अर्थ

जुत्ता उत्पादनमा आत्मनिर्भर हुँदै

२०७४ पुष १३ गते १७:१७

काठमाण्डु, १३ पुस –नेपाली बजारमा स्वदेशी उत्पादनका जुत्ताले ५० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । गत वर्षको तथ्याङ्कअनुसार नेपाली बजारमा गत वर्ष सात करोड ६२ लाख ४४ हजार १८६ जोर जुत्ता खपत भएकामा तीन करोड ८२ लाख ९४ हजार ७९३ जोर जुत्ता स्वेदेशी...

मूल्य वृद्धिले उपभोक्ता मारमा

२०७४ पुष १३ गते १४:५७

विराटनगर, १३ पुस – सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा रु ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा रु ९२५ देखि रु ९५० सम्ममा बिक्री भइरहेको छ । सिमेन्टको मूल्य वृद्धि भएपछि विराटनगरका अधिकांश हार्डवेयर...

साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं– सिईओ भुसाल

२०७४ पुष १३ गते १४:४८

काठमाण्डु,१३ पुस – राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष ०७५.७६ को लागि पैसाको अभाव हुने भएकोले अन्र्तराष्ट्रिय दाता सम्मेलनको आयोजना गर्ने बताएका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ भुसालले पूर्ननिर्माणको लागि यो आर्थिक वर्षसम्म...

हिमालयन हाइड्रो एक्स्पो आयोजना हुँदै

२०७४ पुष ११ गते १६:४३

काठमाण्डु,११ पुस – जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) ले यही पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ । जलविद्युत्को विकास र विस्तारमा सहयोग पुग्ने गरी उक्त प्रदर्शनीको...

ग्यास उद्योग जोखिममा

२०७४ पुष १० गते १३:५०

बनेपा, १० पुस – काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडा सहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ ।’ग्यास उद्योग स्थापनामा सुरक्षाका हिसाबले लापरबाही...

  सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पियन सञ्चालनमा

२०७४ पुष १० गते १२:२८

काठमाण्डु, १० पुष — सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पियन सञ्चालन गरेको छ। उपभोक्तालाई खरिद निर्णय लिनुभन्दा पहिले पूर्ण फस्ट ह्याण्ड अनुभव तथा सुन्तुष्टि प्रदान गर्ने सोचका साथ...

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

२०७४ पुष ९ गते २१:३४

काठमाण्डु, ९ पुस– सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक...

अब अमेरिकाबाट नेपाल पैसा पठाउन सजिलो

२०७४ पुष ९ गते २१:२५

काठमाण्डु, ९ पुस– अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने भएको छ ।  नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुआत गरेको जनाएको छ । यो सेवाको सुरुआतपछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा...

बजेट मात्र खर्च गर्ने होइन विकास निर्माणका काम पनि गुणस्तरीय रुपमा गरिनुपर्छ

२०७४ पुष ९ गते १७:२८

काठमाण्डु, ९ पुस चालू आर्थिक वर्षको प्रथम चार महिनामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३.५४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७४–२०७५ को प्रथम चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तो जानकारी...

छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

२०७४ पुष ९ गते १५:५७

काठमाण्डु, ९ पुस – सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट रु १२ खर्ब ७८...

केपी ओलीको भनाइले उकालो लाग्न सक्छ शेयर बजार

२०७४ पुष ६ गते १९:०२

काठमाण्डु, ६ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको बदनाम गर्ने मनसायका साथ शेयर बजार अस्तव्यस्ता पार्न खोजिएको टिप्पणी गरेका छन् । बाम गठबन्धनका प्रधानमन्त्री उम्मेदवार ओलीले बजार अस्तव्यस्त बनाउने तत्वले अनावश्यक हल्ला फिंजाएको भन्दै सचेत रहन आग्रह गरे । शेयर दलाल कम्पनीका प्रतिनिधि...

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

२०७४ पुष ५ गते ८:३९

काठमाण्डु, ५ पुस– नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक÷एक रपैयाँका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको १०१ तथा डिजेल र मट्टीतेलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us