अर्थ

प्रदेश ३ को बजेट ३५ अर्ब, कुन शिर्षकमा कति ?

२०७५ असार १ गते १८:०४

हेटौँडा, १ असार – प्रदेश नं. ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५-०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आव ०७५-०७६ का लागि...

प्रदेश नं. ७ को बजेट रु २५ अर्ब (पूर्णपाठसहित)

२०७५ असार १ गते १७:५३

धनगढी, १ असार – प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा शुक्रबार प्रदेश सरकारले आव २०७५–०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै...

किसानलाई चौबीस लाखको कृषि उपकरण वितरण

२०७५ असार १ गते १६:२०

भीमदत्तनगर, १ असार – कञ्चनपुरको बेदकोट नगरपालिकाले आज नगरक्षेत्रका किसानलाई रु २४ लाख बराबरको कृषि उपकरण वितरण गरेको छ । परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई विस्थापित गरी आधुनिकिकरण र कृषिलाई व्यावसायिकतातर्फ लैजान कृषि उपकरण वितरण गरिएको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले जानकारी दिए...

इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

२०७५ असार १ गते १४:४०

इटहरी, १ असार – सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ । इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गरे । सो भवनमा दुईवटा प्रदर्शन हल रहेका...

आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा

२०७५ असार १ गते १४:२४

दमक, १ असार – झापाको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पूर्जी काट्न...

चारसयले बढ्यो सुनको मूल्य आज !

२०७५ असार १ गते १२:०६

काठमाण्डु, १ असार – साताको अन्तिम अर्थात शुक्रबारका दिन नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ६ सय रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको...

पचास करोडको लागतमा बन्ने भवनबाट दशजोड दुई

२०७५ असार १ गते ११:१३

विराटनगर, १ जेठ – विराटनगर महानगरपालिका–६ शान्तिचोकस्थित एभरेष्ट सेकेण्डरी स्कूलले रु ५० करोडको लागतमा निर्मित अत्याधुनिक भवनबाट दशजोड दुईका कक्षाको पठनपाठन गर्ने भएको छ । तीन बिगाह क्षेत्रफलमा आगामी कात्तिक महिनासम्ममा निर्माण सम्पन्न हुने उक्त भवनमा अत्याधुनिक सुविधा सम्पन्न कोठा रहने छन् । एभरेष्ट...

खुद्रा व्यवसायीलाई मूल्य सूची राख्न निर्देशन

२०७५ जेठ ३१ गते १६:२२

काठमाण्डु, ३१ जेठ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न आज यहाँ आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा...

भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

२०७५ जेठ ३१ गते १६:०२

दाङ, ३१ जेठ – प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ । चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर...

रघुगंगा आयोजनामा ठेकेदार परिचालन

२०७५ जेठ ३१ गते १५:४४

बाबियाचौर, म्याग्दी, ३१ जेठ – रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको ४० मेगावाट क्षमताको रघुगंगा आयोजना निर्माणका लागि ६ महिना अगाडी ठेक्का सम्झौता भएको थियो । भारतीय कम्पनी जेपी एशोसिएट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनको काम...

बढ्यो सुनको मुल्य आज ?

२०७५ जेठ ३१ गते १४:३१

काठमाण्डु, ३१ जेठ – बिहिबार सुनको मूल्य प्रति तोला १ सय रुपैयाँले बढेको छ । सुन बिहिबार १ सय रुपैयाँ बढेर प्रतितोला सुन ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला...

रोल्पामा गरिबी निवारणमा कोषको २० करोड लगानी

२०७५ जेठ ३० गते १०:४६

रोल्पा, ३० जेठ – आर्थिक सशक्तीकरणमार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ २०६१ सालदेखि शुरु भएको गरिबी निवारण कोषले रोल्पाका विपन्न परिवारको आयआर्जनका लागि रु २० करोड बढी लगानी गरेको छ । गरीब विपन्न परिवारको आयआर्जनका लागि कोषले सामुदायिक संस्थालाई अनुदान दिने गर्दछ भने सामुदायिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us