अर्थ

ऋण पाउँदैनन् सीमावर्ती क्षेत्रका किसान

२०७३ जेठ ३० गते १४:४८

कञ्चनपुर, ३० जेठ- बेलौरी नगरपालिका– १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उनले बैंकबाट ऋण पाउन सकेका छैन । आफ्नै स्वामित्वमा रहेको जग्गामा केराखेती गर्न उनले ऋणका लागि धेरै पटक बैंकमा धाए । तर हालसम्म पन्तले ऋण पाउनसकेका छैनन् । जग्गा...

पर्यटकले फालेका फोहरबाट धौलागिरि हिमाल क्षेत्र प्रदूषित

२०७३ जेठ ३० गते १४:३१

म्याग्दी, ३० जेठ- म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरमा फोहर बढेको छ । संसारको सातौँ  (८,१६७ मिटर) अग्लो मानिएको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहर वस्तुले धौलागिरि आधार शिविर क्षेत्रमा प्रदूषण बढेको हो ।...

कृषिमा आत्मनिर्भर भए मात्र राष्ट्र समृद्ध: कृषिमन्त्री

२०७३ जेठ २९ गते १८:५९

सिन्धुली, २९ जेठ- कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषिमा आत्मनिर्भर बनाए मात्र समृद्ध राष्ट्रको कल्पना पूरा हुने भएको बताएका छन् । सिन्धुली जिल्लामा पहिलोपटक आयोजना भएको दुईदिने खाद्य मेलाको उद्घाटन गर्दै उनले भने, ‘कृषिमा आधुनिकीकरण र किसानलाई पेन्सन दिने नीति कार्यान्वयन भएपछि मात्र नेपालले...

विदेशी रोजगारीमा भन्दा स्वदेशमै गरेको तरकारी खेतीबाट मनग्य कमाई

२०७३ जेठ २९ गते १७:०६

मोरङ, २९ जेठ – घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गाप्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए । सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर...

तीन अर्ब लगानीमा नयाँ जलविद्युत आयोजना निर्माण गरिने

२०७३ जेठ २९ गते १६:५२

चौतारा, २९ जेठ – सिन्धुपाल्चोकको तातोपानी गाविस–३ स्थित लिपिङ खोला जलविद्युत आयोजना निजी क्षेत्रबाट निर्माण गरिने भएको छ । हिमरिभर हाड्रोपावर कम्पनीको तीन अर्ब लगानीमा निर्माण गरिने १६.२६ मेगावाटको उक्त आयोजनाको शुक्रबार नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको प्रबन्ध सञ्चालक रामकाजी...

बागलुङको बहुउपयोगी चिउरीको सदुपयोग भएन्

२०७३ जेठ २९ गते १६:३०

बागलुङ, २९ जेठ – जिल्लाको बुर्तिवाङ क्षेत्रमा पाइने बहुउपयोगी फल चिउरी सीप, प्रविधिको अभाव हुँदा प्रयोगमा आउन नसकी त्यसै खेर गएको छ । परम्परागत हिसावले घिउ बनाउने चलन पनि अहिले हटेकोले मुल्यवान वस्तु माटोमा कुहिएर गएको सीमलचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बरबहादुर केसीले...

अब नेपालमा प्लास्टिकबाटै पेट्रल निकालिने !

२०७३ जेठ २९ गते १३:५०

काठमाण्डु, २९ जेठ – पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले चरितार्थ गरेको...

२२ हजार ७८६ डलरसहित पाँच पक्राउ

२०७३ जेठ २९ गते १०:१५

चितवन, २९ जेठ– चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार उनीहरुलाई काठमाण्डुबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री,...

Forbes magazine keeps Pokhara as cheapest tourism destination

२०७३ जेठ २९ गते ८:४२

Washington DC, 11 June–  The world famous Forbes Magazine has published the list of 20 best value cities for budget travelers placing Pokhara of Nepal at the top. US Nepal Chamber of Commerce Vice-President Bed Kharel told the National news Agency (RSS) that the...

पाल्पाका किसानलाई ५३ लाख अनुदान

२०७३ जेठ २८ गते १६:०८

पाल्पा, २८ जेठ – जिल्ला पशुसेवा कार्यालयले किसानलाई फार्म सुदृढिकरण कार्यक्रमअन्तर्गत रु ५३ लाख ३० हजार बराबरको अनुदान रकम वितरण गरेको छ । युवालक्षित विशेष गरी पशु उत्पादन र फार्म सुदृढीकरण कार्यक्रमअन्तर्गत आव २०७२÷७३ मा गाई फार्मका लागि ६ लाख रुपैयाँ, पाँचवटा बङ्गुर फार्म...

एक करोडको लागतमा शान्तिडाँँडामा बुद्धको विशाल मूर्ति स्थापना

२०७३ जेठ २८ गते १४:१६

भक्तपुर, २८ जेठ– भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटको शान्तिडाँडामा बुद्धको विशाल मूर्ति स्थापना गरिएकोे छ । यहाँको ८० रोपनी क्षेत्रफलमा स्थानीय बासिन्दाको पहलमा २०७० सालबाट सुरु भएको बुद्ध मूर्ति स्थापनालगायतका संरचना निर्माण कार्य सम्पन्न भएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाता, स्थानीय बासिन्दा, नगरकोट...

मनिग्रामको ८० हजार डलर सहयोगमा १० विद्यालयको पुनःनिर्माण कार्य सम्पन्न

२०७३ जेठ २८ गते १४:०५

काठमाण्डु, २८ जेठ– रकम स्थानान्तरण सेवा प्रदान गर्ने विप्रेषण सेवा प्रदायक मनिग्राम फाउण्डेसनले गत वर्ष गएको भूकम्पका कारण क्षति भएका १० विद्यालयको पुनःनिर्माण कार्य सिम्पन्न गरेको छ । चौधरी फाउण्डेसनसँग सहकार्य गर्दै मनिग्रामले करिब ८० हजार डलर लगानी गरेर ती विद्यालय बनाउन सहयोग गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us