वीरगन्ज, ३ भदौ – केही दिनयता आएको अविरल वर्षा तथा बाढीका कारण गण्डक नदीमा ठाउँ–ठाउँमा कटान भएपछि ७५ करोड रुपैयाँ भन्दा बढीको नहर संरचना भत्किएको छ । सो बाढीले करिब ५० वर्ष पुरानो गण्डक मूल नहर भत्काएर ब्लकमा व्यापक क्षति पुर्याएको नारायणी सिंचाइ व्यवस्थापन...
काठमाण्डु, २ भदौ – ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त...
काठमाण्डु, २ भदौ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले रु १५ लाख १ हजार १११ प्रदान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी सो रकम हस्तान्तरण गरे । सो अवसरमा...
काठमाण्डु, १ भदौ – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०७३÷२०७४ मा पुँजीगत बजेटको ७८।३१ प्रतिशत खर्च गरेको छ । गत आवमा मन्त्रालयको पुँजीगत बजेट रु २७ अर्ब ९० करोड ३४ लाख ४२ हजार तोकिएकामा रु २१ अर्ब ८५ करोड १३ लाख ६९...
काठमाण्डु, १ भदौ – विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३÷७४ मा करिब रु सात अर्ब घाटा कम गरेर रु ९७ करोड ८९ लाखमा सीमित गरेको छ । व्यवस्थापकीय सुधार, चुहावट नियन्त्रण तथा प्राविधिक सुधारका कारण घाटा रकम उल्लेख्यरुपमा...
चितवन, १ भदौ – सरकारको निर्देशनअनुसार फार्मेसी सञ्चालन गरेको भरतपुर अस्पतालले आर्थिक वर्ष २०७३—७४ मा रु एक करोडभन्दा बढी नाफा आर्जन गरेको छ । गत कात्तिकबाट सञ्चालित सो फार्मेसीले यस अवधिमा रु एक करोड सात लाख ५० हजार आम्दानी गर्न सफल भएको छ ।...
वीरगञ्ज, १ भदौ – राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको कुनै अभिलेख वीरगञ्ज भन्सार कार्यालयमा छैन तर यहाँको बजारमा भने व्यापक मात्रामा भारत निर्मित गुट्खा बिक्री वितरण भइरहेको पाइन्छ । नेपाली बजारभन्दा भारतीय बजारमा रजनीगन्धा, तुलसी, राजनिवास, राजश्री जस्ता गुट्खा सस्तोमा पाइने भएकाले व्यापक मात्रामा...
भद्रपुर, १ भदौ – हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा रु एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ । धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८०...
काठमाण्डु, १ भदौ – व्यवस्थापिका संसदको अर्थ समितिले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार गर्न सरकारलाई सचेत गराएको छ । सीमतिको बिहीबार बसेको बैठकले पीडितको उद्धार कार्यमा ढिलाई नगर्न सरकारलाई सचेत गराएको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्धार, राहत र...
म्याग्दी, १ भदौ – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी नगरपालिका–८स्थित बेनी बसपार्कलाई नमूना बसपार्क बनाउन गुरुयोजना तयार गरिएको छ । बेनी नगरपालिका वडा नं ८ र सहरी आवास तथा भवन निर्माण जिल्लास्थित डिभिजन कार्यालयले तयार पारेको बसपार्कको गुरुयोजना बेनीमा आयोजित कार्यक्रममा सार्वजनिक...
काठमाण्डु, १ भदौ – दुग्द्य विकास संस्थानले प्रति लिटर दूधको हालको मूल्यमा ६ देखि १० रुपैयाँसम्म वृद्धि गरेको छ । संस्थानले हालको ६४ रुपैयाँबाट भाउ बढाएर ७० रुपैयाँ र ८० रुपैयाँबाट बढाएर ९० रुपैयाँ प्रतिलिटर बनाएको हो । यो सँगै उपभोक्ताले ३२ रुपैयाँ तिर्दै...
काठमाण्डु, ३२ साउन – नेपालका उद्योगी व्यवसायीले नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा उद्योग व्यसायीले विशेष गरी नेपालमा लगानी बढाउन र दुई देशबीच सम्बन्ध...