको छैन । मनास्लु आरोहण र मनास्लु सर्किट पदयात्रामा आएका पर्यटकबाट संकलित तीन करोड ५८ लाख रुपैयाँ राजस्व बाँडफँडमा ढिलाइ भएको हो । विसं २०६७ देखि पर्यटन राजस्व बाँडफाँड...

एनसेललाई लाग्यो ठूलै झड्का, बाँकी कर नतिरे नछाडिने

२०७३ जेठ २१ गते १५:४६

काठमाण्डु, २१ जेठ– व्यवस्थापिका–संसद्, अर्थ समितिले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाललाई कानुनअनुसार पुँजीगत लाभकर तिराउन र सोको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नेपालमा दर्ता भएको, लगानी गरेको र नेपालमा नेपालीसँग कारोबार गरी नाफा कमाएको कम्पनी भएकाले...

नयाँ श्रम ऐन छिटो ल्याउन सुझाव

२०७३ जेठ २१ गते १४:३१

काठमाण्डु, २१ जेठ-श्रम विधेयक छिटो पारित गर्नुपर्नेमा सांसद र सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबारको बैठकमा सो विधेयकका सम्बन्धमा सांसद, विज्ञ, मजदुर, उद्योगीसँगको छलफलमा सहभागीले २५ वर्षअघिको श्रम ऐन अहिलेको परिवेशमा उपयुक्त नभएकाले हाल संसद्मा प्रस्तुत...

उखु किसानलाई चार करोड वितरण

२०७३ जेठ २१ गते १४:२०

कलैया, २१ जेठ – कृषि विकास मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत बिक्री गरिएको उखुको मूल्यमध्ये छुट भएको चार करोड ३३ लाख २६ हजार रुपैयाँ उखु किसानलाई वितरण गरिएको छ । उक्त रकम किसानको बैँक खातामा जम्मा गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादवले...

अनुमती लिएरै भिरमहको कारोबार गर्न थालियो

२०७३ जेठ २१ गते १३:४९

म्याग्दी, २१ जेठ – जिल्लामा उत्पादन हुने भिरमहको कारोबार कानुनी दायरामा आउन थालेको छ । सामुदायिक र राष्ट्रिय वन क्षेत्रको भिरपहराबाट उत्खनन् हुने भिरमह कानुनी प्रक्रिया पूरा गरेर संकलन तथा निकासी हुन थालेको हो । भिरमहको अवैध चोरी निकासीसँगै राजस्व छली हुने गरेको थियो ।...

सुनसान हुन थाल्यो सगरमाथाको आधार शिविर

२०७३ जेठ २० गते १६:३५

सोलुखुम्बु, २० जेठ – हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजारौँ आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर शून्यतामा परिणत भएको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधार शिविर सुनसान भएको हो । अहिले त्यहाँ...

१५ लाखबढी भन्सार असुली

२०७३ जेठ २० गते १५:२६

इलाम, २० जेठ – पशुपतिनगर भन्सार कार्यालयले लक्ष्यभन्दा १५ लाख रुपैयाँबढी राजस्व असुली गरेको छ । उक्त कार्यालयले आव २०७२/७३ मा ८६ लाख ५० हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकामा वैशाख महिनासम्ममा ९५ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले...

निर्माण कार्य ठप्प, रकम फ्रिज हुने सम्भावना

२०७३ जेठ २० गते १४:१६

बैतडी, २० जेठ – जेठ महिना सकिन लाग्दासमेत यहाँका विभिन्न स्थानमा विकास निर्माण कार्यमा विवाद देखिँदा काम अगाडि बढ्न सकेको छैन् । जिविसमार्फत सञ्चालन हुने योजनामा उपभोक्ता समिति गठनमै विवाद हुँदा काम अगाडि बढ्न नसकेको हो । विवाद साम्य हुने कुनै छाँटकाँट देखिएको छैन्...

चितवनमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउँन सरकारले गर्यो बजेट विनियोजन

२०७३ जेठ १९ गते १४:१७

चितवन, १९ जेठ । सरकारले बजेट विनियोजन गरेपछि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण हुने भएको छ । उद्योग सङ्घ चितवनको अगुवाइमा भरतपुरको घरेलु तथा साना उद्योग कार्यालय परिसरमा प्रदर्शनी स्थलको निर्माण हुने भएको हो । आव २०७३/७४ मा स्थल निर्माणका लागि सरकारले बजेट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us