अर्थ

५ दशमलव ७५ अंकले नेप्से बढ्दा १५ अर्ब ९० करोडको सेयर किनबेच

२०७८ साउन ३२ गते १६:३५

काठमाण्डु, ३२ साउन– नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २४ दशमलव ८८ अंकले घटेर झन्डै २२ अर्ब रुपैयाँको सेयर किनबेच भएको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने केही सम्हालिएको छ । नेप्से आज पाँच दशमलव ७५ अंकले बढेर तीन हजार एक सय...

सोमबार ९२ हजार ६०० रुपैयाँमा झ¥यो सुनको मूल्य

२०७८ साउन ३२ गते ११:४७

काठमाण्डु, ३२ साउन– सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार एकैदिन अधिकतम एक हजार रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा झरेको...

कोरोनाको जोखिम भन्दै मनपरी भाडा

२०७८ साउन ३१ गते १४:४४

कालिकोट, ३१ साउन–  कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालिकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु...

उकालो लाग्यो सुन चाँदीको मूल्य

२०७८ साउन ३१ गते १२:१०

काठमाण्डु, ३१ साउन– साताको पहिलो दिन सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला एक हजार रुपैयाँले बृद्धि हुँदै ९० हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २०५...

सेयर धितोमा एउटा वित्तीय संस्थाले एक व्यक्तिलाई बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने

२०७८ साउन २९ गते १७:०२

काठमाण्डु, २९ साउन– एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो राखेर एक व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट...

साहस ऊर्जाको आइपिओ खुला

२०७८ साउन २९ गते १२:१३

काठमाण्डु,२९ साउन–  आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ  । सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने...

१६ अंकले नेप्से बढ्दा १७ अर्ब ५१ करोडको सेयर किनबेच

२०७८ साउन २८ गते १८:०२

काठमाण्डु, २८ साउन नेप्सेको उच्च वृद्धिले साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन शून्य दशमलव ९४ अंकले बढेको नेप्से आज १६ दशमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच...

बढ्यो सुनको मूल्य

२०७८ साउन २८ गते १२:४३

काठमाण्डु, २८ साउन– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेका छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तेजाबी सुन...

तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

२०७८ साउन २७ गते १०:५२

काठमाण्डु, २७ साउन– पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति...

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ साउन २६ गते १२:३९

काठमाण्डु, २६ साउन– नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य थप १० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुन गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले बढ्दै ८९ हजार २०० रुपैयाँ उक्लिएको हो...

अर्थमन्त्री शर्मालाई आर्थिक संघको मानार्थ सदस्यता प्रदान

२०७८ साउन २५ गते १६:२९

काठमाण्डु, २५ साउन– अर्थमन्त्री जनार्दन शर्मालाई नेपाल आर्थिक संघको मानार्थ सदस्यता प्रदान गरिएको छ । अर्थविद्हरुको साझा संस्थाको रुपमा समेत रहेको उक्त आर्थिक संघमा सोमबार मन्त्री शर्मालाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।  मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त...

घट्यो सुनको मूल्य

२०७८ साउन २५ गते ११:३४

काठमाण्डु, २५ साउन– साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य थप घटेको छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us