अर्थ

कृषक अनुदानका लागि ७६ लाख बजेट विनियोजन

२०७३ जेठ २८ गते १३:५६

वीरगन्ज, २८ जेठ – सरकारले सहकारी खेती तथा साना सिँचाइका लागि चालु आवमा जिल्लाका कृषकलाई अनुदान दिन ७६ लाख ारुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि उत्पादनमा आत्मनिर्भर तथा गरिबी न्यूनीकरण गर्ने उद्देश्यले उक्त बजेट विनियोजन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास...

डेरिभेटिम बजारः कारोबार छ, कानुन छैन

२०७३ जेठ २८ गते १२:०४

विगत आठ वर्षदेखि कारोबार हुँदै आएको कमोडिटी (डेरिभेटिभ) बजारलाई व्यवस्थित बनाउन कमोडिटी ऐन रुपमा चासो तथा खाँचोको विषय बनेको छ । निरन्तरको प्रयासपछि यसपटक आर्थिक वर्ष २०७३/७४ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यस क्षेत्रलाई व्यवस्थित गर्न कानुन आवश्यक रहेको उल्लेख गरे । यसले बजारसम्बद्ध...

हलोको प्रयोगको सट्टा कृषक अब यान्त्रिकीकरणमा !

२०७३ जेठ २८ गते ११:५१

रौतहट, २८ जेठ – केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ ।...

अगाडि बढ्न सकेनन् माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना

२०७३ जेठ २७ गते १६:५३

काठमाण्डु, २७ जेठ – भारतीय लगानीकर्ताले अगाडि बढाएका दुई महत्वपूर्ण जलविद्युत आयोजना जग्गा प्राप्ति र वन क्षेत्रको अनुमति नपाउँदा अगाडि बढ्न सकेको छैन । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानीकर्ता ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) र अरुण तेस्रो जलविद्युत आयोजनाको लगानीकर्ता सतलज विद्युत निगमको काम अगाडि...

माछापालनमा दयानगर गाविस देशकै नमूना, वार्षिक २५ करोड आम्दानी

२०७३ जेठ २७ गते १६:०६

बुटवल, २७ जेठ – रुपन्देहीको दयानगर गाविसका किसानले माछा बेचेर वार्षिक २५ करोड रुपैयाँ आम्दानी गरेका छन् । पाँच सय ५० बढी व्यावसायिक माछापालक किसान रहेको उक्त गाविसबाट वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । किसानले उत्पादन गरेका माछा दैनिक छ क्विन्टलका...

मासुजन्य व्यावसायका लागि आत्मनिर्भर बन्यो डडेल्धुरा

२०७३ जेठ २७ गते १४:२८

डडेल्धुरा, २७ जेठ – डडेल्धुरा मासुका लागि आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय मासुजन्य पशु तथा पक्षीको व्यावसायिक पालन गर्ने कृषकको वृद्धिसँगै जिल्ला मासुका लागि आत्मनिर्भर बनेको हो । मासु व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान पशुपक्षी पालनतर्फ आकर्षित भएका हुन् ।...

युवाले गरेका बंगुरपालन व्यवसाय फस्टायो

२०७३ जेठ २७ गते १३:०९

पाल्पा, २७ जेठ – पाल्पामा पछिल्लो समय बंगुरपालन व्यवसाय फस्टाउँदै गएको छ । परम्परागत रुपमा एक दुई वटा बङ्गुर पाल्दै आएका यहाँका किसानले हिजोआज व्यवस्थित तरिकाले व्यवसाय गर्न थालेका छन् । गाउँ गाउँमा समूह, सहकारीका साथै व्यक्तिगत रुपमा बङ्गुरपालन गरेर किसानले यथेष्ट आम्दानी गर्न...

साल्टट्रेडिङ कर्पोरेसनले अब पेट्रोलियम पदार्थको पनि कारोबार गर्ने

२०७३ जेठ २६ गते १८:००

काठमाण्डु, २६ जेठ – नुन, चिनी, खाना पकाउने ग्यास, खाद्यन्न (चामल र दाल) तथा रासायनिक मलको कारोबार गर्दै आएको साल्टट्रेडिङ कर्पोरेसनले अब पेट्रोलियम पदार्थको कारोबार समेत गर्ने भएको छ । पेट्रोलियम पदार्थ कारोबारका लागि पम्प सञ्चालन गर्न लागेको यसका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले...

भारतले नेपालको ऊर्जा क्षेत्रमा ४६ अर्ब लगानी गर्ने

२०७३ जेठ २६ गते १७:१६

काठमाण्डु, २६ जेठ– मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएका छन् ।   विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७...

विद्युत्भारले रूपन्देहीका उद्योग बन्द हुने अवस्थमा

२०७३ जेठ २६ गते १६:०६

रुपन्देही, २६ जेठ – रूपन्देहीका उद्योग विद्युत्भारका कारण संकटमा परेका छन् । विद्युत प्राधिकरणले विद्युत नियमित रुपमा वितरण गर्न नसक्दा यस क्षेत्रका उद्योग संकटमा परेका हुन् । लामो समयसम्म कच्चा पदार्थ र इन्धनको अभावका कारण बन्द हुने अवस्थामा पुगेका उद्योग अहिले फेरि विद्युत्भारका कारण...

मुक्त कमैयाले तरकारीको कमाइले जग्गा खरिदे

२०७३ जेठ २५ गते १७:२७

भीमदत्तनगर, २५ जेठ – सरकारले कमैयाबाट मुक्त गरेपछि २०६० सालदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाइकी ३६ वर्षीया बन्ध्या डगौँंराले सरकारले उपलब्ध गराएको जग्गामा तरकारीखेती सुरु गरिन् । कमैयाबाट मुक्त भएपछि पारिवारिक व्यवस्थापनमा थुप्रै समस्यासित जुध्दै पाँच कट्ठा जग्गाका तरकारीखेती सुरु गरेकी बन्ध्याले छोटो समयमै मनग्य...

सवा दुई लाख पर्यटक जामुनखाडी पुगे

२०७३ जेठ २५ गते १६:४०

झापा, २५ जेठ – झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको यस वर्ष दुई लाख ३५ हजार ३०० आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । यो गत वर्षको तुलनामा बढी हो । जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको यो क्षेत्रको अघिल्लो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us